×

NMB BANK
NIC ASIA

निर्मला हत्या प्रकरण : एसपी विष्टमाथिको अनुसन्धानमा आईजीपी खनालको अवरोध !

असोज १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गत बुधवार (असोज १० गते) संसदको राज्य व्यवस्था समिति तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले एउटा खुलासा गरे, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारबारे । समितिको बैठकमा गृहमन्त्रीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा प्रहरीबाटै प्रमाण नस्ट गर्ने काम भएको स्वीकारे ।

Muktinath Bank

प्रहरीबाट ‘ब्लन्डर मिस्टेक’ भएको उल्लेख गर्दै गृहमन्त्री थापाले निर्मलाको शव फेला परेको मुचुल्का तयार पार्दा उनका बुवा यज्ञराज पन्तको नक्कली औंठा छाप लगाइएको समेत समितिमा खुलाए । मन्दिर दर्शन गर्न भारत गएका यज्ञराज साउन १२ गते मात्रै कञ्चनपुर फर्किएका थिए । तर निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) को मुचुल्कामा नै उनको औंठा छाप लगाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कञ्चनपुर प्रहरीको तत्कालीन नेतृत्वको सक्रियतामा निर्मला पन्तका लुगा जलाउनेदेखि गायब पार्ने काम भएको पनि गृहमन्त्रीको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

.....

Vianet communication
Laxmi Bank

निर्मलाको हत्या भएको १ महिनासम्म स्थानीय प्रहरीले घटनासँग सम्बन्ध नै नभएका व्यक्तिलाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका व्यक्तिलाई निर्मलाको हत्या गरेको स्वीकार्न अनेक दबाब दिइयो । मानसिक सन्तुलन गुमाएका स्थानीय दिलिपसिंह विष्टलाई हत्यारा सावित गर्न पनि कञ्चनपुर प्रहरीको तत्कालीन नेतृत्वले धेरै प्रयास गर्‍यो । 

दोषीलाई उम्काउन र निर्दोषलाई फसाउन खोजिएको भन्दै स्थानीयले गरेको आन्दोलनपछि प्रहरीले दिलिपको ‘डीएनए परीक्षण’ गर्‍यो । निर्मलाको भेजिनाबाट संकलन गरिएको भनिएको नमूनासँग दिलिपको डीएनए नमिलेको भन्दै पछि उनलाई रिहा गरियो । 

आन्दोलनकै दबाबमा सरकारले निर्मला हत्या प्रकरणको सत्यतथ्य छानबिन गर्न भन्दै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्‍यो । समितिले १ महिनासम्म घटनाको अनुसन्धान गरी गृहमन्त्रीलाई प्रतिवेदन पनि बुझाइसकेको छ । 

समितिले नै बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिँदै निर्मला प्रकरणको अनुसन्धानमा प्रहरीबाट ‘ब्लन्डर मिस्टेक’ भएको बताएका हुन् । 

लोकान्तरलाई प्राप्त जानकारीअनुसार उच्चस्तरीय समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख, निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट मूख्य संदिग्धको सूचीमा छन् । 

एसपी विष्टले नियतवश प्रमाण नष्ट गरेको समितिको अनुसन्धानबाट फेला परेको छ । समितिले एसपी विष्टलाई मुख्य संदिग्ध बनाइनुका कारण समेत प्रतिवेदनमा उल्लेख छ । 

डीएनए परीक्षणलाई कति पत्याउने ? 

निर्मला हराएको उजुरी दर्ता गर्न नमान्नु, नियतवश रूपमै प्रमाण नष्ट गर्नु, निर्मलाको शव जलाउनका लागि अनपेक्षित सक्रियता देखाउनु, आफन्तलाई पेस्तोल नै ताकेर धम्की दिनु र न्यायाका लागि आन्दोलनमा उत्रिएकामाथि गोली चलाउनुले निर्मला पन्तको हत्या प्रकरणमा एसपीको भूमिकालाई स्थानीयले शंकास्पद रूपमा लिएका थिए ।  

स्थानीयले एसपी, उनका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालाई नियन्त्रणमा लिएर अनुसन्धान हुनुपर्ने माग गर्न थालेपछि प्रहरीले ‘डीएनए परीक्षण’ को प्रक्रिया शुरू गरेको भन्यो । 

डीएनए परीक्षणका लागि भनेर एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका दाइ (कांग्रेस नेता भूपेन्द्र विष्ट)का छोरा आयुष विष्टको रगतको नमूना संकलन गरिएको थियो । 

प्रहरीले उनीहरूको डीएनए परीक्षणको नतिजा आइसकेको जनाएको छ । प्रहरीका अनुसार तीनै जनाबाट संकलन गरिएको रगतको नमूना र निर्मलाको भेजिनाबाट संकलन गरिएको भनिएको नमूनासँग मेल खाएन । अर्थात् डीएनए परीक्षणलाई आधार मान्ने हो भने एसपी विष्ट, उनका छोरा किरण र मेयरका भतिजा आयुषको घटनामा संलग्नता देखिएन । 

तर अपराध अनुसन्धानकर्ताहरू डीएनए परीक्षणको रिपोर्टमा ५ प्रतिशत पनि विश्वास गर्न नसकिने बताउँछन् । ‘निर्मलाको भेजिनाबाट संकलन गरिएको भनिएको नमूनामाथि नै आशंका गर्ने ठाउँ धेरै छन्,’ अपराध अनुसन्धानका जानकार नेपाल प्रहरीका एक पूर्व अधिकारीले नाम नबताउने शर्तमा लोकान्तरसँग भने, ‘घुँडासम्म पानी भएको उखुबारीमा निर्मलाको नाङ्गो शव घोप्टो पारिएको अवस्थामा फेला परेको थियो । यस्तो अवस्थामा भेजिनामा भएको कुनै पनि पदार्थ सजिलै बगेर जान्छ । त्यसपछि एक महिला प्रहरीले उनको योनाङ्ग पानीले पखालेको भिडियोमै देखिन्छ । यति भइसक्दासम्म पनि उनको भेजिनामा कुनै ‘स्वाब’ बाँकी रह्यो होला र ?’

प्रहरीका ती पूर्वअधिकारी निर्मलाको भेजिनाबाट संकलन गरिएको भनिएको ‘स्वाब’ (नमूना)को रिपोर्ट सार्वजनिक नहुँदासम्म डीएनए परीक्षणको रिपोर्ट जेसुकै आएपनि विश्वास गर्न नसकिने बताउँ५न् ।

‘मानसिक सन्तुलन गुमाएका दिलिपलाई जबरजस्ती अभियुक्त बनाउन खोजियो । पछि डीएनए परीक्षण रिपोर्टका आधारमा भनेर छाडियो । अहिले एसपी, उनका छोरा र मेयरका भतिजाको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको भनिएको छ,’ उनी भन्छन्, ‘अपराध अनुसन्धान गर्नेहरूले नै डीएनए परीक्षणको रिपोर्टमा विश्वास गर्न सक्दैनन् भने निर्मलाको हत्या प्रकरणमा सर्वसाधारणले पत्याउने सम्भावना नै छैन ।’

प्रहरीकै एक अर्का पूर्व अधिकारी डीएनएको परीक्षण अपराधी पत्ता लगाउन नभई पत्ता लागेको अपराधीमाथि निश्चितता गर्न गरिने बताउँछन् । ‘कुनै व्यक्तिले अपराध गरेको प्रमाण प्रहरीले फेला पारिसकेको हुन्छ । तर अदालतमा उसले इन्कारी बयान गर्छ भने डीएनए परीक्षणबाट उसले अपराध गरेको निश्चितता गरिन्छ,’ प्रहरीका ती पूर्व अधिकारी भन्छन्, ‘तर डीएनए परीक्षणकै आधारमा कुन व्यक्ति अपराधी हो, कुन हैन भनेर भन्न सकिँदैन ।’

प्रहरीका आईजी नै एसपीको प्रतिरक्षामा

बुधवार बिहान ११ बजेतिर गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालबीच करीब १५ मिनेट छलफल भएको थियो । 

सुनसरीका खुर्सिद आलमको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाउन आएको टोलीसँग भेट्न पूर्व गृहमन्त्री र आईजीबीच १५ मिनेट एक्ला–एक्लै वार्ता भएको थियो । गृहमन्त्री निकट स्रोतका अनुसार उक्त भेटमा मन्त्री र आईजीबीच निर्मला प्रकरणकै विषयमा छलफल चलेको थियो । 

गृहमन्त्रीले समितिको प्रतिवेदनमा एसपी विष्टलाई ‘मूख्य जिम्मेवार’का रूपमा अथ्र्याइएकाले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने बताएका थिए । तर आईजी खनालले भने अहिलेकै अवस्थामा विष्टलाई नियन्त्रणमा लिन नहुने अडान लिए । 

‘मन्त्रीज्यूले एसपीलाई हिरासतमा लिएर अनुसन्धान गर्नुपर्‍यो भन्नु भएको थियो, आईजी साबले मान्नु भएन,’ गृहमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो । 

गृहमन्त्रीनिकट स्रोतका अनुसार ‘समितिले प्रतिवेदनमा लेख्दैमा प्रहरीका अधिकारीलाई हिरासतमा राख्न नसकिने’ आईजी खनालको भनाइ थियो ।  

कसलाई थाहा छ, दोषी को हो ? 

कारागार व्यवस्थापन विभागका महानिर्देशक समेत रहेका सहसचिव मैनाली नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा ‘घटनाका संदिग्ध’ व्यक्तिबारे उल्लेख गरिएको छ । 

घटनामा संलग्न रहेका व्यक्तिलाई ‘बचाउने गरी भूमिका’ खेलेको भन्दै निलम्बित एसपी विष्टलाई समितिले मूख्य संदिग्धका रूपमा अथ्र्याएको छ । समितिले प्रतिवेदनमा उल्लेख गरेअनुसार एसपी विष्टले नियोजित रूपमै निर्मलाको हत्यादेखि बलात्कारसम्मका प्रमाण नस्ट गरेका थिए । जुन कुरा गृहमन्त्री थापाले पनि संसदीय समितिमा दिएको जवाफमा स्वीकार गरिसकेका छन् । 

अब यस्तो अवस्थामा दोषी को हुन् भनेर कसलाई थाहा छ त ? लोकान्तरको प्रश्नमा उच्चस्तरीय समितिका एक सदस्यले एसपी विष्टलाई नै सबै कुरा थाहा भएको बताए । 

‘अपराध अनुसन्धान गर्नुपर्ने निकायका प्रमुख व्यक्तिले घटनाको शुरूदेखि नै प्रमाण नस्ट गर्ने अभियान थाल्नुलाई कुन रूपमा बुझ्ने ?’ समितिका सदस्य प्रतिप्रश्न गर्छन्, ‘यसमा लुकेको कारण हामीले खोज्नु पर्दैन ? पक्कै पनि पर्छ । दोषी पत्ता लगाउने हो भने प्रहरीका तत्कालीन प्रमुखमाथि अनुसन्धान गर्नुपर्छ । अब बाहिर खोजेर अपराधी फेला पर्ने अवस्था छैन ।’

उच्चस्तरीय छानबिन समितिले निर्मला हत्या प्रकरणमा निम्बनमा रहेका एसपी डिल्लीराज विष्टका अतिरिक्त अन्य ५ जना प्रहरी अधिकारीको भूमिकालाई पनि शंकास्पद भनेको छ । प्रमाण नस्ट गर्नेदेखि घटना प्रकरणलाई मोड्ने कार्यमा उनीहरूको संलग्नता रहेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा डीएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जगदिशचन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्दाका शाखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रमुख प्रहरी सहायक निरीक्षक रामसिंह धामीको भूमिका पनि शंकास्पद रहेको छानबिन समितिको निष्कर्ष छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै उनीहरूलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । 

उनीहरूको भूमिकाबारे अनुसन्धान गर्न प्रहरीले तत्कालीन नायव महानिरीक्षक डीआईजी (हाल अतिरिक्त महानिरीक्षक एआईजी) धिरु बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा रहेको समितिको दायरा बढाएर हालका एआईजी बस्न्यातलाई छानबिनको जिम्मेवारी दिइए पनि उनले अझै छानबिन गर्न सकेका छैनन् । लोकान्तरसँगको कुराकानीमा बस्न्यातले छानबिन जारी रहेको बताए । तर, छानबिनका विषय आफूले सार्वजनिक गर्न नमिल्ने बस्न्यातको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x