×

NMB BANK
NIC ASIA

लाखौं उइगुर मुसलमानलाई राखिएको शिविरलाई चीनले दियो वैधता

असोज २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चीनको उत्तरपश्चिममा रहेको शिनजियाङ क्षेत्रमा सरकारले १० लाख मुसलमानहरू शिविरमा राख्ने कामलाई वैध बनाएको छ ।

अन्तर्राष्ट्रिय रूपमा निरन्तर आलोचना भएपछि चिनियाँ अधिकारीहरूले क्षेत्रीय सरकारलाई शिक्षा तथा तालिम केन्द्रमा अतिवादबाट प्रभावित मानिसलाई थुन्न अनुमति दिने गरी कानून संशोधन गरेका छन् । 

चिनियाँ अधिकारहरूले हिरासत शिविरहरूको अस्तित्वलाई अस्वीकार गरेका छन् र सानातिना अपराध गर्नेहरूलाई व्यावसायिक तालिम केन्द्रमा पठाइएको बताएका छन् । उता पूर्वबन्दीहरूले आफूलाई राजनीतिक सिद्धान्त
सिकाउने शिविरहरूमा इस्लाम त्याग्न अनि कम्युनिस्ट पार्टीमा बफादारिता प्रकट गर्न लगाइने गरेको बताएका छन् । 

मंगलवार प्रकाशित संशोधनहरूमा सरकारी निकायले काउन्टी तहमा र त्यसभन्दा माथि व्यावसायिक क्षमता शिक्षा र तालिम केन्द्रहरू, शिक्षा परिवर्तन संस्था र व्यवस्थापन विभागहरू स्थापना गरेर अतिवादबाट प्रभावित मानिसलाई परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।

नयाँ कानूनको एक परिच्छेदले ती केन्द्रहरूलाई म्यान्डरिन भाषा पढाउने तथा व्यावसायिक र कानूनी शिक्षा दिलाउने अनि साथसाथै सैद्धान्तिक शिक्षा, मनोवैज्ञानिक पुनःस्थापना र व्यवहार सुधार सिकाउने व्यवस्था मिलाउन निर्देशन
दिएको छ । 

रेडियो र टेलिभिजन जस्ता सार्वजनिक वस्तुलाई अस्वीकार गर्नबाट रोक्ने अर्को परिच्छेद छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले प्रायः शिनजियाङको विकासको प्रशंसा गर्ने तथा उक्त क्षेत्रमा स्थिरताका लागि सरकारको भिजनलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरू प्रसारण गर्छन् । 

चीनको परिवार नियोजन नीतिले परिवारको आकारमा नियन्त्रण गर्छ र त्यसको कार्यान्वयनलाई रोक्ने व्यवहारमाथि संशोधित नियमले प्रतिबन्ध लगाएको छ । गत वर्ष अधिकारीहरूले हान चिनियाँको तुलनामा उइगुर तथा अन्य
अल्पसंख्यक जातिहरूलाई बढी सन्तान जन्माउन पाउने व्यवस्थालाई खारेज गरेका थिए ।

द गार्डियनबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x