×

NMB BANK
NIC ASIA

भेगीय स्वार्थमा अल्झियो प्रदेश राजधानी र नामाकरण, किन चुपचाप छन् मुख्यमन्त्री ?

असोज २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – मुलुकले संघीयताको अभ्यास थालेको पनि एक वर्ष पुग्न लाग्यो । सात प्रदेशको संघीय अभ्यास गरेको मुलुकमा ३ वटा प्रदेश (प्रदेश ४, ६ र ७) ले आफ्नो स्थायी राजधानी र प्रदेशको नाम टुङ्गो लगाइसकेका छन् । तर प्रदेश नम्बर १, २, ३ र ५ भने स्थायी राजधानी र नामाकरणका विषयमा अझै अलमलमा छन् ।

Sagarmatha Cement
Muktinath Bank

सांसद, मुख्यमन्त्री तथा दलका नेताहरूमा भेगीय स्वार्थ बढ्दै गएपछि प्रदेश नम्बर ५ को नाम र राजधानी कहिले टुङ्गो लाग्ने भन्ने अनिश्चित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानीबारे बोल्नै चाहँदैनन् मुख्यमन्त्री !


Advertisment
Nabil box
Kumari

प्रदेशको राजधानी र नामाकरणबारे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल एकशब्द पनि बोल्न चाहँदैनन् । आफ्नो नेतृत्वको सरकारसँग दुईतिहाइ बहुमत हुँदाहुँदै पनि मुख्मन्त्री पोखरेल यस विषयमा बोल्न नचाहनुले यसमा उनको गम्भीर स्वार्थ रहेको देखिन्छ ।

Vianet communication
Laxmi Bank

उनी प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रत्येक दिन हुने विभिन्न कार्यक्रममा सहभागी हुन्छन् । ती कार्यक्रमहरूमा भाषण पनि गर्छन् । ‘प्रदेशको स्थायी राजधानी कहाँ हुने र नाम के राख्ने भन्ने विषयमा बहस गर्न जरूरी छैन, बरु २० वर्षपछिको राजधानी कस्तो हुने भन्ने बारेमा सोचौं,’ भनेर टार्छन् ।

अन्य प्रदेशहरूले नाम र राजधानी टुङ्गो लगाउँदै गएपछि नेपालको मध्यभागमा रहेको मिनी नेपालजस्तै (पहाड/तराई समेटिएको) प्रदेश ५ को स्थायी राजधानी कहाँ हुन्छ भन्ने बहस सतहमा आएको छ । जनतादेखि सांसदसम्म स्थायी राजधानी आफ्नो पायक पर्ने स्थानमा परोस् भन्ने ध्याउन्नमा देखिन्छन् । तर छिट्टै तोकियोस् भन्ने जनचाहना छ । 

सत्तापक्षकै कारण ढिलाइ भयोः प्रतिपक्ष

नेपाली कांग्रेसका सांसद वीरबहादुर रानाले सत्तापक्षको अलमलका कारण प्रदेशको राजधानी र नामाकारणमा ढिलाइ भएको बताए ।

‘सत्तापक्षको दुईतिहाइ बहुमत छ । उहाँहरूले चाहनुभयो भने बुटवल बनाउन पनि सक्नुहुन्छ र दाङ लैजान पनि सक्नुहुन्छ,’ रानाले भने, ‘मुख्यमन्त्रीको चाहना बुटवल राजधानी होस् भन्ने छैन । सकेसम्म दाङ लैजाने कसरतमा हुनुहन्छ । तर त्यो सम्भव देखिँदैन ।’

सत्तापक्षका सांसदहरूमा पनि भेगीय समस्या देखिएको रानाको भनाइ छ । प्रतिपक्षले राजधानी र प्रदेशको नामाकरण छिट्टो टुङ्ग्याउन सदनमा पटक–पटक आग्रह गर्दै आएको छ । 

संघीय समाजवादी फोरमका सांसद शहसराम यादव आफूहरूले राजधानी छिट्टो टुङ्ग्याउनुपर्छ भनेर पटक–पटक भन्दा पनि मुख्यमन्त्रीले सुनुवाइ नगरेको आरोप लगाउँछन् ।

मुख्यमन्त्रीले गल्ती गरेः विश्लेषक

विश्लेषक तथा लेखक ऋषि आजादले मुख्यमन्त्री शंकर पोखरेलले राजधानी र प्रदेशको नामाकरण नटुङ्ग्याएर ठूलो गल्ती गरेको बताए ।

‘सातै प्रदेशका मुख्यमन्त्रीमध्ये पोखरेल सिनियर हो । उहाँ प्रधानमन्त्री केपी ओलीको पनि नजिकको मान्छे हो । प्रदेशसभा गठन भएको ८ महिनासम्म पनि राजधानी र नाम टुङ्ग्याउन नसकेर उहाँले ठूलो गल्ती गर्नुभो ।’ 

मुख्यमन्त्रीले जति ढिलाइ गरेपनि प्रदेश राजधानी बुटवलबाट अन्यत्र सर्ने सम्भावना नभएको आजादको भनाइ छ ।

‘जनताको भावनाविपरीत गए मुख्यमन्त्रीलाई अफ्ठ्यारो पर्छ,’ उनले भने, ‘अब छिट्टै संसद् अधिवेशन बोलाएर पहिलो काम प्रदेशको राजधानी र नामाकरण टुङ्ग्याउनुपर्छ ।’ 

सिफारिस समितले कार्यविधि र नेतृत्व नै पाएन !

प्रदेशको नाम र राजधानी सिफारिस गर्न संसद्ले गठन गरेको समितिले झन्डै दुई महिनासम्ममा पनि कार्यविधि समेत बनाउन सकेको छैन ।

प्रदेश सभाले २४ साउनमा प्रदेश ५ को नाम र राजधानी सिफारिस गर्न तीन महिनाको समय दिएर १५ सदस्यीय विशेष समिति गठन गरेको थियो । तर दुई महिनासम्म पनि समिति र कार्यविधि बनाउन नसकेर अलमलमा छ ।

यो समितिको अवधि तीन महिना तोकिएको छ । समितिभित्र पनि नेतृत्वका विषयमा चलेको उही भेगीय विवादका कारण समितिको प्रभावकारितामा समेत प्रश्न उठेको छ । 

१५ सदस्यीय समितिमा नेकपाका ८, कांग्रेसका ४ र अन्य दलका ३ सांसद रहेका छन् ।

समितिमा अर्घाखाँचीका सांसद् धेरै रहेका छन् । अर्घाखाँचीका ३, रूपन्देहीका २, कपिलवस्तुका २, बर्दियाका २ र पाल्पाका २ जना रहेका छन् ।

त्यस्तै दाङ, रोल्पा, गुल्मी र प्युठानबाट एक–एकजना परेका छन् ।

यस्तो छ दलीय अंकगणित 

यस प्रदेशमा पहाडका ६ र तराईका ६ जिल्ला गरी १२ वटा जिल्ला पर्छन् । प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, फोरमका ५ र राजमो र राजपाका एक–एकजना गरी ८७ सांसदहरू छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x