×

NMB BANK
NIC ASIA

बलात्कारका अपराधीलाई कारवाही गर्न हतियार तिखार्न जरुरी : गृहमन्त्री थापा

असोज १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कार हत्याहिंसामा संलग्न अपराधीलाई कारवाहीको लागि हतियार तिखार्न जरूरी रहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

राज्यका सबै क्षेत्रमा आपराधिक मनोवृत्ति र विकृति रहेको भन्दै थापाले त्यसको नियन्त्रणका लागि प्रहरीले आफ्नो हतियार बलियो बनाएको स्पष्ट पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लागूऔषध, मदिरा नियन्त्रण र महिला बालबालिका हिंसा न्यूनीकरण सचेतना एवं अन्तक्र्रिया कार्यक्रमको शनिवार बुटवलमा उद्घाटन गर्दै मन्त्री थापाले राजनीति, समाज, पेशा व्यवसायी सबै क्षेत्रमा भएको गलत र मनोगत चिन्तनलाई सबै मिलेर अन्त्य गर्नुको विकल्प नभएको बताए ।


Advertisment
Nabil box
Kumari

‘समाजमा हजारौं निर्मला पन्तको हत्या बलात्कार भएको छ । महिलालाई ऐस–आरामको वस्तु बनाइएको छ । राष्ट्रलाई दरिद्र बनाउनेका विरूद्ध सबै मिलेर लाग्नुपर्छ । यो अभियानमा राज्य जनता एक भएर लाग्नुपर्छ,’ गृहमन्त्री थापाले भने । 

Vianet communication
Laxmi Bank

गृहमन्त्री थापाले थपे, ‘मदिरालाई मुख्य बिजनेश बनाइएको छ । बलात्कारी र तस्कर, घुस माग्ने ठग्नेलाई अब स्थानीय तहको तल्लो निकायले थाहा पाउनुपर्छ । यिनीहरूलाई नियन्त्रण नगरी सुखी नेपाली समृद्ध नेपालको सरकारको अभियान पूरा हुन सक्दैन ।’ 

समाजमा विकृति र विसंगतितर्फ लैजाने प्रमुख कारक लागूऔषध, मदिरा देखिएको भन्दै त्यसको पूर्ण सखाप गर्न जनता र प्रहरीबीच समन्वय गरेर अगाडि बढनुपर्ने थापाले औलाए । मुलुकको प्रमख आवश्यकता समाजवाद भएको भन्दै त्यसतर्फ सबै जुट्नुको विकल्प नभएको गृहमन्त्री थापाको भनाई थियो । ‘बलात्कार र हत्या गर्नेलाई फाँसी दिनुपर्छ । नपुंशक बनाइनुपर्छ । राष्ट्रको सेवामा लगाइनुपर्छ भन्ने पनि आवश्यक ठाने,’ उनले भने ।

बलात्कारी र अपराधमा संलग्नलाई कारवाहीको लागि ऐनमा सुधार गर्न जरूरी देखिएको बताए । उनले भने, ‘यसको लागि प्रतिनिधिसभा र प्रदेशसभाले ऐनमा सुधार गरेर जानुपर्ने देखियो ।’ 

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागू औषधको प्रयोगले समाज भयावहको अवस्थामा पुगेको भन्दै यसको नियन्त्रण र सचेतना अबको पहिलो आवश्यकता भएको बताए । उनले भने, ‘यसको नियन्त्रण र सचेतना नफैलाए देश र बालबालिकाको भविष्य अन्धकार हुनेछ ।’ मुलुकभर हाल १५ लाख ६ सय युवायुवती लागूऔषध दुव्र्यसनीमा फसेको बताए । समाजमा अपराध बढाउने यस्ता विकृतिविरूद्ध महाअभियान थाल्नुपर्ने बताए । 

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सीमा क्षेत्रबाट हुने लागूऔषधको ओसारपसार नियन्त्रण पहिलो आवश्यकता भएको बताए । नेपाल–भारत खुला सीमानाका कारण बालबालिका र तस्करको सहायतमा लागूऔषधको व्यापार भइरहेको देखिन्छ । खनालले आफूहरूले दुव्र्यसनीविरूद्ध विद्यालयमा बालबालिकालाई सचेतना अभियान सञ्चालन गर्दै आएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x