×

NMB BANK
NIC ASIA

घरभित्रको किचलो उपमेयरको ‘पीडितमैत्री’ इजलाशमा, जग्गा र विवादका मुद्दा बढी

असोज १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – संविधानले व्यवस्था गरे अनुरुपका काममा स्थानीय सरकार अग्रसर देखिएका छन् । हालसम्म बुटवल उपमहानगरपालिकाले ३० कानून बनाएको छ ।

Muktinath Bank

बुटवल उपमहानगरपालिकाले न्याय सम्पादनका कामलाई समेत प्राथमिकता दिएको छ । स्थानीय तहको निर्वाचन पश्चातको बदलिँदो परिस्थितिमा बुटवल उपमहानगर कार्यालयको कार्यसञ्चालन कार्यविधिदेखि लिएर संविधान प्रदत्त अधिकार प्रयोग गर्न यस्ता कानून बनाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संवैधानिक व्यवस्था अनुरुपका ऐन, नियम, विधेयक, कार्यविधि, निर्देशिका, मापदण्ड र आचारसंहिता गरेर ३० वटा कानून निर्माण गरी राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको प्रमुख सुवेदीले बताए । नगर कार्यपालिका बैठक सञ्चालन कार्यविधिदेखि विभिन्न विषयका कानून बनाउँदै नगर सरकारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने गरी काम भइरहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै इजलाश

Vianet communication
Laxmi Bank

उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । न्यायिक समितिले यस क्षेत्रमै पहिलो पटक बुटवलमा इजलाशको शुरूवात समेत गरेको थियो । न्याय सम्पादनका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन इजलाश महत्त्वपूर्ण माध्यम बनेको छ । समितिमा उपप्रमुख संयोजक, अधिवक्ता गोमती सुनार र शिवबहादुर अधिकारी सदस्य छन् । अधिकारी यसअघि मेलमिलापकर्ता थिए । 

‘न्याय सम्पादनका कामलाई सरल र वास्तविक पीडितमैत्री बनाउने गरी इजलाश स्थापना गरिएको हो,’ उपप्रमुख आचार्यले भनिन्, ‘हाम्रो न्यायिक समितिको कार्यक्षेत्रमा पर्ने मुद्दालाई छिटोछरितो तरिकाले फैसला गर्ने गरी जुटेका छौं ।’

नगर कार्यपालिकाको कार्यक्षेत्र अन्तर्गतको मेलमिलाप तथा विवाद मिलाउने न्यायिक काम गर्न न्याय निरुपण सम्बन्धी नीति तथा न्यायिक समितिको सञ्चालन र व्यवस्थापन कार्यविधि निर्माण गरी मेलमिलाप तथा विवाद मिलाउने न्यायिक काम गर्न इजलासको (अदालत) निर्माण भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

न्यायिक समितिमा हालसम्म १ सय ५० वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका ९ र चालू आवमा दर्ता भएका ४ समेत गरी १३ थान मुद्दा अहिले न्यायिक समितिले हेरिरहेको छ ।

उपमहानगरपालिकाका शाखा अधिकृत तथा न्यायिक समितिका सदस्यसचिव कल्पना अर्यालका अनुसार तीमध्ये यहीँ अवधिमै ५ थान मुद्दाको फर्स्यौट गर्दै लगत कट्टा भइसकेको छ । उपमहानगरले हालसम्म मेलमिलापका माध्यमबाट १ सय ३६, न्यायिक समितिबाट ६, रुपन्देही जिल्ला अदालतमा न्याय निरुपणका लागि पठाइएका ५ थान मुद्दामा काम कारबाही भएको न्यायिक समितिका संयोजक तथा उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

जग्गा सम्बन्धी र पारिवारिक विवादका मुद्दा धेरै

उपमहानगरपालिकामा दर्ता भएका मुद्दामा अधिकांश जग्गा सम्बन्धी र पारिवारिक झगडाका छन् । लेनदेन, नाता सम्बन्ध कायम, घरबहाल सम्झौता, जग्गा विवाद, घरेलु हिंसा, जबर्जस्ती अर्काको घरमा प्रवेश गरेर हडप्न खोजेको र सम्बन्धविच्छेद जस्ता निवेदन दर्ता भएका छन् । यी सबै निवेदनउपर कामकारवाही भएको शाखा अधिकृत अर्यालले बताए ।

बुटवल उपमहानगरपालिकाले ५ वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालीन बुटवल नगर गुरूयोजना निर्माण गरेर अगाडि बढेको छ । 

यसका निम्ति उपमहानगरले विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गर्दै वडावासीहरू र विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

विभिन्न विषयगत समितिमा समेत छलफल गर्दै तेस्रो नगर सभाबाट बुटवल उपमहानगरपालिकाको एकीकृत विकास गुरूयोजना र नगर प्रोफाइल पाश्र्वचित्र निर्माण प्रक्रिया सम्पन्न गरेको वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x