जापानमा अन्तर्राष्ट्रिय हाइकु सम्मेलनको समाप्ति, आठ बुँदे घोषणापत्र जारी

असोज १७, २०७५

काठमाडौं — जापानमा अन्तर्राष्ट्रिय हाइकु सम्मेलन आठ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । उक्त सम्मेलनमा नेपाली र जापानी हाइकु कविहरू उपस्थित थिए । 

कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी,सायोमी कामाकुरा,हिदेकी आइसिकुरालगायत तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजु उपास्थिति थियो। भविष्यमै नेपालमा अन्तराष्ट्रिय हाइकू महोत्सव गर्न नेपाली हाइकूलाई प्रवर्धन गर्न जापानका चर्चित कृतिहरुको अनुवाद गर्ने, हाइकू अभिमुखीकरण तालिम संचालन गर्ने, हाइकू केन्द्रको बेलायत र जापानमा शाखा विस्तार गर्ने निर्णय गरिएको छ।


ADVERTISEMENT

कार्यक्रमा बोल्दै वर्ल्ड हाइकू एशोसिएसनका अध्यक्ष बान्या नाचुइसीले जापानमा सुरु भएको हाइकू नेपालमा विकसित भएको सुन्न पाउँदा आफू खुसी भएको बताए।

कार्यक्रममा नेपाली नेपाली हाइकु केन्द्रका अध्यक्ष प्रा रामकुमार पाँडेले हाइकुमा शंकर लामिछानेको योगदान सम्झँदै अभि सुवेदी, क्षेत्रप्रताप अधिकारीको समेत याेगदान रहेकाे चर्चा गरे। नेपालबाट अश्विनी कोइराला, शिरोमणि दवाडी, विजयराज आचार्य, किरण पौडेलको सहभागिता रहेको थियो भने बेलायतबाट हाइकु कवि एवम नियात्राकार कृष्ण बजगाईंको उपस्थित थिए। कार्यक्रममा विभिन्न कविका हाइकु संग्रह विमाेचन गरिएको थियो। 

कार्यक्रममा गैर-आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाली हाइकु विकासमा आफूले सक्दो सहयोग गर्ने बताए। जापानस्थित नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपाल जापान सम्बन्धमा साहित्यले सेतुको भूमिका खेल्ने विश्वास व्यक्त गरे।

असोज १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार