×

NMB BANK
NIC ASIA

सांसदलाई लाख रुपैयाँ पर्ने ‘ल्यापटप’ दिने तयारी अन्तिम चरणमा

असोज २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम –२ नम्बर प्रदेशका सांसदलाई ‘ल्यापटप’ दिने प्रक्रिया अगाडि बढेको छ । प्रदेशका १ सय ७ जना सांसद र सचिवालयका केही कर्मचारी समेतलाई ल्यापटप सुविधा उपलब्ध गराउन प्रदेश सभाले गृहकार्य अगाडि बढाएको छ । प्रदेशमा ६४ जना प्रत्यक्ष र ४३ जना समानुपातिक गरी १ सय ७ जना सांसद रहेका छन् ।

Muktinath Bank

प्रदेशसभा सचिवालयका उपसचिव रंजित यादवका अनुसार प्रदेश सभामा काम गर्न सहज होस् भन्ने उद्देश्यले सबै सांसदलाई ल्यापटप उपलब्ध गराउन सचिवालयले प्रक्रिया अगाडि बढाइसकेको छ । १ सय ७ जना सांसदका लागि र कर्मचारी समेतका लागि १ सय २५ देखि १ सय ३० वटासम्म ल्यापटप किन्ने तयारी अगाडि बढेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कस्तो र कुन मोडेलको ल्यापटप किन्ने भन्ने विषय निर्क्योल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद सत्रुघन महतो र उपसचिव यादव रहेको समिति बनेको छ ।


Advertisment
Nabil box
Kumari

समितिले कम्प्यूटरबारे जानकार विज्ञसँग छलफल गरेर ल्यापटपबारे छलफल समेत भइसकेको उपसचिव यादवले बताए । ८ जीबी र्‍यामको ल्यापटप किन्ने, कम्तिमा पनि ५ वर्ष वा ४ वर्षसम्मको वारेन्टी सहितको सुनिश्चितता हुने गरी १ लाख रुपैयाँसम्म पर्नसक्ने ल्यापटप किन्ने तयारी भएको उनले बताए ।

Vianet communication
Laxmi Bank

ल्यापटप किन्नका लागि अब चाँडै टेन्डर समेत आह्वान हुने लगभग तयारी पूरा भइसकेको उनले बताए । ‘ल्यापटप किन्न प्रदेश सभामा एकमुष्ठ बजेट पहिलेदेखि पनि छ, यदि घटी हुन पुगेमा प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने कुरा समेत टुंगो लागिसकेको छ,’ उनले भने ।

सांसदले ल्यापटप बोक्ने भएपछि प्रदेशसभा कागजविहीन हुने गरी तयारी गरेको भएपनि ल्यापटप चलाउन नजान्ने सांसदलाई भने गाह्रो हुनेछ । यसका अतिरिक्त प्रदेशसभा सदस्यले मासिक ५२ हजार ६ सय रुपैयाँ पारिश्रमिक, बैठकभत्ता प्रतिदिन १ हजार रुपैयाँ पाइरहेका छन् । 

सञ्चार सुविधाबापत प्रतिमहिना ३ हजार रुपैयाँ, आवास सुविधाबापत १५ हजार प्रतिमहिना, ५ वर्षको लागि फर्निचरबापत एकमुष्ठ ५० हजार रुपैयाँ, निजी सचिवालय बन्दोवस्तबापत २ हजार रुपैयाँ प्रतिमहिना पाइरहेका छन् । 

बिजुली धाराबापत प्रतिमहिना २ हजार रुपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत २ हजार ५ सय रुपैयाँ, विदेशमा भ्रमण गर्दा २ सय अमेरिकी डलर प्रतिदिन सुविधा पाइरहेका छन् ।

प्रदेशसभा सदस्यले राजपत्राकिंत तृतीय श्रेणीका १ जना स्वकीय सचिवको सुविधा पाइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x