ब्वाइफ्रेण्डका लागि आफ्ना चार वर्षको भाइलाई दिदीले मारिन्

असोज २४, २०७५

प्रेमका लागि मानिसले जस्तो सुकै हर्कत गर्न पछि पर्दैनन् । प्रेममा पागल भएकाहरुले गरेका विभिन्न गलत कर्मबारे बेलाबखतमा समाचार आउने गरेको छ । यस्तै घटना भारतमा सार्वजनिक भएको छ । 

भारतको लुधियाना प्रहरीले तीन दिन पहिला आफ्नो घरको बाहिर मृत अवस्थामा पाइएको चार वर्षका एक बालकको हत्यारा पत्ता लगाएको छ । चार वर्षको प्यारो यो बालकको हत्या अरु कसैले नभइ उसकी १९ वर्षकी आफ्नै दिदीले गरेकी हुन् । 


ADVERTISEMENT

प्रहरीले सात अक्टुबरको दिन पञ्जाबको यस औद्योगिक शहरको टिब्बा रोडस्थित अमरजीत कोलोनीमा बस्ने ४ वर्षका अंशको शव एक बोरमा फेला परेको थियो । बालक एक दिन पहिला अचानक हराएका थिए । हत्या भन्दा पहिला बालकको घाँटी थिचिएको थियो । 

अनुसन्धानका क्रममा प्रहरीले हत्याका दिन अंश तथा उनकी दिदी रेणु कनौजिया घरमा रहेको पत्ता लाग्यो । त्यसपछि प्रहरीको शंकाको सुई उनकी दिदी तर्फ नै सोझियो । किनकी आमा बुबाका अनुसार उनी आफ्नो भाइलाई मन पराउँदैन थिइन् । जब प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ ग¥यो त्यसपछि उनले अपराध कबुल गरिन् । हत्यारी बहिनीले प्रहरीलाई बताए अनुसार भाइ जतिवेला पनि आफूसँग हिड्न खोज्थ्यो । र दिदीसँग हिडेको बेलाका सबै कुरा आमा बुबालाई भन्थ्यो । एक दिन रेणु आफ्नो ब्वाइफ्रेण्डसँग भेट्न गइन् । त्यतिवेला पनि उनको भाइ उनीसँगै थियो । घर आएपछि सबै आमा बुबालाई भन्यो । व्वाइफेण्डसँग गरिएका गलत हर्कत बारेमा पनि उसले बाबुआमालाई भन्यो ।

भाइका कारण समस्यामा परेपछि उनले भाइलाई तहलगाउने बारे सोचिन् ।

घटनाका दिन बुबा काममा गएको र आमा बिरामी आफन्तलाई भेट्न गएपछि उनले भाइको हत्या गरिन् । पहिला भाइको घाँटी थिचिन् र मृत्युभएपछि बोरामा राखेर ठेगान लगाइदिइन् ।
 

असोज २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस