मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको इतिहासमा पहिलोपटक दुईतिहाइको सरकार गठनसँगै आर्थिक विकासमा गति बढ्ने आशा गरेको आम नेपाली जनतामा नैराश्य छाउन थालेको छ । सरकार गठन भएको लामो समय नभएतापनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आम जनताको आशा र भरोसा जोडिएको थियो । विशेष गरेर विगतमा भारतले गरेको नाकाबन्दी र कांग्रेसको जनताप्रतिको कमजोर भूमिकाको जरोमा उभिएर राष्ट्रियता, स्वतन्त्रता र समृद्ध नेपालको परिकल्पनाका कल्पनाकारका रूपमा हेरिएका ओलीको तत्कालीन पार्टी नेकपा एमाले र माओवादीको एकीकरणले नै देशमा विकास र समृद्धि हुने जनअपेक्षाको प्रतिफलस्वरूप नै नेकपा देशको पहिलो पार्टी बन्न पुग्यो ।
माधव कुमार नेपाल तत्कालीन एमालेको महासचिव रहेको समयमा भएको पहिलो संविधानसभाको चुनावमा पार्टीको लज्जाजनक हार र त्यसपछि झलनाथ खनाल हुँदै केपी ओलीको उदयपछिको सन्दर्भमा हेर्ने हो भने आकाश जमिनको फरक पाउन सकिन्छ । केपी ओलीको नेतृत्वमा तत्कालीन एमाले पहिलो पार्टी हुन सफल भयो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पनि केपी ओलीको भूमिकाले राम्रो चर्चा कमाउन सफल भयो । त्यसैको फलस्वरूप जनताले केपी ओली नेतृत्वको तत्कालीन एमालेलाई पहिलो पार्टी बनायो । यसमा केपी ओलीको प्रत्यक्ष भूमिका रहेको कतै छुपेको छैन ।
स्थानीय तहमा एक्लै पहिलो दल बन्न सफल एमाले, संघीय र प्रदेशको चुनावमा एमाले र माओवादीको एकीकरणसँगै देशको नै सबैभन्दा ठूलो दल बनेर नेकपाले अहिले अन्य दलको समर्थनमा दुई तिहाईको सरकार बनाएको छ । इतिहासमा नै पहिलोपटक बनेको सबैभन्दा शक्तिशाली पार्टी नेकपाको नेतृत्वको सरकार बनेको छ । चुनावमा जनतामाझ गरेका विभिन्न आश्वासन पूरा हुने आशामा मत दिएर पहिलो पार्टी बनाएको सरकार जनतामा लोकप्रिय भएर जनताको हक, अधिकार र विकासमा समर्पण हुने भन्दा पनि आफनै आन्तरिक द्वन्द्वका कारण खस्किएको छ । यो आन्तरिक द्वन्द्वले सरकार र विशेषगरी केपी ओलीको साख गिरेको छ ।
हिजो सरकार र सत्ताबाहिर बसेर सुखी नेपाली, समृद्ध नेपाल बनाउने उद्घोष गरेका ओलीको भाषण यो सन्दर्भमा सान्दर्भिक बनेको छैन । सरकारबाहिर हुँदा सान्दर्भिक लाग्ने विषयवस्तु सरकार हुँदा सान्दर्भिक नहुने रहेछ । जुन कुरा आजको सरकारको अभिव्यक्तिले प्रस्ट पारेको छ । सम्पूर्ण अधिकारसम्पन्न सरकारलाई काम गर्न कुनै पनि शक्ति र विपक्षी पार्टीले रोकेको छैन किनकि सरकारसँग नै दुईतिहाइ बहुमत छ । विपक्षी पार्टीले कुनै पनि अवरोध गर्ने ल्याकत राख्दैन । यस समयमा समेत काम गर्न नसकेर भाषण र अन्तर्द्वन्द्वमा रमाउँदा भोलि जनताले के भन्ला समेत भन्ने हेक्का समेत राख्न नसकेको देखिन्छ । धेरै खाएपछि चिनी पनि विष बन्छ भनेझैं नेता र मन्त्री लगायतको मीठो भाषणले जनतालाई आतंकित पारेको छ ।
ओली उखान र टुक्काका लागि मात्र योग्य रहेछन् भन्ने आवाज मुखरित भएको सन्दर्भमा झन् सरकारका आसेपासे र अन्य मन्त्रीका भूमिकाका कारण नेकपाको मात्र होइन, स्वयं केपी ओलीको साख जनतामा धूमिल बन्दै गइरहेको छ । सरकारका कामकारवाही र योजनाका बारेमा जनतालाई जानकारी दिन प्रवक्ता छन्, तर सरकार किन गफ मात्र बढी गरिरहेको छ ? एउटै कुरा पटकपटक सुन्दा सुन्दा आजित भएका जनता सरकारको यो रवैयाका कारण विक्षिप्त बनेका छन् । समयको महत्त्वलाई नबुझ्दाको परिणाम भोगेर पनि शिक्षा लिन नसकेको सरकार फेरि पनि असफल हुने बाटोमा छ ।
नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसद्को रोस्ट्रममा उभिएर ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ’ भने । आफ्नो हैसियत र जिम्मेवारी समेत हेक्का नराख्ने नेताका कारण आम जनतामा नैराश्य छाउनेछ भन्ने समेत सोच्न सकेको देखिएन । यस्तो गैरजिम्मेवार नेताका कारण नै आज देशको यो दुर्दशा भएको कुरामा कुनै शंका छैन । देशमा विपक्षी दल नै भएको आभास नभएको सन्दर्भमा आफ्नै पार्टीको वरिष्ठ नेताको अभिव्यक्तिले सिंगो देशमा नै हलचल मच्चाएको छ । पार्टीभित्रका असन्तुष्टि पार्टीको बैठक र सम्बन्धित व्यक्तिलाई भन्नुपर्दछ भन्ने हेक्का समेत नभएका नेता नै देश र पार्टीका लागी धमिरा हुन् । त्यस्ता नेताको पक्ष र विपक्षमा लागेर हामी पनि आफनो भूमिका प्रकट गरिरहेका छौं । विपक्षी पार्टीको भूमिका लगभग शून्य भइरहँदा नेकपाभित्रको अन्तर्द्वन्द्वमा विपक्षी कांग्रेस हाँसिरहेको छ ।
कांग्रेस नेताहरू सरकारको विरोध हामीले हैन, स्वयं पार्टीभित्रबाट भइरहेको छ भन्दैछन् । देश विकास र जनताको आर्थिक समृद्धिमा भूमिका खेल्नुपर्ने बेलामा नेताहरूको दोहोरीले आम जनता र कार्यकर्तालाई नै निराश बनाएको छ । त्यसमाथि कार्यकर्ताहरू राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसकी नेताको बचाउमा सामाजिक सञ्जालमा आफ्नो रोइलो प्रकट गरिरहेका छन् । नेताको जे अभिव्यक्ति पनि सहज मान्नुपर्नेे र जनताले सरकारलाई सुझाव दिँदा अव्यावहारिक आलोचना मात्र गर्छन् भन्नुअघि आफ्नो अनुहार ऐनामा हेर्न सान्दर्भिक होला ।
यातायात क्षेत्रमा देखिएको सिन्डिकेटको अन्त्य, तरकारीको सिन्डिकेट अन्त्य, ठेकेदारलाई कारवाही, स्वास्थ्य क्षेत्रको विकृतिको अन्त्य गर्ने निर्णय गरेको सरकार कार्यान्वयनमा फितलो बनिदिँदा आफ्नै निर्णय उसका लागि गलपासो बनिदियो । बलात्कार जस्तो जघन्य अपराधमा समेत सरकार उदासीन बनिदियो । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिलाउन दोषी पत्ता लगाउन समेत नसकेर सरकार नराम्रोसँग जनतामाझ नांगियो ।
बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कारवाही गर्नु भन्दा पनि कांग्रेसले राजनीति गर्यो भनेर आफ्नो नालायकीपन प्रकट गर्यो । सुन तस्करीमा शक्तिशाली को त्यस्तो व्यक्ति रहेछ जसलाई सरकारले जनतामाझ ल्याउन सक्दैन भन्ने प्रश्न खडा भएको छ । त्यो शक्तिले सरकार नै गिर्छ कि जस्तो नालायकी देखाएर सरकार जनताप्रति उत्तरदायी छैन भन्ने प्रमाणित गरिदियो । सुशासन र समृद्धिका नारा त केवल शक्ति र सत्ताका लागि मात्र रहेछ भन्ने पुष्टि भयो ।
भाषण र उद्घाटनमा नै रम्न अभ्यस्त बनेका नेकपाका मन्त्री र सांसदको यही रवैयाले दुईतिहाइको दम्भमा रहेको सरकार पतन हुनेमा शंका छैन । काम र जिम्मेवारी भन्दा पनि खोक्रो प्रचार र सामाजिक सञ्जालमा झैझगडा गर्ने क्रियाकलापप्रति जनताको नकारात्मक धारणा उत्पन्न भइसकेको छ । जिम्मेवारी वहन गर्नतर्फ उन्मुख नहुने नेता, मन्त्री र अन्य जो कोहीसँग पनि सति जान अबको दिनमा कुनै जनता त के कार्यकर्ता समेत तैयार छैनन् भन्ने बुझ्न सरकार र मन्त्रीहरूले अबेर गरेमा राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिँदैन । सुखी नेपाली र समृद्ध नेपाल व्यावहारिक कार्यान्वयनका लागि आम जनता तयार रहेको सन्दर्भमा सरकार चाहिँ केटौलेपन देखाइरहेको छ ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...