×

NMB BANK
NIC ASIA

बूढीगण्डकीका सम्बन्धमा सदनमा गगनको प्रश्न– एउटा तामाकोशी बन्ने पैसा कसले खायो ?

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिने गरी विनाप्रतिस्पर्धा अपारदर्शी निर्णय गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले श्री ३ (राणा शासक)को जस्तो हुकुमी शैलीमा निर्णय गरेको आरोप लगाए ।

Muktinath Bank

'यही असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी गेजुवालाई परियोजना निर्माण गर्न दिने निर्णय गर्‍यो । निर्णय भन्दा पनि श्री ३ को शैलीमा प्रधानमन्त्रीले हुकुम गरिबक्स्यो । प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ । हाम्रो पनि त्यस्तै अनुभव रह्यो । सभामुख महोदय! के संसद पनि प्रधानमन्त्रीको हुकुमको छाया हुन सक्छ ?' गगनले प्रश्न गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गगनले बूढीगण्डकी विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिँदा राष्ट्रले ठूलो घाटा बेहोर्नुपर्ने उल्लेख गरे । 'आफ्नो पैसाले नबनाउने, ऋण लिएर नै बनाउने भए हाम्रो प्रश्न छ– अध्ययनमा एक अर्ब खर्च भएको छ । त्यो अध्ययनका आधारमा खुला प्रतिस्पर्धा गराएको भए १५/१८ प्रतिशत लागत घट्थ्यो, अर्थात् एउटा तामाकोशी बन्ने पैसा बचत हुन्थ्यो । एउटा तामाकोशी कसले खायो ?'


Advertisment
Nabil box
Kumari

स्मरण रहोस्, तामाकोशी स्वदेशी लगानीमा नै बनिरहेको ४५६ मेगावाटको विद्युत् आयोजना हो । बूढीगण्डकी आयोजनाको क्षमता १२ सय मेगावाट हुने बताइएको छ ।

Vianet communication
Laxmi Bank

संसदका कृषि तथा जलस्रोत र अर्थ समितिले गत वर्ष नै गेजुवालाई बूढीगण्डकी जिम्मा लगाउने निर्णय खारेज गर्न निर्देशन दिएको स्मरण गराउँदै गगनले थपे – 'प्रचण्डजीको सरकारले अन्तिम क्याबिनेटबाट कर्मचारीको ठूलो विरोध र धेरै मन्त्रीको विरोधका बीच यही कम्पनीलाई यसैगरी काम दिने निर्णय गर्‍यो । तर सरकारको गल्तीलाई रोक्दै तत्कालीन सदनको कृषि तथा जलस्रोत समिति र अर्थसमितिले आजभन्दा ठीक एक वर्ष एक दिनअगाडि एउटा निर्णय गर्‍यो । बूढीगण्डकीको सम्बन्धमा सरकारको निर्णय प्रचलित कानूनसम्वत् नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेको र नेपालको जलविद्युत् क्षेत्रमा असफल गेजुवा कम्पनीसँग हचुवामा सम्झौता गरिएकाले यो सम्झौता खारेज गर्नुपर्छ । समिति सभापति हालको नेकपाकै प्रकाश ज्वाला हुनुहुन्थ्यो । त्यो अवस्थामा के फरक आयो र यस्तो निर्णय गर्नुपर्‍यो ?'

बूढीगण्डकी चिनियाँ कम्पनीलाई नै दिन मरिहत्ते किन गरेको भन्ने उनको प्रश्न छ । 'प्रश्न यहाँ चिनियाँ सरकारको लगानी होइन, प्रश्न यहाँ चिनियाँ कम्पनी पनि होइन । कसैले झुक्याउने प्रयास नगरोस् । ऋण चीनसँगै लिए हुन्छ । आयोजना चिनियाँ कम्पनीलाई नै दिए हुन्छ, यदि प्रतिस्पर्धाका आधारमा छनोट हुन्छ भने । प्रश्न प्रतिस्पर्धा किन नगराएको भन्ने हो । प्रश्न आफूले ऋण लिन सक्ने अवस्था हुँदाहुँदै ऋण पनि तिमी नै ल्याइदेऊ भन्ने मोडालिटीमा सम्झौता किन गरेको भन्ने हो । त्यो भन्दा ठूलो प्रश्न सम्माननीय सभामुख महोदय! यही कम्पनीलाई दिन यत्रो मरिहत्ते किन ? भन्ने हो ।'

गगनले सरकारको निर्णयले सदनको अपमान भएको समेत बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x