×

NMB BANK
NIC ASIA

रामवीरलाई हटाएर सांसद बन्ने वामदेवको योजनामा ‘ब्रेक’ !

असोज २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर सांसद बन्ने नेकपा नेता वामदेव गौतमको प्रयासमा तत्कालका लागि ‘ब्रेक’ लागेको छ । 

Muktinath Bank

समृद्ध नेपालका लागि संसदमा वामदेवको आवश्यकता रहेको भन्दै नेकपाका सांसद मानन्धरले गौतम निर्वाचन लड्नका लागि आफूले पार्टीमा राजीनामा बुझाएको बताएका थिए । आफूले पाँच वर्षका लागि जितेको निर्वाचन क्षेत्र वामदेवका लागि छाड्न लागेको भन्दै पार्टी पङ्तिमा मानन्धरको चर्को आलोचना भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिरमा सम्पन्न प्रतिनिधसभाको निर्वाचनमा बर्दियाबाट पराजित भएका तत्कालीन एमालेका नेता वामदेव गौतमले सांसद बन्न निरन्तर प्रयास गरिरहेका थिए । यसअघि डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर सांसद बन्ने योजनामा लागेका वामदेव सफल हुन सकेनन् । डोल्पाका मतदाताले बुढालाई राजीनामा गर्न सुझाव दिएका थिए ।


Advertisment
Nabil box
Kumari

त्यसपछि वामदेवले अन्य क्षेत्रका सांसदहरूसँग पनि आफ्ना लागि सिट खाली गराउन पहल नगरेका होइनन् ।

Vianet communication
Laxmi Bank

काठमाडौं ७ का सांसद रामवीर मानन्धर भने गौतमको लागि आफूले जितेको सीट छाड्न तयार भए, जसलाई नेकपाकै नेता कार्यकर्ताले आश्चर्यको रूपमा लिएका छन् । 

सचिवालयमा नै अल्पमत

नौ सदस्यीय नेकपाको सचिवालयमा मानन्धरले दुई अध्यक्षलाई सम्बोधन गर्दै वामदेवका लागि ठाउँ खाली गर्ने भन्दै दिएको राजीनामा पेश भएको छ । तर त्यस विषयमा छलफल हुन सकेको छैन । 

आफू पक्षधर मानन्धरले कुनै सल्लाह नगरी राजीनामा दिएको भन्दै पार्टी अध्यक्ष केपी ओली पक्षधरहरू सशंकित देखिएका छन् । प्रचण्ड भने वामदेवालाई तत्काल संसदमा ल्याउन सकारात्मक छन् । तर वामदेवले हार्ने अवस्थामा चुनाव नगराउने प्रचण्डले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बताएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ७ का मतदाता र पार्टी पंक्तिमै विरोध हुन थालेपछि वामदेवको जीत सुनिश्चित नभएको प्रचण्डले बुझेका छन् । जस कारण उनले वामदेवले हार्ने अवस्थामा चुनाव नहुने धारणा सार्वजनिक गरेका हुन् । 

सचिवालय सदस्य माधवकुमार नेपाल मौन बसेका छन् भने अर्का सदस्य ईश्वर पोखरेलले कूटनीतिक भाषामा गौतमको विरोध गरेका छन् । नारायणकाजी श्रेष्ठ र महासचिव समेत रहेका विष्णु पौडेलले पनि वामदेवका लागि तत्कालको समय अनुपयुक्त रहेको बताएपछि वामदेवको काठमाडौं क्षेत्र नम्बर ७ बाट सांसद बन्ने यात्रा तत्कालका लागि रोकिएको छ । 

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतामा महत्त्वपूर्ण भूमिका खेलेका गौतमलाई संसदमा ल्याउन सबै सकारात्मक भएपनि अवस्था भने गौतमको पक्षमा देखिएको छैन । 

सामाजिक सञ्जालमा गौतमको तीव्र आलोचना भइरहेको छ । जसका कारण गौतमको छवि थप धुमिल भएको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गौतमलाई संसदमा नल्याई नहुने किन भन्दै प्रश्न गरेका छन्, जसको जवाफ शायद नेकपाका नेताहरूले दिन सक्ने छैनन् ।

किन सांसद बन्न चाहन्छन् वामदेव ?

वामदेवको सांसद बन्ने चाहनालाई कतिपयले उनको प्रधानमन्त्री बन्ने योजनाको रूपमा हेरेका छन् । तर वामदेव स्वयंले भने विकास निर्माणका लागि आफू सांसद बन्न खोजेको बताउँछन् । गौतमले अधिकार सम्पन्न विकास प्राधिकरणको नेतृत्व गर्न आफू सांसद बन्नुपर्ने तर्क गरेका छन् । 

समृद्धिको लक्ष्य लिएको सरकारलाई सफल बनाउन र घोषणा पत्रमा भनिएको कुरालाई पूरा गर्न आफू प्रतिनिधिसभा जान खोजेको उनको भनाइ छ । गौतमले आफूले मानन्धरलाई राजीनामा गर्न नलगाएको दाबी पनि गरेका छन् । मानन्धरले नै बुझेर आफूलाई ठाउँ खाली गरिदिन लागेको उनको भनाइ छ । 

नेता गौतमले आफूलाई बर्दियामा पराजित गर्ने पूर्व एमालेका केही शीर्ष नेता अहिले पनि सक्रिय रहेको अरोप लगाएका छन् । 

यो पनि पढ्नुहोस्

वामदेवको आरोप– बर्दियामा हराउनेहरू फेरि सक्रिय भए

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x