×

NMB BANK
NIC ASIA

१८२५ मा राजा हरि शाहले बनाएको दरबार जीर्ण

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोट-  ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो । राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र पुरातात्विक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ । 

राज हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट स्थानीय जनतालाई इँटा बोकाएर दरबार निर्माण गर्न लगाएका थिए तर अहिले स्थानीय जनता र सरकारी बेवास्ताका कारण यो दरबार जीर्र्ण बन्दै गएको छ । 

नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शक्तिशाली राज्यको रुपमा रहेका जाजरकोट राज्यका राजाको दरबार पुरातत्व विभागमा दर्ता भएको भए पनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नगएको स्थानीय सरोकारवालाको गुनासो छ । 

दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृष्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृष्य मात्र होइन पूर्वतिर सिस्ने हिमाल, होलु जिउला अनि वरिपरि हरिया पहाडको बीचमा रहेको खलङ्गाको पिपलडाँडास्थित टाकुरोमा रहेको जाजरकोट दरबार प्राकृतिक सुन्दरताको बीचमा कुरुप बन्दै गएको छ । प्रत्येक वर्ष दशैँको महानवमीका दिन दरबार र जाजरकोट राज्यको ऐतिहासिक एवं सांस्कृतिक महत्व झल्काउने राँगो बलि दिने मेला पनि पछिल्लो चरणमा ओझेल पर्दै गएको छ । 

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्कको पूजा गर्न नौ राँगा नौ बोकाको बलि दिने चलन पनि हराउँदै गएको छ । शुरुमा सात तले यो दरबार १९९० सालको भूकम्पपछि चार तलामा झरेको थियो । वरिपरि दरबारको भव्य महल बीचमा रानीहरुले नुहाउने तलाउको अहिले नाम निसान नै छैन् । दरबार प्रवेशद्वारको अगाडि रहेका दुइवटा सिंहले अगाडिका दुई खुट्टा उचालेर आक्रोश व्यक्त गरेको तस्वीर झल्किने कलात्मक गेट पनि २०३५ मा भत्किसकेको थियो । 
विगतमा दरबारको सातौँ तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो । 

पृथ्वीनारायण शाहले शक्तिको प्रतीकका रुपमा दिएको खड्गअर्थात् तरबार मात्र अहिले जगतीपुरस्थित मन्दिरमा खर्के देउताका रुपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले बताउनुभयो । 

जाजरकोट दरबार पुनःनिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २७ करोडको लागत स्टमेट तयार पारेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । भवन डिभिजन कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरी बनाएको डिजाइन तथा आर्थिक योजनासहितको पुनःनिर्माण योजना गृहमन्त्रालयमार्फत अर्थमन्त्रालयमा गएर रोकिएको छ । 

नेपाल बाइसी र चौबीसी राज्यमा विभाजित भएका बेला बाइसी राज्यअन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनीवर्मा हुनुहुन्थ्यो । उहाँले विसं १४५५ मा जाजरकोट राज्य स्थापना गर्नुभएको थियो । उहाँ पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलङ्गाको पिपलडाँडामा नै उहाँका नाति पर्ने हरि शाहले उक्त राजदरबार निर्माण गर्नुभयो । हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई रु ६० हजारमा बिक्री गर्नुभएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x