मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
जनकपुरधाम– भारतको जयनगरबाट गुडेको रेल जनकपुरधाम आइपुगेको छ ।
भारत बिहारको जयनगरदेखि जनकपुरधामसम्म २९ किलोमिटर रेल सञ्चालनको लागि बुधवार परीक्षण गरिएको छ । ५३ वटा ढुंगागिट्टी बोक्ने बोगीसहित रेलको इन्जिन बुधवार जनकपुरधाम पुगेको हो ।
रेल विभाग साइट कार्यालय जनकपुरधामका इन्जिनियर विनोदकुमार ओझाका अनुसार बुधवार पहिलो पटक जनकपुरसम्म गरिएको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।
चालू महिनासम्म भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न हुनेछ । ‘सन् २०१८ को डिसेम्बरसम्म रेल नियमित सञ्चालनमा ल्याउने नेपाल सरकारको तयारी छ,’ ओझाले लोकान्तरसँग भने ।
आउँदो मंसिर महिनाको २६ गते भगवान रामजानकीको विवाह पञ्चमी महोत्सवका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल चढेर रेलको सञ्चालन गर्ने र नेपाल सरकारलाई रेल हस्तान्तरण गर्ने भनेर हल्ला चलेपनि त्यसबारे हालसम्म कुनै पनि आधिकारिक जानकारी आफूहरूलाई प्राप्त नभएको इन्जिनियर ओझाले बताए ।
केही दिनअघि मात्र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरी, भारतको परराष्ट्र मन्त्रालयका एक जना सचिव लगायतले रेलको अवस्थाबारे जानकारी लिइसकेका छन् ।
नेपाल रेल्वे कम्पनीमार्फत् नै नेपालमा रेल सञ्चालन हुने भनिएपनि त्यसका लागि नेपाल सरकारसँग आवश्यक जनशक्ति भने छैन । त्यसैकारण तत्काल भारत सरकारसँग लिज सम्झौतामा भारतीय रेल नै सञ्चालन गर्ने नेपाल सरकारको तयारी रहेको छ ।
‘नेपाल सरकार, नेपालका लागि भारतीय राजदूतावास र नेपालको भौतिक पूर्वाधार मन्त्रालयबीच लिजमा नै रेल सञ्चालन गर्ने छलफल भइरहेको छ,’ रेल विभागका साइट कार्यालयका इन्जिनियर ओझाले भने ।
कम्तिमा पनि २ देखि ३ वर्षसम्म रेल र जनशक्ति समेतका लागि लिजमा लिएर रेल सञ्चालन गर्ने र सोही क्रममा नेपाल सरकारले भर्ना गर्ने आफ्नो जनशक्तिलाई समेत तालिम दिएर दक्ष बनाउँदै विस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।
रेल बिग्रिए मर्मत सम्भार गर्नका लागि आवश्यक पर्ने ग्यारेज समेत नबनेको अवस्थामा भारतको जयनगरमा भारतीय रेलका लागि बनेको वर्कशपमै काम चलाउने विकल्प मात्र रहेको उनले स्वीकार गरे ।
प्रत्येक दिन ३ देखि ४ पटकसम्म जनकपुरधामदेखि जयनगरसम्म रेलसेवा सञ्चालनमा ल्याउने छलफल भइरहेको छ ।
रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मात्रै नभएर विभिन्न किसिमका प्राविधिक कर्मचारी सहितको दक्ष जनशक्ति आवश्यक हुन्छ । इन्जिनियर, ओभरसियर, मेकानिक्स, कम्प्यूटर इन्जिनियर, इलेक्ट्रिक इन्जिनियर लगायतका प्राविधिकदेखि प्रशासनिक, आर्थिक लेखा सम्बन्धी कर्मचारी आवश्यक हुन्छ ।
प्रत्येक स्टेसनमा कार्यालय प्रमुखको रूपमा स्टेसन मास्टरको मातहतमा विभिन्न कर्मचारी रहने गर्छन् । यसका अतिरिक्त ट्राफिकतर्फ विभिन्न कर्मचारी हुन्छन् । टिकट चेक गर्ने ‘टीटी’, गाडीलाई सञ्चालन गर्नका लागि वा रोक्नका लागि गार्ड, इन्जिनका ड्राइभरदेखि सहयोगी, विभिन्न सिग्नल दिने कर्मचारी, रेल लीग ठिक छ कि छैन भन्ने कुरा हिँडेर चेक गर्ने ‘ग्यांग म्यान’, रेल क्रस गर्ने बेला सडकमा लगाइएको ढाट खोल्ने र बन्द गर्ने तथा लेभल क्रसिङका लागि कर्मचारी आवश्यक पर्छन् ।
विभिन्न किसिमका प्राविधिक जनशक्ति आवश्यक पर्ने भएपनि नेपाल सरकारको रेल कम्पनीले भने कुनै पनि किसिमको जनशक्ति भर्ना गरेको छैन ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...