वामदेवले हार्ने गरी उपचुनाव हुँदैन : प्रचण्ड

असोज २४, २०७५

काठमाडाैं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता वामदेव गौतमका लागि काठमाडौं क्षेत्र नम्बर ७ का सांसदलाई राजीनामा दिन लगाउने निर्णय अझै नभएको बताएका छन् ।

पार्टीमा सामान्य छलफल भएपनि वामदेव गौतमका लागि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाउने निर्णय नभएको बताए । 


ADVERTISEMENT

प्रचण्डले उपनिर्वाचन हुने संभावना रहेपनि काठमाडौं क्षेत्र नम्बर ७ मा हार्ने गरी चुनावमा नजाने बताए । 

‘अहिले मिडियामा धेरै नै चर्चामा छ, काठमाडौं क्षेत्र नम्बर ७ मा वामदेवजी उठ्ने, चुनाव हार्ने निकै चर्चा परिचर्चा छ,’ बुधवार पाथीभरा समाजद्वारा राजधानीमा अायाेजित कार्यक्रममा प्रचण्डले भने, ‘आज विहान मात्रै पनि यसविषयमा प्रधानमन्त्री जी र मबीच पनि कुराकानी पनि भएको थियो । तर यसविषयमा अहिले म यत्ति मात्रै भन्छु, हाम्रो सीट गुमाउने गरी हामी चुनावमा जाँदैनौ ।’

असोज २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार