'स्वर्गको कार्यशाला' पुस्तक बजारमा

असोज १७, २०७५

काठमाडौं – सार्वभौम दर्शनका लेखक कुलराज पौडेल (रुपक) द्धारा लिखित स्वर्गको कार्यशाला र सार्वभौम नीति बजारमा आएका छन् । 

स्वर्गको कार्यशाला पुस्तकमा सम्पुर्ण भुगोलकै हितका लागि, दिगो विश्व शान्ति र स्थायित्वको लागि आवश्यक उपाय, पद्धतिहरुको राम्रो अभिव्यक्ति गरिएको छ । पृथ्विका विषय बुँदाहरुलाई स्वर्गिय सभामा पेश गरिएको प्रशंग छ ।
विविध अलौकिक प्रसंगहरु यस भित्र पाईन्छन् । यो विश्व स्तरिय साहित्यिक ग्रन्थ हुनेमा विश्वस्तहुन सकिन्छ । जसको अध्ययन अत्यन्त भावातित र अविश्मरणिय हुुनेमा दुईमत छैन ।

सार्वभौम नीति पुस्तकमा ज्ञानलाई सूत्रबद्ध गरी मन्त्र झै प्रस्तुत गर्ने शुक्राचार्य, विदुर र चाणक्य लगाएत महात्माहरुको पद्ध्ति र बाटोलाई अवलम्बन गरि सार्वभौम ज्ञानका महत्वपूर्ण तर्क, विचार र दृष्टिकोणहरुलाई सार्वभौम नीतिका रुपमा प्रस्तुत गरिएको छ ।

व्यक्ति, परिवार र समाजको त्रिकोणात्मक सफलता यस पुस्तकको लक्ष्य हो । यस पुस्तक भित्र राजननिती, कुटनिती, बालनिती लगाएत ११ प्रकारका निती समावेश गरिएको छ । जसमा २ हजार भन्दा बढि नीतिहरु छन् ।

घोष्ट राईटिङ नेपालले बजारमा ल्याएको यस पुस्तकको बजार मूल्य रु १८५ रहेको छ ।
 


ADVERTISEMENT

असोज १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस