असोज २५, २०७५
असोज २५, २०७५ मा प्रकाशित
काठमाडौ–शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।
खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित मैदानमा हुने छ । यसअघि बुधबार भएको खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । दुुवै टोलीले गोलरहित बाराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
ADVERTISEMENT
चार वर्षपछि भएको लिगको पहिलो चरण जारी रहँदा सङ्कटा क्लब तीन अङ्कसहित शीर्ष स्थानमा छ । सङ्कटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि नौ दिन रोकिएर लिग बुधबारदेखि पुनः सञ्चालन भएको हो ।
थप समाचार
- सुदूरपश्चिमका ३२ ठाउँमा खेल मैदान निर्माण हुने, २० लाखका दरले बजेट विनियोजन
- डीपीएल क्रिकेट : काठमाडौंलाई हराउँदै अत्तरिया फाइनलमा
- विश्वकप छनोटमा नेपाल पराजित
- एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- आहा रारा गोल्डकप फागुन ९ देखि, दुई विदेशीसहित १० टिम सहभागी
प्रतिक्रिया दिनुहोस