माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
काठमाडौं – ललितपुरका ट्राफिक प्रहरी प्रमुख हुन्, प्रहरी इन्स्पेक्टर सीताराम हाछेथु । ट्राफिक प्रहरी भन्नेबित्तिकै हाम्रो दिमागमा एउटा तस्वीर आउँछ– धूलोधुवाँको पर्वाह नगरी सवारी व्यवस्थापनका लागि दिनभर सडकमा खटिने व्यक्ति । हाछेथुको परिचय त्यसमा मात्र सीमित छैन । उनले आफ्नो छुट्टै छवि बनाएका छन् ।
हाछेथुले आफू कार्यरत रहँदा काठमाडौंका तीन ठाउँ कालीमाटी, दरबारमार्ग र कोटेश्वर तथा ललितपुरको सातदोबाटोमा गरी ४ वटा ट्राफिक प्रहरी भवन निर्माण गरिसकेका छन् ।
सातदोबाटोको भवन निर्माण हालै सम्पन्न भएको छ । प्रयोगमा आउन भने बाँकी छ । आगामी फूलपातिको दिन भवन उद्घाटन गर्ने तयारीमा छन्, हाछेथु ।
बिहीवार सातदोवाटोस्थित कार्यालयमा पुग्दा उनी खाना खाँदै थिए । करीब १० मिनेट कुरेपछि उनीसँग मुस्कुराउँदै कुराकानीका लागि तयार भए ।
हामीले उनलाई नयाँ भवनका बारेमा जिज्ञासा राख्यौं ।
उनको जवाफ यस्तो थियो –
जब म सरुवा भएर कालिमाटी गएँ, त्यहाँ बस्ने ठाउँ थिएन । सुत्नका लागि पनि डेरा खोज्नुपर्यो । पानी पर्दा छाना चुहिन्थ्यो ।
टाइसूट लागाएर सडकमा यातायात व्यवस्थापनमा लागिरहने हामी साँझ अफिसमा फर्किँदा ढल गन्हाउने, बस्ने ठाउँ नहुने अवस्था थियो । कुनै पाहुना आउँदा पनि लाजले शिर निहुराउनुपर्थ्यो ।
कालीमाटी प्रहरी वृत्तको एउटा कुनामा अफिस राखेका थियौं ।
त्यसपछि हामी त्यहाँका स्थानीयसँग सहकार्य गरेर एउटा राम्रो कार्यालयका लागि भवन बनाउने निर्णयमा पुग्यौं । एसपी कुमार कोइरालासँगको सल्लाहमा हामीले काम शुरू गरेको ६ महिनामा स्थानीयको सहयोगमा भवन निर्माण सम्पन्न गर्यौं । १२ लाखमा भनव निर्माण सम्पन्न भएको थियो ।
त्यो काम देखेर स्थानीय निकै खुशी हुनुभयो । त्यो ट्राफिक प्रहरीको पहिलो र नमूना कार्यलय थियो । यो कुरा हो २०५७ सालको हो । त्यतिबेला म सई (प्रहरी नायव निरीक्षक) थिए ।
त्यसपछि मेरो सरुवा कोटेश्वरमा भयो । त्यहाँको अवस्था पनि उस्तै थियो । निकै साँघुरो ठाउँ । काम गर्न निकै गाह्रो पर्थ्यो ।
त्यतिबेला काठमाडौंमा एसपी साब इन्द्रप्रसाद न्यौपाने हुनुहुन्थ्यो । झन् कोटेश्वर त नाका भएकाले त्यहाँ पनि नयाँ भवन बनाउने निर्णय गरें ।
पहिला कालीमाटीमा भवन बनाएको हौसला पनि थियो । तर त्यहाँ जग्गा नभएकाले समस्या आइपर्यो । पछि हामीले एयरपोर्टमा गएर कुरा गर्यौं । बग्गीखानाबाट पनि कुरा गयो । हामीलाई ३ रोपनी जग्गा उपलब्ध भयो ।
एउटा भवन निर्माण समिति बनाएर स्थानीयसँग सहयोग माग्यौं । त्यहाँ हामीले एउटा रोचक तरिका अपनायौं । त्यस बाटो भएर आउने इँटाका हरेक गाडीसँग ५ देखि १० वटा इँटा र बालुवाका गाडीसँग ३ देखि १० साबेलसम्म बलुवा माग्न थाल्यौं । शुरूमा हामीले डिपोहरूसँग मात्र मागेका थियौं । त्यो थाहा पाएपछि खुशी भएका स्थानीयले आफूले खरिद गरेकोबाट पनि हामीलाई सहयोग गर्न थाल्नुभयो ।
मार्बल पनि सहयोग गर्नुभयो र भवन निर्माण भयो । यसरी भवन बनाउँदा स्थानीयसँग प्रत्यक्ष सम्बन्ध भयो, जसले गर्दा ट्राफिक प्रहरीका नराम्रा पक्षबारे पनि जानाकारी पाउने अवसर मिल्यो ।
जनताको ठूलो सहयोग पायौं । त्यो भवन अहिले पनि तपाईं देख्नसक्नुहुन्छ । त्यति बेला पनि म सई नै थिएँ ।
त्यसपछि मेरो सरुवा दरबारमार्गमा भयो । त्यहाँको अवस्था पनि अघिल्ला दुई कार्यालयभन्दा फरक थिएन । त्यहाँ पनि नयाँ भवन बनाउने इच्छा जाग्यो ।
त्यसअघि नै दुईवटा भवन निर्माण गरिसकेको हौसला पनि थियो । त्यहाँ पनि स्थानीयसँग कुराकानी गर्यौं, उहाँहरू निकै खुशी हुनुभयो । उहाँहरूले सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
६५ लाखमा दरबार मार्गको भवन निर्माण भयो । ६५ लाख ज्याला र सामान खरिदमा मात्र हो । बालुवा, गिट्टी र ट्राफिकको श्रमदान त्यसमा जोडिएको छैन ।
अहिले त्यहाँ कार्यरत ट्राफिक प्रहरीहरू शानका साथ बस्नुभएको छ । त्यहाँका व्यापारीहरू पनि खुशी हुनुहुन्छ ।
अहिले सातदोबाटोमा छु । यहाँ पनि ट्राफिक प्रहरीलाई समस्या नै छ । म यहाँ आएपछि हामीले १० आना जग्गामा भवन निर्माण गरेका छौं । ४ तले भवनमा भ्यूटावर पनि छ । भ्यूटावरबाट सातदोबाटो वरपरका क्षेत्रका कुनै आगलागीजस्ता घटना भए देख्न सकिन्छ । ट्राफिक प्रहरीहरू थाकेर बेलुका फर्किएपछि मन बहलाउने माध्यम पनि हुन्छ ।
प्रत्येक कोठामा अट्याच बाथरुम पनि छ । बिलबुक लिने एउटा कोठा, महिला प्रहरी कोठा, सभा हलसहित ४ वटा बेडरुमसहितको पाहुना सत्कार कक्ष पनि बनाएका छौं ।
पाहुना हलले आफन्तहरू आउँदा होटल तथा लज खोज्दै हिँड्नुपर्ने समस्या समाधान हुन्छ ।
हामीले महिला र पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय पनि बनाएका छौं । जसलाई सातदोबाटो भएर हिँड्ने यात्रुहरूले पनि प्रयोग गर्न सक्छन् ।
हामीले फूलपातिका दिन भवन उद्घाटन गर्ने तयारी गरेका छौं ।
मैले यसरी भवन निर्माण गर्ने क्रममा स्थानीयसँग प्रत्यक्ष सम्पर्क गर्ने मौका पाएँ, जसले गर्दा स्थानीयको समस्या बुझ्ने मौका पनि मिलेको छ । हाम्रा कमजोरीहरू पनि थाहा पाउने अवसर मिल्यो ।
अहिले यातायातका साधान दिनानुदिन बढ्दै गएका छन् । जसले गर्दा जनजीवन अस्तव्यस्त बनेको छ । यसलाई समाधान गर्न जरुरी देखिन्छ । सरकारले चक्रपथ र रत्नपार्क क्षेत्र मात्रै देखेको छ । तर काठमाडौं, ललितपुर र भक्तपुरका भित्री बाटोहरूमा पनि निकै जाम हुने गर्छ ।
अब देशमा ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम अनिवार्य राख्नुपर्छ । तिनै विद्यार्थी हुन् जो भविष्यमा मोटरसाइकल, कारसहित विभिन्न सवारी चालक बन्छन् । विद्यालय स्तरबाटै दिइने यस्तो शिक्षले मानिसलाई सभ्य बनाउँछ ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...