×

NMB BANK
NIC ASIA

मानवका लागि मात्र नभएर समस्त जीवजन्तुका निम्ति समेत प्राण-वायु, पानी र जमिन-माटो अस्तित्व, वृद्धि र विकासका प्रमुख आधार हुन्। ती तीन जीवनाधारको धरातललाई सबल, सुदृढ, स्वच्छ एवं सुसंचालित पार्नमा वनस्पतिको अत्यन्त ठूलो योगदान रहन्छ, यद्यपि वन-वनस्पतिलाई पनि माटो र पानीमा भर पर्नुपर्छ आफ्नो अवस्थिति, पोषण, वृद्धि, उत्पादकत्व र निरन्तर अस्तित्वका लागि। मानिस आफ्नो सृष्टिकालदेखि नै जीविका र जनजीवनका विविध महत्त्वपूर्ण उदेश्य परिपूर्ति गर्न विभिन्न प्रकारले बोट-बिरुवा, वन-जंगलमाथि अत्यधिक मात्रामा आश्रित रहेकोछ - खाद्यान्न, फलफूल, सागपात, जडिबुटी, रेशा (लत्ता-कपडा, कागज, चकटी, गुन्द्री, मान्द्रो, डोको-डालो, जाबो, डोरी-दाम्लो आदि), छाना, छहारी, कुटी, टहरा, घर, कुर्सी-टेबल, पशुपालन (घाँस, छाप्रो, स्याउला-सोत्तर), इन्धन (खाना पकाउन, आगो ताप्न, उज्यालो पार्न, आरनदेखि उद्योग संचालन गर्न), कृषि औजार (अंकुसे, दाउनडो, कुटो, कोदालो, हँसिया, बन्चरो आदिका बिंड, हलो-हलानो, जुवा-सैला, लौरी), बार-तोर, सिंचाई (डुंड), भण्डारण (धान-कोठी, भकारी, कोर्को, डूरो, खुचो, दराज, बाकस, ठेकी आदि), मदानी, मूर्ति, सजावट सामग्री, वाद्य-सामग्रीदेखि विमान निर्माणसम्म, पारवहन (डुंगा, पुल-पुलेसोदेखि जहाजसम्म) तथा अन्य धेरै उपयोग र उपभोगका लागि।

Muktinath Bank

उपर्युक्त प्रयोजनका अतिरिक्त वन-जङ्गलका अन्य विविध सकारात्मक गुण र प्रभावबाट मानिस र अन्य जन्तु-जनावर समेत लाभान्वित भैरहेका हुन्छन्। विशाल वृक्षहरूले सूर्यका हानीकारक परावैजनी किरणहरूलाई जमिनमा पुग्नबाट रोकी मानिसलाई संरक्षित गर्छन्; तापक्रमको अत्यधिक घटबढलाई नियन्त्रण गरिदिन्छन्; वर्षादको पानीलाई जमिनमा संग्रह हुनदिई अविरल मुहानको सिर्जना गराउँछन्; बाढी-पहिरो, भूस्खलन नियन्त्रण गर्छन्; पिउने पानीको प्राकृतिक प्रशोधन गराउँछन्; बादल बन्न र वर्षा हुन सघाउ पुर्‍याउँछन्; माटोको संरक्षण, उर्बराशक्ति र उत्पादकत्व बढाउँछन्; ध्वनि, धुलो, धुवाँलाई अवशोषण गरी प्रदूषण नियन्त्रण गर्दछन्; हावाहुरीको वेगलाई पनि नियन्त्रण गर्छन्; मौरी, चरा-चुरुंगी, अन्य लाभकारी जीवजन्तुको आश्रय र अस्तित्व सम्भव पारी पर्यावरणीय सन्तुलन र सुचक्र सुसंचालित पारिरहेका हुन्छन्।                


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्यतया जनमानसमा वन-जङ्गलका काष्ठजन्य स्थूल/प्रत्यक्ष आर्थिक लाभहरूबारे बढी जानकारी र चासो भएको पाइन्छ, यद्यपि वन-सम्पदाका पर्यावरणीय, सामाजिक/सांस्कृतिक/भावनात्मक सुक्ष्म स्वरूपका लाभहरू अझै बढी गहन र दूरगामी महत्त्वका छन् परोक्षरूपमा आर्थिक दृष्टिले समेत। उदाहरणार्थ, प्रदुषण घट्दा मानिसको स्वास्थ्यमा सकारात्मक असर पर्छ, औषधोपचार खर्च र दुःख-कष्ट घट्छ वा हट्छ, उत्पादकत्व र उत्पादन बढ्छ। मौरीले मह उत्पादनका अतिरिक्त बोटबिरुवा/बालीनालीको पराग-सेंचनमा सघाउ पुर्‍याई कृषि उत्पादनमा वृद्धि गरिदिएका हुन्छन्। माटो, पुल-पुलेसा, बाँध, कुलो, नदी, कुवा, ताल, पोखरी, खेतबारी, घर-बस्ती, पानीका मुहान आदिको संरक्षण स्वाभाविकैले अपार र दूरगामी महत्त्वका लाभहरू हुन् वन-जङ्गलको संरक्षण र सम्वर्धनबाट प्राप्त हुने। वैज्ञानिक अध्ययन-अनुसन्धान, पर्यटन, बाली तथा पशुधन नश्ल सुधार, र औषधि उत्पादनबाट थप लाभहरू हासिल हुन्छन्। 


Advertisment
Nabil box
Kumari
मानव आफ्नो जन्मदेखि मृत्युपर्यन्तसम्म पनि विभिन्न तवरले वन-जङ्गलमा आश्रित छ र रहिरहने छ। तसर्थ, मानव हीत/अहीत र वन-जङ्गलको वृद्धि/विनाशका बीच अन्योन्याश्रित सम्बन्ध छ।

वन-जङ्गलको सौम्य, सुन्दर, स्वच्छ, शीतल र शान्त वातावरणले मानिसको मनमा सुख, शान्ति, सन्तुष्टि, स्थीरता, सहिष्णु र सकारात्मताको भावना र व्यवहार जागृत र सुदृढ पारिदिन सक्छ। कला, साहित्य, संगीत, सद्ज्ञानका लागि साधना यस्तै पर्यावरणमा सफलीभूत हुनेगर्दछ; यसका अनेक असाधारण प्रमाण विद्यमान छन्। स्पस्टतया, वन-जङ्गलका समष्टिगत लाभहरू अपार र अनन्त महत्त्व र मूल्यका छन्। मानव आफ्नो जन्मदेखि मृत्युपर्यन्तसम्म पनि विभिन्न तवरले वन-जङ्गलमा आश्रित छ र रहिरहने छ। तसर्थ, मानव हीत/अहीत र वन-जङ्गलको वृद्धि/विनाशका बीच अन्योन्याश्रित सम्बन्ध छ।

Vianet communication
Laxmi Bank

वनस्पति र पर्यावरणका विभिन्न अवयवहरूको बहुआयामिक गुण र उपयोगिताबारेको आफ्नो वृहत् परम ज्ञान र कृतज्ञता भावले गर्दा नै हाम्रा ऋषिमुनिहरूले परापूर्वकालमै तिनलाई इश्वरतुल्य मान्यता दिंदै तिनको स्तुतिप्रार्थनाको परिपाटी बसालेका थिए। ...वनस्पतयः शान्तिः... आदि शान्ति-मन्त्रहरूको प्रतिपादन र प्रयोग ऋग्वेद कालबाटै शुरु भई ज्ञानवान र गुणवान व्यक्ति तथा वर्गबाट आजपर्यन्त अपनाइदैछ र निरन्तरतामा रहनेछ। वन-वनस्पतिको विशेष सन्दर्भमा, पीपल एक सर्वाधिक महत्त्वको वृक्ष हो। अत्यन्त बढी मात्रामा प्राणवायु (oxygen) दिने यो विशाल वृक्षका अन्य विविध धेरै महत्त्वपूर्ण गुणहरू र उपयोगिताहरू पनि भएकोले यसलाई वृक्षराजको संज्ञा दिंदै यसको सम्मान एवं संरक्षणखातिर निम्न स्तुतिको रचना र प्रयोग भएको पाइन्छ: 

मूले ब्रह्मा, त्वचे विष्णु, शाखायां श्री महेश्वरः।
पत्रे-पत्रे स्थिता देवाः, वृक्षराज नमस्तुते।। 

आधुनिक विज्ञानमा पनि पिपललाई धार्मिक महत्त्व दिंदै Ficus religiosa नामाकरण गरिएको छ। त्यसैगरी, तुलसीलाई Ocimum sanctum नाम दिइएकोछ किनभने यसले पनि वातावरणलाई स्वच्छ (sancify) गर्दछ र आफ्नो आकारको तुलनामा अत्यधिक प्राणवायु उत्सर्जन गर्दछ। वन-जङ्गलको क्षति गर्नु हुन्न, संरक्षण गर्नुपर्छ भन्ने सन्देशहरू विश्वका सबै प्रमुख स्थापित धर्म/विश्वास र ग्रन्थहरूले सम्प्रेषण गरेका छन्। जस्तै - ऋग्वेद (३/१/६)मा "इन्धनार्थाय शुष्काणां द्रुमाणामवपातनम्" (अर्थात्, इन्धनका लागि हरिया रुखहरू काट्नु पाप हो) भनिएको छ। अवश्य पनि, उपयुक्त विकल्पहरू रहँदा-रहँदै कुनै पनि प्रयोजनका लागि रुख-बिरुवाहरू नष्ट गर्नु अपराध नै हो। किनभने त्यसबाट समस्त समाजलाई प्रत्यक्ष वा परोक्षरूपमा केही न केही प्रकार र मात्राको क्षति पुगेकै हुन्छ। 

अधिकांश भूभाग भिरालो, अस्थिर, कमजोर, संवेदनशील भएको र अत्यधिक जनता ग्रामीण बस्ती र कृषिमा आधारित रहेको हाम्रोजस्तो देशका लागि वन-जङ्गलको महत्त्व र आवश्यकता तुलनात्मक रूपले अझै बढी प्रस्ट र प्रगाढ छ; त्यसैगरी यसको संरक्षण र सम्बर्धनको अनिवार्यता। सन् १९९५को डिसेम्बरको पहिलो हप्ता फिलिपिन्सको राजधानी मनिलामा आयोजित World Conference on Green Productivityमा पंक्तिकारले प्रस्तुत गरेको र केही पछि जापानस्थित Asian Productivity Organization (APO)ले प्रकाशित गरेको कार्यपत्रमा यस विषयलाई विशेष महत्त्वकासाथ समावेश गरेको छ। त्यसैगरी, सोही हप्ता काठमामांडूमा सम्पन्न पर्वतीय विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत र पछि प्रकाशित आफ्नो आलेखमा पनि पंक्तिकारले यस विषयलाई विशेष जोड दिएको छ। हरित-उत्पादनसम्बन्धी विश्वसम्मेलनले आफ्नो घोषणापत्रमा विकास र वातावरणबीच तादात्म्य स्थापित गर्नुपर्ने आवश्यकतालाई दरिलोसँग प्रतिविम्वित गरेको थियो। केही समय कृषि विकास; वातावरणीय अर्थशास्त्र; उद्यमशीलता; विकासका मानवीय पक्ष; आर्थिक योजना र नीति; व्यवस्थापकीय अर्थशास्त्र; प्राकृतिक संसाधन व्यवस्थापन; र लामो समय दिगो विकास; संरक्षण तथा ग्रामीण विकास; र आर्थिक विकास जस्ता विषयहरूको प्राध्यापन, अनुसन्धान, र अनुसन्धान निर्देशनमा, र हाल मानवबस्ती र दिगो विकाससम्बन्धी परामर्श सेवामा संलग्न भएकोले पंक्तिकार यस आलेखमा प्रतिविम्बित विषय र विचारहरूमा विशेष रुची र चासो राख्दै आएको हो।

'नेपालको धन हरियो वन' युक्तिलाई अतीतमा सीमित नराखी निकट भविष्यमै चरितार्थ गर्नु हाम्रालागि आज टड्कारो आवश्यकता भएको छ। हाम्रा कैयन धार्मिक आस्थाका केन्द्र मठ-मन्दिरहरूका वन-जङ्गलहरू भने अझै पनि सन्तोषप्रद तवरमा सुरक्षित, संरक्षित, सघन र सुदृढ अवस्थामा रहेको पाइन्छ। निकै हदसम्म सामुदायिक वनहरूले पनि सबलता र सफलता प्रदर्शित गरेका छन्, यद्यपि तिनमा आफ्नै केही कमी-कमजोरीहरू नदेखिएका होइनन्। नेपालको कुल भूभागमा खास वन-जङ्गलको अनुपात विगत दुई दशकमा २९ प्रतिशतबाट बढेर हाल ४० प्रतिशत पुगेको भनिएपनि घना, मिश्रित र बहुउपयोगी वन-जङ्गलको परिमाणमा भने तात्विक ह्रास नै आएको समष्टिगत अनुमान छ। यो निसन्देह चिन्ताको विषय हो। सदियौं लगाएर सिर्जना भएको प्राकृतिक वन पर्यावरण (forest ecosystem)मा भएको क्षति प्रायः अपूरणीय र सर्वाधिक विनाशकारी हुन्छ। दुर्भाग्यवश, नेपालमा लामो विगतदेखि वर्तमानसम्म यस्ता वन-विनाशहरूले यदाकदा भयावह रूप लिइरहेको पाइन्छ। वन-विनाशको फलस्वरूप कैयन गाउँबस्ती, खेतबारी, पुलपुलेसा, कुलो-पैनी आदि र जनधनमा ठूलो क्षति हुनुका साथै पानीका मुहान, इनार आदि सुकेको देख्नु, सुन्नु र भोग्नु नियति बनेको छ। अत्यन्त ठूलो धनराशीको लगानीमा संचालित संरक्षण परियोजनाहरू र कार्ययोजनाहरूले सन्तोषजनक प्रतिफल देखाउन सकेका छैनन्। कतिपय त केवल आफ्नालाई पुष्टिकर रोजगारी र सुविधाहरू दिनकै लागि मात्र सिर्जित र संचालित प्रतित हुन्छन्। 

चुरे शृंखलाको गम्भीर स्खलन रोकिन सकेको छैन। वर्षा हुँदा चुरेबाट भावर हुँदै बग्ने मलिलो र मन्द गतिको भल छोपी मनग्य कृषि उत्पादन गर्न विगतमा प्रतिक्षारत रहने गरेका तराइका किसानहरू हालका दशकहरूमा भने ढुंगा-बालुवा बोक्दै तीव्र वेगमा आउने भंगालोबाट घर-खेत मात्र होइन जिउ-ज्यान नै जोगाउन गाह्रो हुने त्राहिमान चुनौती र पीडाबाट ग्रस्त छन्। हालसम्म आइपुग्दा, अब महाभारत लेकको वन-जङ्गल समेत व्यापक अतिक्रमण र क्षति भोग्न थालेको दुखद् समाचारहरू सुनिन थालेका छन्। आवागमन सुविधा सिर्जना गर्ने बहानामा कुनै गहन प्राविधिक अध्यन र उपयुक्तताविना नै शक्तिशाली यन्त्रहरूको सहायताले मूल्यवान वन-जङ्गल मास्दै जथाभावी किसिमले सडक खन्ने होडबाजी स्थानीय स्तरमा व्यापक भएको छ जसले भीर-पाखाहरूलाई क्षत-विक्षत पारी खेत-बारी, कुलो, पैदल बाटो आदि पुर्ने र पानीका मुहानहरू सुक्ने भई स्थानीय सर्वसाधारणको जनजीवनलाई थप कष्टकर पार्दैछ। यन्त्र-उपकरणहरूको खरीद र प्रयोगको माध्यमद्वारा र काष्ठ-गैरकाष्ठ वन-पैदावारको दोहन गरी निहित स्वार्थजन्य अर्थोपार्जन गर्ने उद्देश्यबाट प्रेरित त्यस्ता क्रियाकलापबाट स्थानीय सर्वसाधारण, आगन्तुकहरू, र अन्ततोगत्वा सम्पूर्ण राष्ट्रलाई नै विभिन्न प्रकारले क्षति पुग्ने निश्चित छ। 

वातावरणलाई बेवास्ता गरी तीव्र औद्योगिकीकरणद्वारा शीघ्र सम्पन्नता खोज्दा केही (जस्तै- चीन) देशहरूले विकराल प्रदूषण र त्यसका गम्भीर नकारात्मक प्रभावबाट पीडित हुन् थालेपछि वृहद् वृक्षारोपण अभियानको थालनी गरी शहरहरू हराभरा बनाएर प्रदूषण घटाउने प्रयास गरेको पाइन्छ।

सुदूरपश्चिममा, भौगर्भिक दृष्टिले एक अति संवेदनशील क्षेत्रको घना वन मासेर प्रदेश राजधानी बसाल्ने तयारीले पनि वितन्डा मचाइरहेको छ। कैलालीलाई प्रदेशको राजधानी तोकिनु आफैमा त्रुटिपूर्ण कार्य हो। त्यसमाथि, अति संवेदनशील क्षेत्रको वन-जङ्गल नष्ट गरी शहरीकरण गर्नु नितान्त आपत्तिजनक र विनाशकारी निर्णय हो जसका परिणामहरू त्यस क्षेत्र र त्यसका सम्पूर्ण तल्लो-तटीय तराई क्षेत्रका लागि निसन्देह निकै घातक हुने देखिन्छन्। नेतृत्व वा सरकारी पक्षले आफ्नै एकतर्फी र एकोहोरो संकीर्ण स्वार्थ, दम्भ र उन्मादमा लिप्त भई गर्ने यस्ता क्रियाकलापले अन्ततोगत्वा अपूरणीय क्षति बाहेक केही हात लाग्दैन। निस्वार्थ र निस्पक्ष तवरले गरिएको विज्ञ राय-सुझावहरूलाई अवमूल्यन र उपेक्षा गर्ने र आफ्ना अन्धभक्त, चाटुकार चाकरीदारहरूसँगको मिलोमतोमा बलमिच्याईं गरी अन्धाधुन्ध तरिकाले पर्यावरणीय क्षति सिर्जना गर्दै ठूला निर्माण योजना लागू गर्नु शक्तिकेन्द्र, संयन्त्र वा संजालको अत्यन्त अविवेकपूर्ण, अन्यायपूर्ण, अनुचित र अन्त्यमा आत्मघाती क्रियाकलाप हो। विषय-विज्ञहरू, विवेकी भुक्तभोगीहरू र प्रभावित क्षेत्रका सर्वाधिक प्रभावित परिवारहरूको आवश्यकता र भावना अनुरूपको सही सल्लाहलाई स्वीकार र शिरोधार्य गरी आफ्ना त्रुटिपूर्ण निर्णयहरूलाई वेलैमा सच्याउनु उनीहरू स्वयंका लागि समेत शुभ हुन्छ। सोझो बाटो हिड्ने र हिंड्न भन्नेहरूलाई विरोधी वा वैरी सम्झने परम्परागत र मध्ययुगीन शासकीय प्रवृत्तिको सामयीक परित्याग सम्बन्धित सबैका लागि श्रेयस्कर हुनेछ।

बारा विमानस्थल बनाउन २४ लाखभन्दा बढी रुखहरू काटिने विवादास्पद प्रस्ताव / परियोजनाले यतिखेर स्वाभाविकैले सबै सचेत, सजग व्यक्ति, संस्था र समुदायमा ठूलो चिन्ता र चासो उत्पन्न गराएको छ। त्यस्तो व्यापक फडानी भएमा प्रत्यक्ष प्रभावित हुने जनसमुदायमा सर्वाधिक दुःख र चिन्ता पुग्ने नै भयो। पानीका मुहान/श्रोत सुक्ने छन्; खेतको उर्वराशक्ति, उत्पादकत्व, कुल उत्पादन र कृषकको उपभोग र आमदानी स्तरमा ह्रास आउने छ; जीवनस्तर खस्किने छ। विमानस्थल निर्माण र संचालनले केही सीमित प्रभावशाली, पुँजीपति, पहुँचवाला, पढालिखा, व्यवशाय-कुशल व्यापारिक व्यक्तिहरूका लागि लाभप्रद अवसरहरूमा अभिवृद्धि हुनजाने छ। सम्भवतः, सीमापारिका बढी सजक, सबल र सक्षम व्यवशायीले सर्वाधिक मुनाफा वर्चस्व राख्ने छन्। हवाई उडान बिरलै प्रयोग गर्ने बहुसंख्यक स्थानीय सर्वसाधारणलाई विमानस्थल संचालनबाट तात्विक लाभ हासिल हुने देखिदैन; बरु उनीहरूको कृषि उत्पादनमा ह्रास आई जीविकोपार्जनमा थप समस्या सिर्जना हुनसक्ने छ। विमानस्थलहरू अवश्य बन्नु पर्छ; तीव्र, सन्तुलित र दिगो विकास हासिल गर्नु हाम्रालागि अपरिहार्य भैसकेको छ। तर विनाशकारी परिणामहरूलाई समयमै रोक्नु विभिन्न दृष्टिले अझै ठूलो महत्त्वको आवश्यकता हो हामी सबैका लागि।

उपर्युक्त दृष्टिकोणबाट हेर्दा बारामा विमानस्थल निर्माण गर्न सीमित मात्रामा मात्र वन-जंगल फडानी हुने प्रकारले मझौला आकारको विमानस्थल निर्माण गर्ने वा अन्य विकल्पका साथ अघि बढ्नु श्रेयस्कर देखिन्छ। अन्तर्राष्ट्रिय विमान निर्माणार्थ अन्य कुनै स्थान चयन गर्न सकिन्छ। हामीसँग हाम्रो सानो देशमै पनि उजाड र कृषिकर्मका लागि सामान्यतया कम उपयुक्त जमिनका फाँटहरू थुप्रै छन्। विमानस्थलजस्ता प्रयोजनको लागि तिनीहरूको सदुपयोग निकै सान्दर्भिक, सहज, सुपथ र सहयोगी हुन सक्दछ। हाम्रो देशमा हालसम्म विद्यमान क्षेत्रीय असमानताको गहिरो खाडललाई न्यून पार्न पनि त्यसले सहयोग पुग्ने प्रचूर सम्भावना छ। यसरी हेर्दा, अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण र संचालनका लागि दाङ उपत्यका पनि एक उपयुक्त विकल्प हुनसक्छ । 

हाम्रोजस्तो भूपरिवेष्टित र अत्यधिक पहाडी मुलुकमा यातायातका लागि स्थल मार्गभन्दा पनि हवाई मार्ग बढी छिटो-छरितो, सहज र सुपथ हुनसक्दछ। यसबारे केही विस्तृत विवेचना यस पंक्तिकारले Nepal Civil Aviation Authority Souvenir 2000मा प्रकाशित Developmental Role and Challenge of Civil Aviation in Nepal शीर्षकको आफ्नो लेखमा प्रस्तुत गरेको छ। यस आर्‍यावर्त क्षेत्रमा हजारौं वर्षअघि नै विभिन्न प्रकारका सुविधायुक्त र शक्तिशाली विमानहरूले सेवा पुर्‍याउने गरेको कुरा ऋग्वेद, पद्म पुराण, हरिबंश पुराण, रामायण र महाभारत जस्ता प्राचिन ग्रन्थहरूले उल्लेख गरेका छन्। ती विमानहरूमध्ये केहीचाहिं आजको आधुनिक युगमा हालसम्म बनेका उत्कृष्ट जहाजहरूभन्दा पनि धेरै विशिष्ठ थिए भन्ने समेत उल्लेख छ। 

वन-जङ्गलको बहुआयमिक महत्त्वबारे पनि प्राचिन कालमा नै वृक्षायुर्वेद (उपवन विनोद) जस्ता ग्रन्थहरूमा वर्णन गरिसकिएको थियो। तत्पश्चात हालसम्म पनि वन-जङ्गलको महत्त्व र महिमाका विषयमा थुप्रै अध्यन-अनुसन्धान, विवेचना-व्याख्या हुँदै आइरहेका छन्। साथै, कतिपय (जस्तै- मलेसिया) देशहरूमा वन सम्पदाको संरक्षण, सम्बर्धनका साथै समुचित/सन्तुलित उपयोगले राष्ट्रिय समृद्धिमा ठूलो योगदान पुर्‍याएको छ। केही देशले त अझ आफ्नो देशको वन-जङ्गलमा ह्रास आउन नदिन अन्य राष्ट्रहरूबाट काठ आयात गरी प्रयोग गर्ने गरेको समेत पाइन्छ। पंक्तिकार संयुक्त राष्ट्रसंघीय अनुसन्धानकर्ता (स्थानीय तथा क्षेत्रीय विकास)को जिम्मेबारीमा जापानमा हुँदा सन् १९९६तिर त्यस देशको ग्रामीण क्षेत्रको अवलोकन/अध्यन भ्रमणमा निस्केका बखत एक ठाउँमा धेरै ठूल्ठूला आकर्षक फल्याकहरू सजाएर राखेको देखी सोधनी गर्दा ती संयुक्त राज्य अमेरिका र मलेशियाबाट ल्याइएको भन्ने जानकारी पाएको थियो।

वातावरणलाई बेवास्ता गरी तीव्र औद्योगिकीकरणद्वारा शीघ्र सम्पन्नता खोज्दा केही (जस्तै- चिन) देशहरूले विकराल प्रदूषण र त्यसका गम्भीर नकारात्मक प्रभावबाट पीडित हुन् थालेपछि वृहद् वृक्षारोपण अभियानको थालनी गरी शहरहरू हराभरा बनाएर प्रदूषण घटाउने प्रयास गरेको पाइन्छ। त्यस्तै तितो अनुभव जापानले पनि गरेकोछ र सजग छ। हामीले समयमै अरूको अनुभवबाट पाठ सिकेर वेलैमा देश विकासको प्रक्रियालाई सही र दिगो बाटोबाट अगाडी बढाउनु स्वाभाविकैले श्रेयस्कर छ र अनिवार्य पनि। उपचारभन्दा रोकथाम बेस भनेझैं वेलैमा सजग, सचेत, सकारात्मक र सक्रिय भई आफ्नो देशको वन-जङ्गलको संरक्षण र सम्वर्धन गर्नु अवश्य पनि सबै सरोकारवालाहरूका लागि ठूलो अनिवार्यता, नैतिक दायित्व र बुद्धिमानी हो। सयौं/हजारौं वर्षमा परिपक्व, सन्तुलित, सघन र समृद्ध भएको वन पर्यावरण (forest ecosystem)को विकल्प नव-सिर्जित वन हुन सक्दैन। त्यसै पनि रुखबिरुवाहरू रोपेर मात्र पुग्दैन; तिनलाई जोगाउनु र हुर्काउनु बढी महत्त्वपूर्ण र चुनौतिपूर्ण हुन्छ र प्रायः विफल भएको पाइन्छ।

वन पैदावारहरूलाई प्रयोग नै नगरी सुरक्षित मात्र राख्न खोज्नु पनि व्यावहारिक र दिगो विकासको अवधारणा र अभ्यास होइन। व्यवस्थित, वैज्ञानिक, मितव्ययी, न्यून क्षति हुने र सदाका लागि संरक्षित र सदावहार रूपमा रहिरहने गरी वनसम्पदाको प्रयोग र प्रवर्धन गर्नु दिगो विकास अनुरूपको यथोचित अभ्यास र मानव अभिभारा हो। हरेक सुसंस्कृत समाजमा रुख-बिरुवा रोप्नु-हुर्काउनुलाई पुण्य कार्य मानिन्छ। हामी हाम्रो देशलाई पुण्यभूमि मान्दछौं। केही वाह्य जगतले समेत नेपाललाई देवभूमि मान्दछ। त्यस्तै, वन-वनस्पतिलाई पनि सभ्य समाजले पुण्यताको प्रतिक मान्दै आएको छ। यस अर्थमा पनि, वन-जङ्गललाई पर्‍याप्त उचित उद्देश्यविना क्षति पुर्‍याउनु नमेटिने पाप हुने र त्यसको कुप्रभाव विभिन्न किसिमले भावी सन्ततिसम्म पर्न जाने कुरा यस श्लोकबाट पनि छर्लंगिन्छ: 

अन्य क्षेत्रे कृतं पापं पुण्य क्षेत्रे विनश्यति।
पुण्य क्षेत्रे कृतं पापं वज्रलेपो भविष्यति।। 

यदि केहीले पाप र पुण्यमा विश्वास गरेनन् भने पनि कर्तव्य-अकर्तव्य, भलो-कुभलो, सिर्जना-संहार, उचित-अनुचित, विकास-विनाश, दया-निर्दयता, करुणा-क्रुरता, सत्य-असत्य, न्याय-अन्याय, उचित-अनुचित, उपयुक्त-अनुपयुक्त, आवश्यक-अनावश्यक आदिमा भएका भिन्नताबारे त हरेक विवेकी जनलाई ज्ञान हुन्छ। सामान्य विवेक नै छैन, रहेन वा त्यसमा बिर्को लाग्यो भने त के नै गर्न सकिन्छ र? केवल आफ्नो स्वार्थसिद्धि हासिल गरे भैहाल्यो। देश र जनताको त नाम मात्र रटे पुगिहाल्यो। उनीहरूमा पर्न जाने प्रभावबारे के चासो, के चिन्ता? तर शान्ति, समुन्नति, समृद्धिका लागि सुशासन अपरिहार्य आवश्यकता हो। सुशासनमा शासक, प्रशासक र सबै सरोकारवालाहरूमा देशप्रतिको कर्तव्यबोध, समर्पण, संवेदनशीलता, सहिष्णु र सहयोगको भावना र व्यवहार नितान्त आवश्यक आधारभूत तत्व हुन् जसको कमीले देशमा अस्थीरता, अन्योल, अन्याय, अराजकता, अभाव, अशान्ति र अविकासको कुचक्रको आवृत्ति र पुनरावृत्ति हुन्छ र अभावले विकराल संकट र सास्ती उत्पन्न हुन्छ। 

हालै नेपालका कार्यकारी प्रमुख (प्रधानमन्त्री)बाट गरिएको कोस्टारिका भ्रमणलाई तब मात्र पूर्ण सार्थक मान्न सकिएला जब अविलम्ब देशको समस्टिगत सुशासनमा आमूल सुधारका ठोस कार्यक्रम र तिनका प्रारम्भिक परिणामहरू सबैसामु स्पस्टसँग देखापर्छन्।

संसारका सर्वाधिक सुखी केही देशहरूमध्ये कोस्टारिका एक हुनपुग्नुको प्रमुख कारक तत्वमा सुशासनको सुनिश्चिताका साथै पर्यावरणको उत्कृष्ट समृद्धि, संरक्षण र उचित उपयोग र व्यवस्थापन नै हुन्। कोरा आर्थिक नारा र केवल आर्थिक वृद्धिले देश सम्पन्न र जनता सुखी हुन सक्दैनन्। सर्वतोमुखी र दिगो विकासका लागि आर्थिक, सामाजिक र वातावरणीय पक्षहरूको सन्तुलित र समुन्नत समायोजन अनिवार्य हुन्छ। विकास, वातावरण, वन सम्पदा एक-अर्काका अन्तरविरोधी कहिल्यै हुँदैनन्, बरु सधैं परिपूरक हुन्छन्। यस तथ्यलाई ध्यानमा राखेर महत्त्व दिई व्यवहारमै देखाएर बनाएको र कार्‍यान्वन गरिएको विकासको ढाँचाले मात्र देशलाई शान्ति, समुन्नति, समृद्धि र सुखतिर उन्मुख गर्न सक्छ। 

हालै नेपालका कार्यकारी प्रमुख (प्रधानमन्त्री)बाट गरिएको कोस्टारिका भ्रमणलाई तब मात्र पूर्ण सार्थक मान्न सकिएला जब अविलम्ब देशको समस्टिगत सुशासनमा आमूल सुधारका ठोस कार्यक्रम र तिनका प्रारम्भिक परिणामहरू सबैसामु स्पस्टसँग देखापर्छन्। अन्यथा, शब्दहरू मात्रको के नै अर्थ रहला र? त्यसैगरी त्यस्ता कैयन भ्रमणहरू र दस्ताबेजहरूको। सकारात्मक समालोचना र सुझावहरू कहिलेकाहिँ तिता लाग्न सक्छन्। तर ती विष कदापि हुँदैनन्, बरु अचूक औषधिको काम गर्न सक्दछन् यदि समयमै र यथोचित मात्रामा ग्रहण गरियो भने।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x