मालपोत र नापीका कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छ : मन्त्री अर्याल

असोज २३, २०७५

काठमार्डौँ- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ । 

ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताउनुभयो । 

उहाँले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको बताउँदै मन्त्री अर्यालले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन सक्दैन भन्नुभयो । रासस


ADVERTISEMENT

असोज २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार