प्रियंका र आयुष्मानको ‘राधा २’ बन्यो ʻप्रेम दिवसʼ, गरियो शुभसाइत

असोज २४, २०७५

काठमाडौं। चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै चलचित्रको नाम ʻप्रेम दिवसʼ सार्वजनिक गरिएको हो ।

योगेश घिमिरेले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘राधा २’ राख्ने चर्चा थियो । तर, छायांकन अगाडि यसको नाम परिवर्तन गरिएको हो । 


ADVERTISEMENT

प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्रको शुभसाइतमा भने प्रियंका र आयुष्मान दुबै सहभागी थिएनन् । निर्देशक योगेश घिमिरे, निर्माता संजय न्यौपाने, नव–कलाकार विशाल खरेल, पटकथा तथा लेखक प्रदिप भारद्धाजको उपस्थितीमा शुभसाइत गरिएको हो ।

लभस्टोरी कथामा निर्माण हुने चलचित्रको छायाँकन भने कात्तिक ८ गतेबाट हुँदैछ । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराजा थापाको संगीत, हरि लामाको छायांकन रहनेछ ।

असोज २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार