×

NMB BANK
NIC ASIA

भूकम्पपछि भित्रिएको समृद्धि : खुशीले भरिएको गाउँ राइनासकोट

असोज २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

लमजुङ – ‘म बूढी मान्छेले कहाँ गएर मान्छेको मुख देख्थेँ र ! भूकम्प आएर मलाई नै फाइदा भएजस्तो लाग्छ,’ अनुहारभरी बुढ्यौलीका धर्सा कोरिएकी ७६ वर्षीया मनमाया गुरुङको भनाइ हो यो ।

Sagarmatha Cement
Muktinath Bank

भूकम्पले घर भत्काएपछि सर्वश्व गुमाएका कयौं नेपालीको पीडाका बीच लमजुङको राइनास नगरपालिका – ८ राइनासकोटमा भेटिएकी मनमायाको खुशी छुट्टै थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा भूकम्प कम प्रभावित जिल्ला अनुगमका क्रममा पुगेको पत्रकारको टोलीसँग दंग परेर कुरा गर्दै थिइन्, मनमाया ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

विनाशले नै विकास

Vianet communication
Laxmi Bank

करीब साढे ३ वर्षअघि २०७२ सालको वैशाखले ल्याइदिएको विनाश बिस्तारै विकासको गतिमा अगाडि बढ्दैछ ।

विनाशकारी भूकम्पले करीब ८ लाख निजी आवास भत्के । धेरै घर भत्केका र कम घर भत्केका आधारमा सरकारले अति प्रभावित र कम प्रभावित गरी जिल्ला विभाजन गर्‍यो ।

भूकम्पले करीब १४ हजार घर भत्केको नेपालको पश्चिमी जिल्ला लमजुङ कम प्रभावित जिल्लाको सूचीमा पर्‍यो ।

भूकम्पप्रतिरोधी घर निर्माणका लागि राहतस्वरूप ३ लाख दिने घोषणा गरेअनुरूप अहिलेसम्म जिल्लामा निजी आवास पुनर्निर्माणको काम भई नै रहेको छ । कम प्रभावित जिल्लामा परेपछि ढिलै शुरू भएको पुनर्निर्माणको काम अहिले लमजुङमा ५ सयवटा घरमा मात्र निष्कर्षमा पुगेको छ ।

सरकार नपुग्दै आफ्नै पहलमा राइनासकोटका १३ वटा घर भने भब्य तरिकाले पुननिर्माण भइसकेका छन् ।

जम्मा १६ परिवारको बस्ती राइनासकोटमा अहिले १३ घरमा होमस्टे सञ्चालनमा आएको छ । भूकम्पलगत्तै पुनर्निर्माण शुरू भएको सो बस्तीमा एक वर्षअघिदेखि होमस्टे सञ्चालनमा आएको हो ।

रोजगारी र पढाइ सँगसँगै सुख र सुविधा खोज्न शहर हिँडेका राइनासकोटका युवा गाउँ फर्किन थालिसकेका छन् ।

राइनासकोट होमस्टे सञ्चालनमा आएपछि मासिक औसतमा ३० हजार प्रतिपरिवार कमाइ हुन थालेकाले युवाहरू लोभिन थालेका हुन् ।

खुशी भरिएको गाउँ

लमजुङ हिमालबाट आउने मर्स्याङ्दी नदी तर्दै उकालो लागेपछि एक सानो बजार आउँछ, पाउँदी । त्यही बजारबाट १७ किलोमिटर माथि उकालो चढ्न झण्डै ४ घण्टा लाग्ने गर्छ ।

केहीसमय अघिसम्म सवारीसाधन जान नसक्ने राइनासकोट पुग्न सोही समुदायको पहलमा बाटो पनि खुलिसकेको छ ।

भूकम्प आउनु अघिसम्म हिँडेर मात्रै पुग्न सकिने सो डाँडामा बाटो खनिएपछि भने साना सवारी साधन सजिलै पुग्न सक्छन् ।

रातो जस्ताले छाएका एकनासे घरहरूको खुशी शहरका महलमा भन्दा कम छैन । दैनिक औसतमा २० जना पाहुनाको टोलीसँग साक्षात्कार गर्दा त्यहाँका आमाहरू दंग छन् ।

माथि उल्लेखित मनमाया जस्तै सुकमाया, धनमायाहरू दिनहुँ पाहुनाको स्वागतमै व्यस्त रहन्छन् ।

गाउँमा ७० देखि ८० जना मानिस राख्न सक्ने व्यवस्था भएपछि असोजदेखि जेठ अन्तिमसम्म दैनिक औसतमा २० जना पाहुना पुग्ने गरेको स्थानीय बताउँछन् ।

सरकारले अनुदान उपलब्ध गराएको ठाउमा समेत निकै सुस्त गतिमा पुनर्निर्माण भइरहेको अवस्थामा भूकम्पलाई नै अवसरका रूपमा लिने राइनासकोट आम नेपालीका लागि प्रेरणा बनेको छ । 

विनाशकारी भूकम्पको विनाशसँगै कतिपयले केही सिक्ने र उन्नति गर्ने अवसर पाएको उदाहरण पनि हो, राइनासकोट होमस्टे ।

गुरुङ समुदायको पातलो बस्ती भएको राइनासकोट गाउँ समुन्द्री सतहबाट करीब १७ सय मिटरको उचाइमा छ ।

शाहवंशीय द्रव्य शाहको पालामा त्यही डाँडामा बसेर शासन गरेको इतिहास पनि राइनासकोटसँगै छ । गाउँबाट १ सय मिटर माथिपुग्दा शाहवंशीय किल्लाहरूको भग्नावशेष भेटिन्छन् ।

डाँडाबाट वरिपरिका १६ वटा जिल्ला पनि देख्न पाइन्छ । त्यहाँबाट, नवलपरासी, चितवन, तनहुँ, कास्की, गोरखा, मनाङ, मुस्ताङ लगायतका जिल्लाका केही भूभाग र सेता हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

यो लोभलाग्दो प्रकृतिको सदुपयोग गर्दै भूकम्पलगत्तै राइनासकोटको सानो गुरुङ बस्तीले समृद्धिको यात्रा तय गरेको छ ।

राइनासकोटकी पर्यायवाची विष्णु

भूकम्पलगत्तै एक महिना गाउँवासी अलमल्ल परे । अब यो गाउँ छोड्ने हो कि भन्नेतिर सोच्न थालिसकेका थिए ।

भूकम्प अघिसम्म गाउँ छोडुँछोडुँ लाग्ने विष्णु गुरुङलाई भने भूकम्पले अवसर ल्याइदिएझैं लाग्न थाल्यो । अनि उनले पहल गर्न थालिन् पुनर्निर्माणका लागि ।

विष्णुले नेपालमा लामो समयदेखि काम गरिरहेकी नतासा ओजनेश नामकी एक अमेरिकी महिलासँग आफ्नो प्रस्ताव पठाइन् । लामो समय लमजुङकै दूराडाँडामा बसेर काम गरेकी नतासासम्म पुग्न दूराडाँडाकै विवेककुमार पण्डितसँग कुराकानी गरिन् ।

नतासाले सहयोग गर्ने भएपछि गाउँमा खुशियाली नै छायो । गाउँकै सर्वोदय सेवा श्रम नामक संस्थासँग मिलेर घर बनाउन नतासाले निर्माण सामग्री दिने भएपछि वैदेशिक रोजगारीका शिलशीलामा विभिन्न देशमा रहेका आफ्ना भाइबन्धुलाई घर बनाउन तयार पारिन्, विष्णुले । समृद्धिको यात्रामा हिँडेको राइनासकोटकी पर्यायवाची नै बनिन्, विष्णु ।

विष्णुको कामलाई राइनासकोटवासी सबैले निर्धक्क प्रशंसा गरिरहन्छन् ।

राइनासकोट होमस्टे समितिका अध्यक्ष खड्बहादुर गुरुङ भन्छन्, ‘यो सबै काम विष्णु बहिनी नभएको भए सम्भव थिएन, सबै श्रेय उनैलाई जान्छ ।’ विष्णु अहिले होमस्टे समितिको उपाध्यक्ष भएर काम गरिरहेकी छिन् ।

भूकम्पअघि गाउँ छोडुँछोडुँ लाग्ने विष्णु आजभोलि गाउँमा आउने पाहुनाको सत्कारमै व्यस्त छिन् । गाउँमा दिनहुँ औसतमा दैनिक २० जना पाहुना आउँदा उनीहरूसँग कुराकानी गर्दै उनको दिन बित्ने गर्छ । ४० वर्षीया अविवाहित विष्णु आफ्नो सानो गाउँलाई समृद्ध बनाउने अभियानमा जिल्ला सदरमुकामदेखि केन्द्रसम्म कुराकानी गरिरहन्छिन् ।

काम विशेषले तनहुँको डुम्रे पुग्दा भुइँचालो आएको थाहा पाएपछि बूढी आमा सम्झिँदै घर फर्किएकी विष्णु भुइँचालोको रातले जोडिदिएको आत्मीयता सम्झिँदा अझै खुशी हुन्छिन् ।

घरमा रहेकी बूढी आमाको बारेमा अमेरिका रहेका दिदीबिहनीले भनेपछि राति १० बजे मात्रै राइनासकोट पुगेकी विष्णु त्यो रातलाई यसरी सम्झिन्छन्, ‘त्यो रात सम्झिँदा खुशी लाग्छ । हाम्रा घरहरू भत्किएका थिए, तर हामी सबै गाउँघर दाजुभाइ दिदबहिनी एउटै ठाउँमा बसेर सुख दुःखका कुरा गरिरह्यौं । अत्यन्तै खुशी लागेको थियो । अझै मसँग रहेको गालभेंडाको टनेलमूनि बस्दा झनै रमाइलो गरेका थियौं ।’ 

विष्णु अहिले सरकारले भूकम्पपीडितलाई दिने तीन लाख अनुदान दिलाउन पहल गरिरहेकी छिन् । नीतिगत रूपमा सरकारले दिन मिल्नेसम्म अनुदान दिलाउने उनको प्रयास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x