×

NMB BANK
NIC ASIA

बुटवल – ५ नम्बर प्रदेशका मुख्य राजमार्गदेखि विभिन्न स्थानीय रूटमा चल्ने सार्वजनिक सवारी साधनका चालकलाई अनिवार्य पोशाक लगाउने व्यवस्था गरिने भएको छ ।

Muktinath Bank

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चालकलाई जिम्मेवार बनाउन पोशाक अनिवार्य लगाउनुपर्ने व्यवस्था बनाउन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले पहिलो चरणमा चालकलाई ज्याकेटमा प्रदेश सरकारले लगानी गर्ने तयारी गरेको छ । पछिल्लो समय भइरहेको सवारी दुर्घटना चालकको लापरवाही मुख्य देखिने ट्राफिक प्रहरीको तथ्यांकमा देखिन्छ । प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले प्रदेशलाई सुरक्षित यात्राको पहिचान गराउने गरी चालकहरूलाई अनिवार्य ‘ड्रेस’ बनाउने गरी आफूहरू काम गर्न थालेको बताए ।


Advertisment
Nabil box
Kumari

‘हवाइजहाज चलाउने पाइलटको ड्रेस हुने, स्कूलका गाडी चलाउनेको पोशाक हुने । सार्वजनिक गाडी चलाउनेको आफ्नो पहिचान दिने गरी पोशाक किन नहुने ?’ उनले थपे, ‘हामी चालकहरू पोशाक लगाउने व्यवस्था छिट्टै लागू गछौं । हाम्रो प्रदेशमा प्रवेश गरेपछि हरेक यात्रुले चिनोस् । यहाँका चाककहरूको यस्तो पोशाक रहेछ । यात्रु पनि ढुक्कले गाडी चढुन् प्रदेशका चालकहरू जिम्मेवार छन् भनेर ।’

Vianet communication
Laxmi Bank

प्रदेशमा झण्डै १० हजार यात्रुवाहक गाडीका चालकहरू रहेको यातायात व्यवसायीको भनाइ छ । सबै चालकहरूको एउटै ड्रेस हुनेछ । यो व्यवस्था छिट्टै लागू गर्ने प्रदेश सरकारले तयारी थालेको छ ।

पश्चिम नेपाल बस व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरले प्रदेश सरकारले उठाएको विषय राम्रो रहेको भन्दै आफूहरू त्यसको लागि सहकार्य गर्न तयार रहेको बताए । ‘प्रदेश सरकारले त पहलकदमी लिने बताएको छ,’ घिमिरले भने, ‘सरकारले ड्रेस चालकलाई उपलब्ध गराउनुपर्छ । सबै चालकहरूले तत्काल समितिले डे«ेस किनेर उपलब्ध गराउन सक्दैनन् । हामीहरू यो कामको लागि सहकार्य गर्न तयार छौं ।’

हरेक गाडीमा टाइम कार्ड लागू हुनेछ । चाँडो जान पाइँदैन । चालकरूलाई ड्रेससँगै प्रदेशका ३ स्थानमा रिफ्रेश सेन्टर पनि यसै वर्षभित्र बनाउने तयारीमा जुटेको छ । मन्त्री केसीका अनुसार प्रदेश प्रवेश बिन्दु नवलपरासीको बर्दघाट, दाङको लमही र बर्दियाको बासगडीमा गाडी चालकलाई रिफ्रेश सेन्टर बनाउन लागेको हो । ‘लामो समयसम्म चालकहरू गाडी चलाउँदा थकित हुन्छ,’ केसीले भने, ‘रिफ्रेस सेन्टरमा कम्तिमा आधा घण्टा चालकहरू बसेर हातमुख धुने र आनन्दित भई फेरि यात्रा शुरू गर्नुपर्छ ।’

रिफ्रेश सेन्टरमा प्रवेश नगरी गाडी चलाउनेहरू कारबाहीमा पर्ने छन् । त्यहाँ सीसीटीभी क्यामेरा जडिन हुनेछ । गार्डेन सहितको बन्नेछ । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी माधवप्रसाद बुढाथोकीले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य र एकता आवश्यक भएको बताए । पोशाक लगाएको चालक आफ्नो पोशाकको मर्यादा राख्न पनि अनुशासित भएर बस्ने बुढाथोकीले बताए । 

दूर्घटना न्यूनीकरण गर्न बुटवलमा प्रभातफेरी

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल र सुरक्षित यात्रा नेपालले मंगलवार बुटवलमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक प्रभातफेरी निकालेको छ । बुटवल राजमार्ग चौराहाबाट शुरू भएको र्‍याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न यातायात क्षेत्रका संघसंस्था, ट्राफिक प्रहरी, विद्यार्थी सर्वसाधारणको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्वासेले दुर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य र एकता आवश्यक भएको बताए । उनले यातायात क्षेत्रको अस्वस्थ प्रतिष्पर्धालाई प्रदेश सरकारले नियन्त्रण गरी दुर्घटना न्यूनीकरणका लागि काम थाल्नुपर्ने बताए । 

कार्यक्रममा मन्त्री केसी, डीएसपी बुढाथोकी, न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, अधिवक्ता महेन्द्र पाण्डे, साहित्यकार दलबहादुर गुरूङ लगायतले बोलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x