शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा तनाव, प्रहरीद्वारा २० राउन्ड हवाइ फायर

फाइल तस्बिर
असोज १०, २०७५

रौतहट– रौतहटको गरुडा नगरपालिकामा दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएको छ । 

गरुडा नगरपालिका–९ श्रीपुरस्थित एक घाटमा शव जलाउने विषयमा भएको विवादले उग्र रुप लिँदा तनाव उत्पन्न भएको हो । 


ADVERTISEMENT

दुई समूहबीचको विवादलाई नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाइ फायर गरेको छ भने १२ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । 

झडमा एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका बुझिएको छ । 
 
 

असोज १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस