भन्सार छलेर ल्याइएको डेढ करोडको सामान बरामद

असोज २४, २०७५

वीरगञ्ज – सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ । 

वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले सो सामान गुल्मले कार्यालयलाई बुझाएको बताए । भारतबाट तस्करी गरी ल्याइएको लत्ताकपडा, हार्डवेयरका सामान, खाद्यान्न, सवारीसाधन मोटरपार्टस्लगायतका सामान बरामद गरिएको हो ।


ADVERTISEMENT

सो अवधिमा लागुऔषध डाइजोल्याब ८५७ थान, नोल्फीस ८६१ थान, फेनारगन ८६० थानसहित लागुऔषध प्रयोगकर्तालाईसमेत पक्राउ गरिएको थियो ।

असोज २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार