दश प्रतिशत खाद्यान्न गुणस्तरहीन, कारवाहीका लागि छैन प्रभावकारी कानून ! [भिडियो अन्तर्वार्ता]

असोज १५, २०७५

काठमाडौं – बजारमा वस्तु तथा सेवा उपभोगमा दिनहुँ उपभोक्ताहरू ठगीमा पर्ने गर्छन् । मूल्य मंहगो वा सस्तो भन्नेबारे सामान्य चासो राख्ने उपभोक्ता पनि वस्तुको गुणस्तरबारे भने अनविज्ञ जस्तै छन् ।

बजारमा खाद्य वस्तुको गुणस्तरबारे निरन्तर अनुगमन भइरहेपनि उपभोक्तासम्म सचेतना भने प्रभावकारी रूपमा फैलाइएको छैन ।


ADVERTISEMENT

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने बजारमा हल्ला फैलाइएजति खाद्यवस्तुमा खराबी नभएको दाबी गरेको छ । 

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बजारमा ७ देखि १० प्रतिशत खाद्यवस्तु मात्र गुणस्तरीय नभएको दाबी गरे ।

लोकान्तर स्टूडियोमा कुराकानीका क्रममा उनले अनुगमनमा गुणस्तरहीन खाद्य वस्तु भेटिए पनि कारवाहीका लागि प्रभावकारी कानूनी व्यवस्था भने नभएको बताए ।

हेर्नुहोस्, भिडियो कुराकानी :

असोज १५, २०७५ मा प्रकाशित

मनीषा अवस्थी

मनीषा अवस्थी लोकान्तर डट् कमका लागि आर्थिक विषयमा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार