×

NMB BANK
NIC ASIA

अमेरिकामा माइकल आँधीका कारण दुईजनाको मृत्यु

असोज २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको फ्लोरिडा प्यानह्यान्डलमा बुधवार आएको माइकल आँधीको चपेटामा परी दुईजनाको मृत्यु भएको छ भने कैयौं भवनहरू भत्केका छन् । 

आँधी जर्जिया र क्यारोलाइनातर्फ बढेको छ । 

आँधीका कारण १५५ माइल प्रतिघन्टाको दरले हावा चलेको छ । सन् १९९२ मा एन्ड्रु आँधीले दक्षिणी फ्लोरिडालाई ध्वस्त बनाएयता अमेरिकामा आएको यो सर्वाधिक शक्तिशाली आँधी हो । 

फ्लोरिडाका गभर्नर रिक स्कटले यस्तो शक्तिशाली आँधीले उक्त क्षेत्रमा एक शताब्दीभन्दा बढीदेखि नआएको बताए । विज्ञहरूले मानिसका कारण भएका जलवायु परिवर्तनले खतरनाक आँधीहरू नियमित रूपमा तथा तीव्र रूपमा
बढाएको बताएका छन् । 

‘समुदायहरूमा कल्पनातीत विनाश आउनेछ,’ स्कटले चेतावनी दिए । 

आँधीका कारण दुईजनाको मृत्यु भएको छ । फ्लोरिडाको गाड्सेन काउन्टीमा एउटा रुख ढलेर किचेपछि एकजना मारिएका छन् । रुख ती व्यक्तिको घरको छतलाई भत्काउँदै ढलेको थियो । 

जर्जियाको सेमिनोल काउन्टीमा एउटा घरमा पुगेका बालक पनि कुनै सामान घरमा खसेपछि थिचिएर मारिएका छन् । आफूहरू उक्त घरमा पुग्न नसकेका कारण बालकको मृत्युका विषयमा स्पष्ट हुन नसकेको अधिकारीहरूले
बताएका छन् । 

क्याटेगोरी ४ को आँधीले प्यानह्यान्डलमा अहिलेसम्म प्रवेश गरेको थिएन र माइकलको विशाल आकारका कारण यसको असर न्यु ओर्लीन्सदेखि टाम्पा बे तटीय इलाकासम्म र जमीनमा चाहिँ दुवै क्यारोलाइना राज्यसम्म पुगेको छ ।

द गार्डियनबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x