कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
असोज ११, २०७५
काठमाडौं – बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना मेलम्चीको खानेपानी आगामी २ महिनाभित्र काठमाडौं आइपुग्ने आयोजनाले जनाएको छ ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवारको बैठकमा उपस्थित आयोजना प्रमुख सूर्यराज कंडेलले अहिलेकै गतिमा काम भए दशैंतिहारलगत्तै मेलम्चीको पानी राजधानी आइपुग्ने बताएका हुन् । अबको ६० दिनभित्र सुन्दरीजलमा पानी झरिसक्ने उनको दाबी छ ।
समिति सदस्य सुरेन्द्र पाण्डले कहिले र कसरी पानी काठमाडौं आइपुग्छ भन्ने प्रश्न गरेपछि जवाफमा कंडेलले भने– ‘विविध प्राविधिक समस्या समाधान गरिसकेका छौं । अहिल दैनिक २ सय मिटरको दरले काम भइरहेको छ । अब यसको गति बढाएर २ सय ५० मिटरसम्म पुर्याउने प्रयास गर्नेछौं । यही गतिमा काम भए बन्न बाँकी १० हजार ५ सय ३१ टनेल डेढ महिनाभित्रै बन्नेछन्, र ६० दिनभित्रै सुन्दरीजलमा पानी आइपुग्नेछ ।’
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले पनि छिटोभन्दा छिटो मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताए । ठाकुरले भने, ‘अहिले राजधानी उपत्यकामा जोडिएको पाइलाइनमा विष्णुमती र वाग्मतीको पानी पठाएर परीक्षण गर्न लागिएको छ । सुन्दरीजलमा पानी झर्नेबित्तिकै काठमाडौंबासीको घरमा पानी पुग्नेछ ।’
छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सचिव ठाकुरले निरन्तर काम भइरहेपनि पशुपतिनाथले पनि साथ दिनुपर्ने बताए ।
उनले भने– ‘हामी निरन्तर काम गरिरहेका छौं । पशुपतिनाथले साथ दिए ६० दिनभित्रै पानी काठमाडौंमा आइपुग्नेछ, किनभने हरेक काममा गडले साथ दिनैपर्छ ।’
समिति सभापति दिलकुमारी रावल (पार्वती)ले छिटोभन्दा छिटो काम सम्पन्न गरी राजधानीमा पानी ल्याउन निर्देशन दिइन् ।
‘अब भाका नसार्नुस्, जनतालाई सधैँ ढाँट्ने काम गर्नुहुन्न,’ सभापति रावलले भनिन्, ‘दुई महिना भन्नुभएको छ, समयमै पानी आओस् ।’
बैठकमा खानेपानी मन्त्री वीना मगरलाई समेत बोलाइए पनि अस्वस्थताको कारण देखाउँदै उनी उपस्थित भइनन् ।
सार्वजनिक सरोकारका विषयमा छलफल गरी सरकारको ध्यानाकर्षण गराउन बनेको यस समितिले आगामी १४ गते मेलम्ची आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।
सभापति रावलले छलफलको अन्त्यमा आगामी १४ गते मेलम्ची अनुगमन गर्ने र त्यसपछि बृहत छलफल गर्दै जनतालाई जानकारी दिने बताइन् ।
त्यसअघि समितिले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबारे छलफल गरेको थियो ।
चुरे क्षेत्रमा भइरहेको दोहन रोक्नेबारे भएको छलफलमा वनमन्त्री शक्तिबहादुर बस्नेतले विकास निर्माणका लागि स्रोत साधनको प्रयोग रोक्न नमिल्ने बताए ।
चुरे दोहन कहिले रोकिन्छ भन्ने सांसदहरू प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेले भने, ‘हामीले विकास निर्माण पनि गर्नैपर्छ । बालुवा गिट्टीका लागि चुरे प्रयोग गर्नुको विकल्प छैन । विकास गर्दै यसलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो ।’
उनले चुरेमा रहेको मानव बस्तीलाई स्थानान्तरणका लागि सोच्नुपर्ने बेला आएको बताए ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...