×

NMB BANK
NIC ASIA

के रियालिटी शोमा देखाइने कुरा वास्तविक हुन् ?

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

आजभोलि टिभिमा रियालिटी शो को निकै ठूलो क्रेज छ । नेपालमा नेपाल आइडल र भ्वासइस अफ नेपाल नामक दुई सांगितिक रियालिटी शो चलिरहेको छ र यसमा मानिसहरुको विशेष रुची रहेको छ । यसअघि नाच सम्बन्धी रियालिटी शो बुगि बुगी पनि चर्चामा थियो । 

Muktinath Bank

यी रियालिटी शोहरुमा निकै रमाइलो र मसला हुने गरेको छ । जसका कारण केही व्यक्ति रातारात चर्चामा आउने गरेका छन् भने दर्शकले पनि यसलाई निकै चासोका साथ हेरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर के वास्तवमा नै रियालिटी शोको नाममा वास्तविकता देखाइन्छ या फेरि सोच विचार गरेर योजनावद्ध रुपमा देखाइन्छ ? कयौं पटक यस्ता प्रश्नहरु आम दर्शकहरुमा हुने गरेको हुन्छ । 


Advertisment
Nabil box
Kumari

रियालिटी शोहरुमा गरिने यस्ता हर्कतको वास्तविकता के हो ?

Vianet communication
Laxmi Bank

रियालिटी शो मा वास्तविकताको कुनै वास्ता हुँदैन भन्ने हुँदैन तर यसको पछाडि एक वास्तविकता पनि हुन्छ कि च्यानलवाला तथा यो शोवालाको उदेश्य मात्र पैसा कमाउने हुन्छ । त्यसका लागि उनीहरुले शोमा निकै अनौठा र आक्रमकता युक्त विषय प्रस्तुत गर्छन् । 

रियालिटी शोहरुमा आफ्नो कार्यक्रम हेर्दा दर्शक कसरी आकर्षित हुन्छन् भन्ने कुरालाई ध्यान दिइएको हुन्छ । त्यसका लागि केही पात्रहरु चयन गरेर मजाकका लागि ल्याइने गरिएको छ । जस्तो नेपाल आइडलमा यस वर्ष नरेस पातली, काउली बुडी लगातय चर्चामा रहे । नेपाल आइडलको अडिसनमा आउने केही अनुहार र पात्रहरु मजाकका लागि र दर्शकलाई आफ्नो शो तर्फ आकर्षित गर्न ल्याइन्छ । 

भारतमा गाउने र नाच्ने शोमा कयौं पटक यस्तो समाचार आउने गरेको छ कि जब जजले प्रतिभा वा प्रस्तुती कर्तालाई नराम्रो प्रदर्शन गरेको भन्दै गाली गर्छन् र यसले उनको दिल दिमाग तथा शरीरमा नराम्रो प्रभाव पर्छ जसका कारण कुनै कुनै प्रतियोगीलाई त अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था पनि आउँछ । तर यस्तो क्रियाकलापको पछाडि प्रश्न उठ्छ कि प्रतियोगिको आत्मविश्वास बढाउनको सट्टा जजले उनीहरुको बेइजत किन गर्छन् ? के उनीहरुलाई यो पहिला नै सिकाइएको हुन्छ ? के यो सब स्क्रिप्टेड हुन्छ ?

हरेक शोको आफ्नो एक अलग फर्म्याट हुन्छ । यस्तो एक शो भारतमा निकै चर्चित छ । बिग बोस नाम गरेको शोमा केही महिना सम्म मानिस एक साथ रहन्छन् जसलाई त्यसबीचमा बाहिरी दुनियाँबाट कुनै पनि सम्पर्कमा बस्न दिँइदैन । यस्तो शोको उदेश्य हुन्छ कि धेरै विवाद सिर्जना गर्नु र अभद्रता देखाउनु जसले गर्दा दर्शकको क्रेज बढ्छ । 

तर यस्तो शोमा पनि कयौं पटक प्रश्न उठ्ने गरेको छ कि  के मानिसले निजी जिन्दगीमा पनि यस्तो व्यवहार गर्छन् या उनीहरुलाई शो मा यस्तो व्यवहार गर्न पैसा दिइन्छ वा सिकाइन्छ ?

कयौं पटक बिग बोसमा कयौं सेलिब्रेटिका अफेयर भएको छ तर शो पूरा भएपछि निजी जिन्दगीमा उनीहरु एक अर्कासँग अलग नै हुन्छन् । यस्तो शंका उत्पन्न हुन्छ कि शो को टिआरपी बढायउनका लागि यस्तो गर्न लगाइन्छ, जो शो सकिएसँगै सकिन्छ । यस्तो शोमा कयौं पटक त सेलिब्रेटिको विवाह सम्म गरिन्छ जसका कारण मानिसहरु शो हेर्न रुची राखुन् । 

बिग बोसको एक सीजनमा एक जोडिलाई शो मा विवाह गर्नका लागि ५० लाख रुपैयाँको अफर गरिएको थियो । यदी यी शोमा वास्तविकता देखाइने भए जोडीहरु किन साथ बस्दैनन् ? यो सबै दर्शकलाई आफ्नो शो तर्फ आकर्षित गर्नका लागि गरिएका हत्कण्डा हुन् । जसलाई आम दर्शकले ख्याल गर्दैनन् र थाहा पाउँदैनन् । मात्र त्यो विषयको चर्चामा व्यस्त हुन्छन् जसका कारण टिभी र रियालिटी शोको व्यापारमा उल्लेख्य बृद्धि हुने गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x