×

NMB BANK
NIC ASIA

‘घरबारबिहीन खसी–खसिनीको मात्र हत्या गर्नुहोला’ भन्ने भिडियोको यस्तो पो रहेछ वास्तविकता

असोज २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दशैं नजिकिएसँगै केही दिन यता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । दशैंमा खासी, बोका, च्यांग्रा रागा, हाँस, कुखुरा लगायतका पशुपक्षी मासुकालागि बध गरिन्छन् यो परम्परादेखि चलिएको प्रथा हो । कतिले बलिदिन्छन् भने कतिले वली प्रथाको विरोध गर्छन् । 

Muktinath Bank

तर केही दिन यता भाइरल भएको भिडियोमा भने परिवार नभएको खसी–खसिनीको मात्र मासु खानुहोला भन्ने एउटा भिडियो भाइरल भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो भिडियोलाई मासु नखानु होला भन्ने संदेशको रुपमा भन्दा पनि ‘ट्रोल’ बनाइएको छ । यसलाई हजारौंले हेरेका छन् भने सामाजिक सञ्जालहरुमा पनि सेयर भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

भिडियोमा भनिएको कुरा जस्ता तस्तै

Vianet communication
Laxmi Bank

नमस्ते
अहिले चाँही नेपालमा दशै आउन लागेको छ । अनि त्यसपछि गएर सबै जना नेपालीहरुले दशैं राम्ररी मनाउनु होला, मेरो शुभकामना छ । तर मेरो एउटा कुरा के भने दशैंमा सबैले मासु खान्छन् मानिसहरु सबै मिलेर कुखुराको भैसीहरुको अनि त्यसपछि खसीहरुको हत्या गर्नुहुन्छ हैन त्यो कुरा मलाईं एकदमै चित्त दुख्छ 
किनकी ...
रुदै....
मासु खानुपर्छ तर त्यसरी अरुको हत्या गरेर हैन अरुको परिवार घर विगारेर प्लिज हत्या नगर्नुहोला भन्न चाहन्छु है
त्यसरी हत्या नै गर्नुछ भने प्लिज प्लिज म केभन्न चाहन्छु भने सबै जना जो जो नेपालीहरु हुनुन्छ, जसको जो जो गाइबस्तु अथवा चाँही कुनै पनि खसी अब खसिनीहरु अनि कुखुराहरु बालबच्चा नभएको र केही पनि नभएको घरबारबिहीनहरुको हत्या गर्नुहोला
(रुँदै)
तिनीहरुलाई चाँही....
म बोल्नै सकिँन
तपाइहरुले बुझ्नु भयो होला
प्लिज हत्या गर्दा खेरी आफूले कस्तो बस्तुको हत्या गर्दैछु ध्यान दिनुहोला ....रुँदै
धन्यवाद

यस्तो छ भिडियोको वास्तविकता

यो भिडियोमा परिवार नभएको खसी–खसिनीको मात्र हत्या गर्नुहोला भन्दै रुने युवती नायिका हुन् । 

दुई वर्षअघि सुश्री नाम फिल्ममा नायिका बनेकी आशिका तमाङले सफलता वा चर्चा पाउन सकिनन् । तर उनको १ मिनेट ५५ सेकेन्डको भिडियोले चर्चामा पुर्‍याएको छ । ‘खसिनी भिडियो’ भन्दै सामाजिक सञ्जालहरुमा उनको चर्चा चलिरहेको छ । 

अहिले जर्मनीमा बस्दै आएकी आशिकाले आफूले काटमार गर्न नहुने सन्देश दिन खोजेपनि मानिसहरुले मजाको रुपमा उडाएको भन्दै गुनासो गरेकी छिन् । आफ्नो आँशु देखाउनका लागि वा नक्कली नभएर भावनामा बगेको उनको भनाइ छ । 

दशैं नजिकिएसँगै उनले यो भिडियो आफ्नो फ्यानपेजमा पोस्ट गरेकी थिइन् । उनले भिडियो पोस्ट गर्ने बेलामा यति धेरै भाइरल होला भन्ने सोचेकी थिइनन् होला सायद । तर कसैले उनको भिडियो ‘टिकटक’मा राखिदिएपछि उक्त भिडियो एकाएक चर्चामा आयो । उनले यो भिडियो बनाउने क्रममा आफ्नो विगतको प्रभाव रहेको बताइन् । आफूले सानोमा अति माया गर्ने र साथी जस्तै कुखरालाई दशैंमा काटिएपछि उनी धेरै रोएकी थिइन् । भिडियो बनाउने क्रममा उनले त्यही कुखरालाई सम्झन पुगिन् र उनको आँशु झरे । 

उनले काटमार नगर्न रुँदै आग्रह गरेको भिडियो सार्वजनिक भएसँगै उनले मासु खाइरहेको केही तस्वीर पनि उनको भिडियोको कमेन्ट बक्समा राखिएको छ । आफूचाँहि मासु नछोड्ने र अरुलाई चाँही नखा भन्ने भन्दै उनको भिडियो चर्चा कमाउनका लागि बनाइएको भन्दै आलोचना पनि भइरहेको छ । तर जे सुकै होस् फिल्ममा अभिनय गर्दै निकै मेहनत गर्दा पनि चर्चा कमाउन नसकेकी आशिका ‘खसी–खसिनी’ भिडियोपछि एकाएक चर्चामा आउन सकिन् । उनलाई फलो गर्नेको संख्या दिनप्रतिदिन बढीरहेको छ ।

यो पनि पढ्नुहोस्,

बहिनीलाई बलात्कार गर्नेको टाउको काटेर गए प्रहरी चौकी भन्ने भिडियोको बास्तविकता यस्तो पो रहेछ !

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x