×

NMB BANK
NIC ASIA

शिक्षामन्त्रीको निर्देशन विपरीत विद्यालय बन्द गरेर भोजभतेर

असोज १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम–  महोत्तरीको भंगहा नगरपालिका–९ स्थित किशोरी जनता मावि हरिनमरिका प्रधानाध्यापक (प्रअ) मनोहरकुमार यादवले दलित विद्यार्थीलाई विद्यालयमै दुर्व्यवहार गर्दै विद्यालयबाट निष्काशन गरेको घटना प्रकाशमा आयो ।

Muktinath Bank

प्रअ यादवले ७ कक्षामा अध्यययनरत मुकेश कुमार मल्लिकलाई फोहोर सफा गर्न भनेको र सफा नगरेपछि विद्यालयबाट निष्काशन गरेका थिए । तर, घरपरिवारले आग्रह गरेपछि मल्लिक विद्यालय जान थालेका छन् । बिहीवार उनी विद्यालय गएका छन् भने प्रअले पनि विद्यालयबाट निष्काशन नगरेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवादको शुरूवात विद्यालयमा भएको फोहोरबाट भएको थियो । भोजभतेरका कारण विद्यालयमा भएको फोहोर सफा गर्न प्रअले विद्यार्थीलाई भनेको र विद्यार्थीले सफा नगरेपछि दुर्व्यवहार गरेको आरोप लागेको छ ।


Advertisment
Nabil box
Kumari

विद्यालय बन्द गरेर भोजभतेर गरेपछि फोहोर

Vianet communication
Laxmi Bank

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष अबध बिहारी शरण यादवकी आमाको किरीया भोज गर्न विद्यालयले असोज १० गते पठनपाठन समेत बन्द गरेर बिदा दिएको थियो । प्रअ यादवले माइन्यूटमा निर्णय नै गरेर सामाजिक कार्यमा योगदान पुर्याउनका लागि पठनपाठन बन्द गरेका थिए ।

विद्यालयकै परिसरमा भोतभतेर गरिएको थियो । विद्यालयका पूर्वअध्यक्षले अनुरोध गरेपछि निर्णय गरेर विद्यालय बन्द गरेर विद्यालय परिसर उपलब्ध गराएको प्रअ यादवले स्वीकारे । १० गते भोजका लागि र ११ र १२ गते शिक्षक सेवा आयोगको परीक्षाका लागि विद्यालय बन्द गरिएको थियो ।

नगरपालिकाका स्रोतव्यक्ति श्याम नारायण सिंहले नगरभरका प्रअको भेला गरेर आयोगको जाँचका लागि २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेका कारण विद्यालय बन्द गरिएको थियो । असोज १३ गते शनिवारको बिदा थियो । १४ गते विद्यालय खुलेकाले भोतभतेरका कारण भएको फोहोर सफा गर्न प्रअले विद्यार्थीलाई अह्राएका थिए । विद्यार्थीले नमानेपछि विद्यालयबाट निष्काशन गरिएको जनाइएको छ ।

प्रअ यादवले आफूले मुकेशलाई गालीगलौज तथा बिद्यालयबाट निष्काशन नगरेको बताएका छन् । विद्यालयमा विद्यार्थीलाई सरसफाईमा सहभागी गराउने पहिलेदेखिकै निरन्तरता दिन मुकेशलाई सफाई गर्न भनेको तर मुकेशले सफा नगर्ने भनेपछि कक्षामा पठाइदिएको प्रअ यादवले बताए ।

नेकपा एमालेकी प्रदेशसभा सदस्य मञ्जुकुमारी यादवले घटना भएको बताइन् । प्रअ यादवले जातीय आधारमा विद्यार्थीसँग भेदभाव गरेको र विद्यालयबाट निष्काशन गरेको घटनाको निन्दा गर्दै उनले भनिन्, ‘त्यस घटनाको छानबिन गरेर प्रअ यादबलाई कारबाही गरिनु आवश्यक छ ।’ प्रअ यादव पनि हरिनमरीका स्थानीय वासिन्दा पनि हुन् ।

भंगहा नगरपालिकाका मेयर सन्जीवकुमार साहले घटनाको निन्दा गर्दै प्रअ यादबलाई झिकाएर सत्यतथ्य बुझेर आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने बताए । विद्यालयमा भोजभतेर नहोस् भन्ने उद्देश्यले नै नगरभरि र हरिनमरिमा पनि सामुदायिक दलान निर्माण गरिएको उनले बताए । 

केही दिनअघि नै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक दलानको उद्घाटन समेत गरेको स्मरण गर्दै मेयर साहले भने, ‘विद्यालयको पठनपाठन नै बन्द गरेर भोजभतेरका लागि विद्यालय उपलब्ध गराउने काम बन्द हुनुपर्छ ।’ मन्त्रीले समेत विद्यालय बन्द नगर्न निर्देशन दिएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x