व्यापारी आन्दोलनमा,  बजार अनुगमनकाे विराेधमा बजार बन्द

असोज २३, २०७५

उदयपुर-इलाका प्रशासन कार्यालय कटारी र कटारी नगरपालिकाले दुई दिनदेखि निरन्तररुपमा कडाइका साथ बजार अनुगमन थालेपछि व्यापारीले त्यसका विरुद्ध बजार बन्द गरेका छन् । 

बजार अनुगमनको क्रममा इलाका प्रशासन र नगरपालिकाले बजारका विभिन्न पसलबाट अखाद्य वस्तु बरामद गर्नुका साथै दर्तानै नगरी अवैध रुपमा सञ्चालन भएका केही पसल बन्द गराएपछि व्यापारी विरोधमा उत्रेको बताइएको छ । 
कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले प्रशासनले मनपरि बजार अनुगमन गरेर दुःख दिएको आरोप लगाए । 
यता इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल पौडेलका अनुसार बजारका केही पसल दर्तानै नगरी, कर नतिरी मनपरि ढङ्गले सञ्चालन गरेको पाइएकोले त्यस्ता पसल बन्द गरिएको हो । 
कानूनी प्रक्रिया पु¥याएर सञ्चालन गर्न प्रशासनले भनेको र केही कालोबजारी गर्ने व्यापारीलाई सामान्य कारवाही प्रक्रिया अगाडि बढाइएको प्रशासन कार्यालय प्रमुख पौडेलले जानकारी दिए । स्थानीय उपभोक्ता कृष्ण कार्कीले प्रशासन र नगरपालिकाले ठीक काम गरेको प्रतिक्रिया दिए । 


ADVERTISEMENT

असोज २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस