×

NMB BANK
NIC ASIA

बाइसी राज्यको केन्द्र मानिएको दरबार जीर्ण, हरायो पृथ्वीनारायण शाहले शुरु गराएको चलन

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोट– ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो । राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र पुरातात्विक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ । 

राज हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट स्थानीय जनतालाई इँटा बोकाएर दरबार निर्माण गर्न लगाएका थिए तर अहिले स्थानीय जनता र सरकारी बेवास्ताका कारण यो दरबार जीर्र्ण बन्दै गएको छ । 

नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शक्तिशाली राज्यको रुपमा रहेका जाजरकोट राज्यका राजाको दरबार पुरातत्व विभागमा दर्ता भएको भए पनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नगएको स्थानीय सरोकारवालाको गुनासो छ । 

दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृष्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृष्य मात्र होइन पूर्वतिर सिस्ने हिमाल, होलु जिउला अनि वरिपरि हरिया पहाडको बीचमा रहेको खलङ्गाको पिपलडाँडास्थित टाकुरोमा रहेको जाजरकोट दरबार प्राकृतिक सुन्दरताको बीचमा कुरुप बन्दै गएको छ । प्रत्येक वर्ष दशैँको महानवमीका दिन दरबार र जाजरकोट राज्यको ऐतिहासिक एवं सांस्कृतिक महत्व झल्काउने राँगो बलि दिने मेला पनि पछिल्लो चरणमा ओझेल पर्दै गएको छ । 

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्कको पूजा गर्न नौ राँगा नौ बोकाको बलि दिने चलन पनि हराउँदै गएको छ । शुरुमा सात तले यो दरबार १९९० सालको भूकम्पपछि चार तलामा झरेको थियो । वरिपरि दरबारको भव्य महल बीचमा रानीहरुले नुहाउने तलाउको अहिले नाम निसान नै छैन् । दरबार प्रवेशद्वारको अगाडि रहेका दुइवटा सिंहले अगाडिका दुई खुट्टा उचालेर आक्रोश व्यक्त गरेको तस्वीर झल्किने कलात्मक गेट पनि २०३५ मा भत्किसकेको थियो । 
विगतमा दरबारको सातौँ तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो । 

पृथ्वीनारायण शाहले शक्तिको प्रतीकका रुपमा दिएको खड्गअर्थात् तरबार मात्र अहिले जगतीपुरस्थित मन्दिरमा खर्के देउताका रुपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले बताउनुभयो । 

जाजरकोट दरबार पुनःनिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २७ करोडको लागत स्टमेट तयार पारेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । भवन डिभिजन कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरी बनाएको डिजाइन तथा आर्थिक योजनासहितको पुनःनिर्माण योजना गृहमन्त्रालयमार्फत अर्थमन्त्रालयमा गएर रोकिएको छ । 

नेपाल बाइसी र चौबीसी राज्यमा विभाजित भएका बेला बाइसी राज्यअन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनीवर्मा हुनुहुन्थ्यो । उहाँले विसं १४५५ मा जाजरकोट राज्य स्थापना गर्नुभएको थियो । उहाँ पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलङ्गाको पिपलडाँडामा नै उहाँका नाति पर्ने हरि शाहले उक्त राजदरबार निर्माण गर्नुभयो ।

Sagarmatha Cement
Muktinath Bank

हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई रु ६० हजारमा बिक्री गर्नुभएको थियो । – हेमन्त केसी/ रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x