शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स र थ्री स्टारको भिडन्त

प्रतिकात्मक तस्वीर
असोज २५, २०७५

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । 

आज पहिलो खेलमा अहिले फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच खेल भइरहेको छ । दोस्रो खेलमा जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।


ADVERTISEMENT

एन्फा कम्प्लेक्समा जारी पहिलो खेलको पहिलो हाफमा थ्रीस्टारले १-० को अग्रता लिएको छ । थ्रीस्टारका लागि रञ्जन विष्टले गोल गरेका हुन् ।

यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग असोज २४ गतेदेखि पुनः सञ्चालन भएको हो 

लिगका खेल तेह्र चरणसम्म खेलाइने छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचाँैले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टिमले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गर्नेछ । 

असोज २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार