कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउनका लागि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने घोषणा गरेको विषयले राजनीतिक माहोल गर्माएको छ ।
सांसद मानन्धर स्वयंले पनि वामदेवका लागि स्थान खाली गर्न आफूले राजीनामा दिने घोषणा गरिसकेका छन् । मानन्धरले पार्टीले निर्णय गर्नासाथ सांसद पदबाट राजीनामा दिने घोषणा पत्रकार सम्मेलनमार्फत् नै गरिसकेका छन् । अब पार्टीले कस्तो निर्णय गर्छ भन्ने विषयले वामदेव काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवार बन्ने कि नबन्ने टुंगो लाग्नेछ ।
रामवीरले राजीनामा दिने निर्णय गरेसँगै नेकपाका नेता कार्यकर्ता विभाजित भएका छन् । वामदेवलाई सांसद बनाउनु हुने र नहुने पक्षमा नेकपाको शीर्ष नेतृत्व नै विभाजित भएको छ ।
पार्टी अध्यक्ष केपी ओलीका विश्वास पात्र रामवीरले राजीनाको घोषणा गर्नुलाई कतिपयले ओलीको ‘ग्रिन सिग्नल’को रूपमा लिइएपनि त्यसलाई स्वीकार गरिहाल्ने अवस्था छैन । ओलीको विश्वास पात्र भनिएपनि पछिल्लो समय मानन्धर ओलीसँग टाढिएका थिए ।
प्रधानमन्त्री भएपछि ओलीसँग भेटेर कुराकानी गर्न खोजेपनि मानन्धरले भेट्न पाएका थिएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने वामदेवलाई सांसद बनाउन लागिपरेका छन् ।
नेकपाका अर्का नेता माधवकुमार नेपाल पनि रामवीर प्रकरणमा मौन बसेका छन् । उनले मौन स्वीकृति दिएको कतिपयको बुझाइ छ । पराजित भएर पनि प्रचण्डले संसदमा ल्याएका कारण प्रधानमन्त्री बनेका नेता नेपाल वामदेवलाई संसदमा ल्याउन सकारात्मक भएको नेकपाका एक नेताले बताए ।
वामदेवलाई संसदमा ल्याउन नहुने पक्षमा नेकपाको सचिवालयमा ईश्वर पोखरेल रेहेका छन् । ‘अरु नेता वामदेवको पक्षका सकारात्मक देखिएका छन्,’ नेकपाका एक नेताले भने, ‘पोखरेलले भने वामदेवलाई पार्टीमा आफ्नो प्रतिस्पर्धीको रूपमा हेर्नुभएको छ ।’
बुधवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्न जानुपूर्व पोखरेलले कूटनीतिक रूपमा त्यसको विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा पोखरेलले लामो विचार राख्ने क्रममा लेखेका छन्, ‘दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयंले स्थापित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नु जरुरी छ । हाम्रा राम्रा र हामी स्वयंले विकास गरेका राम्रा कुराले मात्र हामीलाई बचाउन सक्नेछन् ।’
मन्त्रीको लोभ !
नेकपा स्रोतका अनुसार मानन्धर यत्तिकै सांसद पद छोड्न तयार भएका होइनन्, उनले गतिलो आश्वासन पाएका छन् ।
२० वर्षदेखि उक्त क्षेत्रमा जित हात पार्दै आएका रामवीर पहिला काठमाडौं महानगरपालिकाको वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनी लगातार दुई पटक सांसद बने । ओलीको विश्वास पात्र, काठमाडौंको रैथाने नेवार समुदाय र दुईदुई पटक अत्याधिक मतसहित चुनाव जित्दा पनि रामवीरले लाभको पद पाउन सकेका छैनन् ।
स्थानीय तहको चुनावका बेला रामवीरले काठमाडौं महानगरपालिकाको मेयर बन्ने रुचि देखाएका थिए । तर ओलीले प्रतिनिधिसभा निर्वाचनमा जितेपछि मन्त्री बनाउने आश्वासन दिएपछि मानन्धर पछि हटे । तर उनी मन्त्री बन्न सकेकन् । मन्त्री बन्ने महत्त्वाकांक्षाले उनलाई पाँच वर्षका लागि जितेको निर्वाचन क्षेत्र छोड्छुभन्दा कुनै संकोच नलागेको पूर्व एमालेका एक नेताले बताए ।
प्रचण्ड र वामदेवले दुई वर्षपछि खाली हुने राष्ट्रिय सभा सदस्यमा लगेर मन्त्री बनाउने आश्वासनमा मख्ख परेर रामवीरले पद छाड्न लागेको पूर्व एमाले नेता÷कार्यकर्ताको आरोप छ ।
नेकपामा फेरिएको समीकरण
पार्टी एकता भएको पाँच महिनापछि नेकपामा गुटगत अभ्यास शुरू भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले आफू पक्षधरलाई पेलेको र सरकारले राम्रो काम नगरेको भन्दै नेकपाका नेता माधवकुमार नेपाल आफू पक्षधर नेतालाई जमघट गर्न थालेका छन् भने समानान्तर कमिटी बनाउने कसरत पनि गरिरहेका छन् ।
नेता नेपाल पछिल्लो समयमा पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमसँग नियमित छलफलमा रहेका छन् ।
अध्यक्ष ओलीको कार्यशैलीसँग खास सन्तुष्ट नरहेका पूर्व माओवादी नेताहरू पनि नेता नेपालको निकट पुगेका छन् । पार्टी एकताका क्रममा ओलीसँग दुई वर्षपछि प्रधानमन्त्रीमा सहमति गरेका प्रचण्ड ओलीले सरकार पाँच वर्ष चल्छ भन्ने अभिव्यक्ति अमेरिकाबाट फर्कँदा दिएसँगै संशयमा पुगको र सोही कारण उनी नेता नेपाल र वामदेवसँग नजिक पुगको नेकपाका एक नेताले बताए ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...