×

NMB BANK
NIC ASIA

प्रशासनले भुक्तानी दिलाउने समिति बनाएपछि अवरुद्ध राजमार्ग सुचारु

असोज १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

परासी – प्रशासन कार्यालयले समिति बनाएर भुक्तानी दिलाउने प्रतिबद्धता जनाएपछि पश्चिम नवलपरासीका उखु किसानको आन्दोलन स्थगित भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

एक वर्षअघिको रकम उद्योगीले अहिलेसम्म भुक्तानी नगरेको जनाउँदै शुक्रवार उखु उत्पादक कृषक समितिको आह्वानमा किसानहरू उखु बोकेर सडकमा उत्रेका थिए । किसानले बर्दघाटको टीसीएन चोकमा बसेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले आन्दोलन स्थलमै गएर दशैंअघि भुक्तानी दिलाउने प्रतिबद्धता जनाएका थिए । भुक्तानी गरे–नगरेकोबारे उद्योगको अनुगमन गर्न जिल्ला प्रशासनले अनुगमन समिति बनाएपछि आन्दोलन स्थगित गरिएको समितिका अध्यक्ष उमेश यादवले बताए । किसानको आन्दोलनका कारण २ घण्टासम्म राजमार्ग ठप्प बनेको थियो । शनिवारदेखि नै उद्योगलाई भुक्तानी दिन शुरू गराउन लगाइने प्रजिअ लामिछानेले बताए ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रशासनका प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित ५ सदस्यीय समितिमा कोलेनिका, कृषि ज्ञान केन्द्र, घरेलु कार्यालय र किसान प्रतिनिधि सम्मिलित छन् । आन्दोलन स्थगित गराउन आन्दोलन स्थल पुगेका प्रजिअ लामिछाने माईकमै किसानलाई सम्बोधन गर्दै भने, ‘हामीले दशैंअघि तपाईहरूको रकम भुक्तानीको व्यवस्था गर्छौ, भुक्तानी नगर्ने उद्योगीहरूलाई मुद्दा चलाएर भएपनि कानूनी प्रक्रियामार्फत् रकम भुक्तानी गराउने छौं ।’

Vianet communication
Laxmi Bank

किसानको मागअनुसार उखुको मूल्य निर्धारणका लागि नेपाल सरकारलाई पत्राचार गर्ने र सरकारले उपलब्ध गराउने भ्याटबापतको रकम तत्काल उपलव्ध गराउन पनि पत्राचार गर्ने प्रशासनले प्रतिबद्धता जनाएको छ ।

सरकारले उखुको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा समर्थन मूल्य तोकेको छ । समर्थन मूल्यमध्ये ४ सय ६५ रुपैयाँ उद्योगीले दिने र भ्याटबापतको ६५ रुपैयाँ सरकारले दिने निर्णय छ । तर, सरकारले उपलब्ध गराउने भनेको प्रतिक्विण्टल ६५ रुपैयाँसमेत अहिलेसम्म नदिएको अध्यक्ष यादवले बताए । उद्योगी र सरकारले उपलब्ध गराउने रकम जोड्दा अझ ५ रुपैयाँ किसानलाई अपुग हुने देखिएको छ । उक्त रकम समेत कसले दिने भन्नेमा अझै किसान अन्यौलमा छन् ।

चाडपर्वको मुखमा समेत किसानले रकम पाउने अवस्था नदेखेकाले आन्दोलन गर्नुपरेको किसानको गुनासो छ । प्रशासनले गरेको प्रतिबद्धताअनुसार रकम नपाए फेरि आन्दोलनमा उत्रने किसानले चेतावनी दिएका छन् ।

जिल्लाका ३ उद्योगले ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । भुक्तानी नपाउनेमा १२ हजार किसान छन् । जिल्लामा रहेका चिनी उद्योगमध्ये सबैभन्दा बढी बाग्मतीले २७ करोड, इन्दिराले १७ करोड र लुम्बिनीले १ करोड रुपैयाँ दिन बाँकी छ । चिनी उद्योगले मंसिर महिनादेखि क्रसिङ्ग शुरू गर्छन् । तर, गत वर्षकै रकम किसानले पाएका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x