दार्चुला- दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।
जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६० भेडा, तथा स्कालिम जातका ४७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताउनुभयो । विगतमा तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गरेकामा पछिल्लो समय दार्चुलाबाटै बाह्य जिल्ला निर्यात हुन थालेको उहाँको भनाइ थियो ।
यस वर्ष तिब्बतेली भेडा–च्याङ्ग्रा हालसम्म आयात नभएको व्यास गाउँपालिका वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । विगतमा सयौँ भेडा–च्याङ्ग्रा तिब्बतबाट आयात हुन्थ्यो उहाँले भन्नुभयो, “यस वर्ष हालसम्म आएको छैन ।” व्यापारीले जिल्लाबाट रु ७० हजार भाडा तिरेर भेडा च्याङ्ग्रा पोखराका लागि ढुवानी गरेको ट्रक व्यवसायी मोहनसिंह ऐरीले बताउनुभयो ।
थप समाचार
- कांग्रेसलाई लाञ्छना लगाउन संसदमै झूटको खेती
- इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै
- मन्त्री हेरफेर गर्ने ओली-प्रचण्डबीच भद्र सहमति, भारतको मणिपुरबाट १७९ नेपालीको उद्धार
- युवतीमाथि यौन दुर्व्यवहार गरेपछि टीयूका सहायक डीनलाई विद्यार्थीले लगाए कालोमोसो
- नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका पौडेल नियुक्त
- कर्णालीका मन्त्रीको दावी : हामी फर्स्ट डिभिजनमा पास भयौं
प्रतिक्रिया दिनुहोस