असोज ५, २०८०
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
नेपाली साहित्यमा आख्यानले यतिबेला राम्रो स्थान लिएको छ । साहित्य समाजको यथार्थ विम्वात्मक रुप हो । अझ आख्यानले समाजमा घटेका घटनाको कारण सहित विमर्श हुने हुनाले रोचक र घोचक हुन स्वभाविक हुन्छ ।
प्रायः आख्यानहरू समाजका सबै क्षेत्रलाई सुक्ष्म अध्ययन गर्न बलियो माध्यम बनेका छन् । भाषा, संस्कार, सस्कृति र रीतिरिवाजको ज्वलन्त विषयवस्तु सहित समाजका सामाजिक अवस्थाको पनि प्रस्तुति भएका हुने छन् । नेपाली समाज बहुआयामिकतायुक्त विराट छ ।
साग्रिंला पब्लिकेसनबाट प्रकाशित नवराज बरालद्वारा लिखित ‘नाम’ उपन्यासले कम्युनिस्ट पार्टीभित्रको संघर्षदेखि वर्तमान समसामयिक सामाजिक घटनालाई प्रमुख विषय बनाएर पुस्तक बजारमा आएको छ । अर्कोतर्फ उपन्यासको मुख्य पात्र अहिलेको समकालीन समाजको युवा भएको हुँदा युवायुवती बिचको प्रेमलाई महत्त्वपूर्ण पक्षको रूपमा प्रस्तुत गरिएको छ । लेखकको पहिलो उपन्यास नाम सरल शब्दमा शसक्त लेखन छ । उपन्यासमा मार्क्स, सेक्सपियर र मदर टेरेशाका भनाईहरू उद्दरण गरिएको छ । उपन्यासका मुख्य म पात्र अर्थात् कवललाई एक ऊर्जावान, महत्त्वकांक्षी र शसक्त व्यक्तिको रूपमा परिचित गरिएको छ ।
नाम उपन्यास नेपाली युवाको मुख्यतः जीवन संघर्षका उतारचढावको वर्तमान भोगाइ हो । उपन्यासको विषयको सपथ ग्रहणबाट शुरूवात हुन्छ । त्यसपछि म पात्र अर्थात् कवलका जीवनका संघर्षमय दिनको शुरूवात कास्कीको रूपा गाउँपालिका देउरालीबाट हुन्छ । गाउँको निम्न मध्यम किसान परिवारमा हुर्किएको कवलको बाल्यकाल विद्यालय अलावा बिहान, बेलुका र फुर्सदका दिनमा गाउँकै भीरपाखामा खेल्दै अगाडि बढिरहेको हुन्छ ।
नाममा रूपा गाउँपालिका कला संस्कार संस्कृतिको उजागर गरिएको छ । कथाको सेरोफेरो पोखरा आसपासको हुँदा लवजमा आञ्चलिकता पनि प्रयोग भएको छ । यसले उपन्यासलाई थप मिठास बनाएको छ । देउरालीको ग्रामीण जनजीवनको वास्तविक चित्रण छ । गाउँको यथार्थ विम्वात्मक वर्णन उपन्यासमा गरिएको छ ।
समयान्तरसँगै कवल युवा हुन्छ । पढाइ राम्रै भएको हुनाले नतिजा राम्रो नै ल्याउँछ । अध्ययनको शिलशिलामा कवल पोखरा आउँछ । पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएपश्चात् उपन्यास मुख्य कथामा प्रवेश हुन्छ । उपन्यासको मुख्य पात्र क्याम्पसमा भर्नाको क्रममा सहयोग गरेको आधारमा अविरलसँग नजिक हुन्छ ।
अविरल क्याम्पसमा वामपन्थी राजनीतिक दलको विद्यार्थी नेता हुन्छ । घटना विशेषभन्दा पनि सहयोगका कारणले कवलको लामो यात्रा यहीँबाट शुरूवात गर्दछ । समाज बदल्न कम्यूनिस्ट आन्दोलनमा सामेल हुन्छ । जनयुद्धको उत्कर्षमा पोखरा आसपासमा भएका घटनाको उपान्यसमा वणर्न गरिएको छ ।
सशस्त्र युद्ध लडेका इमान्दार नेताहरू शान्तिकालीन समयमा आफ्नो आदर्शबाट क्रमिक रूपमा च्यूत भएको देखेपश्चात् युवा नेता कवल विवेकभन्दा आवेग र प्रतिशोधयुक्त हुन्छ । आलोचनात्मक चेतनाको कवललाई यो परिस्थितिले ठूलो पीडामा पुर्याउँछ । क्रान्तिकालमा जस्तो इमान्दारिता सत्ताको राजनीतिमा नपाएपश्चात् समाज बदल्न हिँडेको कवल बिस्तारै नम्रता हराएर अराजक पात्रका रूपमा पनि प्रस्तुत हुने गर्छ ।
उपन्यासमा युद्धकालका मुख्य शीर्ष नेताको विम्व नाम पुष्पराम र प्रभावको अन्तरसंघर्षबारे चर्चा गरिएको छ । पुष्परामलाई आफ्नै नजिकका पात्रले बिगारेको यथार्थ वर्णन गरिएको छ । पुष्परामको नयाँ पार्टीको बैठकमा विदेशी आएको उल्लेख समेत गरिएको छ । यसले नेपालको वर्तमान राजनीतिमा वैदेशिक चलखेलको उजागर गरेको छ ।
नेताको नजरमा कवल अराजक बनेपछि राजनीतिमा लागेर समाज बदल्ने अभिलाषालाई पार्टीका नेताले ब्रेक गरिदिन्छन् । तत्पश्चात् कवल पत्रकार र शिक्षकको रूपमा प्रस्तुत हुन्छ ।
उपान्यसमा गाउँको निम्न परिवारको यथार्थ चित्रण गरिएको छ । अस्पतालमा बेहोसीबाट बाबा ब्यूँझिएपछि जब छोरालाई ‘ऋण लगाउनुभन्दा मर्न दिएको भए’ भन्दै आँखाबाट आँशु बगाउँछन् । यो असाध्यै मार्मिक क्षण हो । मुलुकमा ठूलो परिवर्तन भएपनि नेपाली समाजमा निम्न वर्गको अवस्था अझै उस्तै पीडादायी रहेको छर्लङ्ग बताउँछ ।
बाबाको उपचारमा ऋण लागेपछि परिस्थितिले कवललाई लेवर काममा कतारसम्मको वैदेशिक यात्रा तय गराउँछ । यो वर्तमान नेपाली समाजका युवाहरूको यथार्थ चित्रण हो ।
कतारबाट फर्केपछि गाउँको कृषि काममा कवल लागेको हुन्छ । कवलका जीवन भोगाइका उत्तारचढावको उच्चतम् शिखरका रूपमा गाउँमा गरेका कृषि कार्यले सफलताका पाइला शुरू हुन्छन् । कृषि कार्यमा गरेको मेहनतले चर्चा बटुल्दै स्वतन्त्र उम्मेदवार बन्दै चुनावमा होमिएर सांसद बन्नु सुखद हो । सांसद हुँदै मन्त्री भएर अन्तमा ३३ बुँदे घोषणा पत्रमार्फत् जारी गरेका नीति कार्यान्वयन पश्चात्, राष्ट्रिय रूपमा स्थापित बनाइएको छ । यी सबै कार्य कवलको जीवनमा फिल्मीशैलीमा हुन्छन् । उपन्यासको अन्तमा लेखकले कवलमाथि न्याय गरेको बुझिन्छ ।
यद्यपि दलको विरोध गर्दै चुनावमा विजय भएको कवल, विदेशी दलालको चित्रण गरेको पुष्परामको प्रस्तावलाई अवसरको संज्ञा दिँदै मन्त्री पदको निम्ति पार्टी प्रवेश गर्दै आफ्नो आदर्श बिर्सिएकोजस्तो देखिन्छ ।
उपन्यासले अहिलेको समाज र राजनैतिक दलको वास्तविकता एक हदसम्म यथार्थतामा नै रहेर उजागर गरेको छ । तर, यो नै सत्य मान्न भने सकिने अवस्था छैन । नेपाल राष्ट्रमा मुख्यतः दलहरूको सशक्त उपस्थिति छ । एकाध अपवादबाहेक धेरै निर्वाचन क्षेत्रमा सधैं दलका प्रतिनिधि मात्र चुनावमा विजय भएका छन् । दलीय पद्दति सामुहिकतामा नियन्त्रित हुन्छ ।
वर्तमान अदालतको न्यायबारे पनि उपन्यास बोलेको छ । उपन्यास सामाजिक न्यायसँग पनि सम्बन्धित छ । आमाले गर्नुभएको आत्महत्या, कवल विदेशिएको चिन्ता र शिलाले अर्कै जातको केटासँग बिहे गरेको हुनाले भन्ने प्रसङ्ग जोडिएको छ । यसबाट प्रष्ट हुन्छ – हाम्रो समाजमा अझै पनि जराजस्तै गाडिएर बसेको अन्धविश्वास, जातीय प्रथाबारे उल्लेख गरिएतापनि उन्मूलनबारे अझै ब्याख्या आवश्यक देखिन्छ ।
राजनीतिसँगै कवल र कजनाको प्रेम पनि उपन्यासको मुख्य विषय हो । सामाजिक सञ्जालमार्फत् प्रेम शुरू भएको छ । कल्पना र मनिषासँग युवावस्थामा हुने आकर्षणदेखि कजनासम्मको प्रेम सम्बन्धबारे उतारचढाव गजब मसलेदार प्रस्तुती छ । कजनासँगको सम्बन्ध शुरूवात सामाजिक सञ्जालदेखि वास्तविक जीवनसम्म उस्तै प्रगाढ पाइन्छ ।
समग्रमा लेखकको पहिलो उपन्यास नामले समाजलाई मार्गनिर्देशन गर्ने प्रयास गरेको छ । नाम उपन्यास युद्धबाट प्रभावित छ । प्रगतिशील उपन्यास ‘नाम’ राष्ट्र प्रेममा आधारित छ । नाम उपन्यास राजनैतिक कार्यकर्ताको संघर्षपूर्ण जीवनको कथा र व्यथा हो । नाम उपन्यास व्यक्तिमा मात्र केन्द्रीत छैन । ‘नाम’ नेपाली समाज, वर्तमान राष्ट्रको अवस्था र समाधानबारे लेखिएको उपन्यास हो । नाम उपन्यास आख्यान लेखनमा नयाँ प्रयोग अवश्य हो ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...