×

NMB BANK
NIC ASIA

धनगढीका मेयरकै नेतृत्वमा प्रदेश राजधानी सारिएको विरोधमा प्रदर्शन

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – ७ नम्बर प्रदेशको राजधानी धनगढीबाट गोदावरी नगरपालिका–४ मा सारिएपछि विरोध प्रदर्शन हुन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गर्न गठिन भएको विशेष समितिको प्रतिवेदन मंगलवार प्रदेशसभा बैठकमा पेश गरिएको थियो । प्रतिवेदनमा प्रदेशको नाम ‘सुदूरपश्चिम’ र प्रदेश राजधानी कैलाली जिल्लाकै गोदावरी नगरपालिका तोक्न सिफारिस गरिएपछि विरोध प्रदर्शन हुन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदर्शनका क्रममा ७ नम्बर प्रदेशको राजधानी धनगढी कायम गर, गोदावरी मान्दैनौं, जंगल फँडानी गरेर राजधानी बनाउन पाइँदैन, मुख्यमन्त्री राजीनामा दे लगायतका नाराबाजीसहित प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन भएको छ ।


Advertisment
Nabil box
Kumari

विरोध प्रदर्शन नेपाली कांग्रेसको अगुवाइमा भइरहेको जनाइएको छ । यति मात्रै नभई नेपाली कांग्रेसबाट निर्वाचित धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले नै नेतृत्व गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

‘धनगढीबाट राजधानी सराउने योजना प्रदेशसभा सदस्य र मन्त्रिमण्डलका सदस्यहरूले गरेका छन् । आँखिर धनगढी किन स्थायी राजधानी बनाउन सकिरहेका छैनन् ? यसको जवाफ चाहियो । यो यिनीहरू पूर्वाग्राही ढंगले धनगढीबाट सारेका छन्,’ मेयर वडले भने, ‘अर्बौ, खर्बौं रकम सिध्याएर अब धनगढी राजधानी किन बन्न सक्दैन ? के समस्या भयो ?’

राजधानी बनाउन धेरै मेहनत गरेको बताउँदै मेयर वडले भने, ‘हामी धनगढीलाई राजधानी बनाउन धेरै पापड बेलेका छौ । ३५ वर्ष दिपायलमा रहेको राजधानी धनगढीमा ल्याएका छौं । अब उनीहरुलाई अभाव के भयो ? जमिनको कुरा गर्ने हो भने धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउँछ । नेसनल ट्रेडिङको जग्गा छ । सीडीओ कार्यालयको जग्गा छ । एसपी कार्यालयको जग्गा छ । सडक विभागको जग्गा छ ।’ धनगढी स्थायी राजधानी बनाएर छोड्ने समेत मेयर वडको भनाई छ ।

प्रदेशसभा अगाडि प्रदर्शन भइरहेको बेला प्रदेशसभा बैठक समेत जारी रहेको छ । आन्दोलनकारीले धनगढी बन्दको घोषणा समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x