×

NMB BANK
NIC ASIA

तिलोत्तमा – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले जन्मदिनको अवसरमा वृक्षारोपण गर्न सबै नगरवासीलाई आह्वान गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’को नारा अघि सारेको तिलोत्तमाले ४३औं कार्यपालिका बैठकबाट हरियाली प्रबर्द्धनका लागि जन्मदिनमा वृक्षारोपण गर्न नगरवासीलाई आह्वान गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक नगरवासीले आफ्नो जन्मदिनमा वृक्षरोपण गरेर त्यसलाई हुर्काउँदा हरियाली प्रबर्द्धन अभियान प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ ।


Advertisment
Nabil box
Kumari

नगर प्रमुख वासुदेव घिमिरेले नगरवासीले जन्मदिनको अवसरमा घर–आँगन, खाली जमिन तथा तोकिएको सार्वजनिक स्थान, वनलगायतका ठाउँमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवाहरू रोप्न सक्ने बताए ।

Vianet communication
Laxmi Bank

‘हरियाली प्रबर्द्धन अभियानमा सबै नगरवासीको सार्थक सहभागिताका लागि हामीले जन्मदिनमा वृक्षरोपण गर्न आह्वान गरेका हौं,’ नगर प्रमुख घिमिरेले भने । 

जन्मदिनमा वृक्षरोपण गर्न आह्वान गरेसँगै बिरूवाको उपलब्धताका लागि नगरपालिकाका तर्फबाट थप प्रभावकारी काम गरिने नगरपालिकाले जनाएको छ ।

‘जन्मदिनमा एउटा सामान्य फूल वा उपयोगी स–साना प्रजातिका वनस्पति रोप्दा पनि त्यसले पर्यावरण र मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ,’ नगर प्रमुख घिमिरे भने, ‘हाम्रो यो सार्वजनिक आह्वानले नगरवासीमा हरियाली वातावरण निर्माणमा सचेतना अभिवृद्धि गराउने विश्वास छ ।’

तिलोत्तमा नगरपालिकाले सरसफाई र हरियाली प्रबर्द्धनका लागि गत वर्षदेखि नै हरेक महिनाको १ र १५ गते अभियान सञ्चालन गर्दै आएको छ ।

वडा कार्यालय र टोल विकास संस्थाहरूले अन्य दिनमा समेत सरसफाई र हरियाली प्रबर्द्धनका कामहरू गर्दै आएका छन् । हालसम्म यो अभियान २५औं श्रृंखलामा पुगिसेको छ ।

नगरपालिकाले वातावरण संरक्षणका लागि प्लाष्टिक निषेधित अभियान समेत सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गत साउनमा वृक्षरोपण सप्ताह सञ्चालन गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x