×

NMB BANK
NIC ASIA

बुटवल – ५ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अबको ५ वर्षमा उत्पादनलाई दोब्बर बढाउने गरी मन्त्रालयले योजना अगाडि बढाएको बताएकी छन् ।

Muktinath Bank

उनले किसानलाई निर्वाहमुखी कृषिबाट व्यावसायिक बनाउने योजना मन्त्रालयले बनाएर अगाडि बढेको जानकारी दिँदै सोही अनुसारको विकास गरी अबको ५ वर्षमा कृषिजन्य उत्पादन दोब्बर हुने बताएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर डेभलपमेन्ट प्रालिको बुटवलमा शुभारम्भ गर्दै कृषिमन्त्री पौडेलले प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार भएको जानकारी दिँदै यसको लागि विचौलियाभन्दा पनि किसानलाई उत्पादनको उचित मूल्य दिनुपर्ने र सोही अनुसारको धेरै नाफा नखाएर कृषिजन्य सामग्री उत्पादन बिक्री वितरण गर्नुपर्ने धारणा राखिन् ।


Advertisment
Nabil box
Kumari

उनले प्रविधिमा सुधार गरी किसानलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले कोठामुखी तालिम गोष्ठीलाई परिर्वतन गरी किसानको अपेक्षा अनुसार सम्बन्धित थलोमा नै प्रयोगात्मक रुपमा कृषिजन्य तालिम आयोजना गर्न लागिएको जानकारी दिइन् ।

Vianet communication
Laxmi Bank

मन्त्री पौडेलले भनिन्, ‘प्रविधिमा सुधार गरी प्रदेशको कृषि लगायतका अन्य विकासको अवधारणा अगाडि बढाएका छौं ।’ रसायनिक मलको विकल्पमा जैविक मल प्रयोग गर्ने सरकारको योजना अनुसार रोल्पा र रुकुम जिल्लाबाट जैविक जिल्ला (अर्गानिक) को रुपमा पहिचान बनाउनको लागि प्रस्ताव समेत आइसकेको मन्त्री पौडेलको भनाई रहेको थियो ।

किसानलाई ज्ञान, सीप र धारणाको विकासमा प्रविधिको मुख्य भूमिका रहेको भन्दै मन्त्री  पौडेलले विचौलिया मोटाउने दिन अब गएको बताएकी हुन् । उत्पादन र उत्पादकत्व वृद्धिमा सरकारको ध्यान गएको मन्त्री पौडेलको भनाई रहेको छ ।

कार्यक्रममा इन्टेन्सीप मल्टी प्रपोज एग्रीकल्चर डेभलमेन्ट कम्पनी प्रालि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाईजर  विराटनगर वरिष्ठ कृषि वैज्ञानिक डा. गोविन्द पोखरेलले नेपाली जमिनमा रहेको माटो बिस्तारै उत्पादकत्व कमी हुँदै जाँदा यसको आयू समाप्त हुँदै गएको बताए । उनले यसको लागि अबको अन्तिम विकल्प भएको जैविक मल, विषादीको प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएका थिए ।

हरेक १० किलोमिटर क्षेत्रफलमा हावापानीको  प्रवलता फरक–फरक भएको नेपालको हावापानी रहेकोमा त्यसमा  ठोस  ध्यान जान नसकेका कारण नेपालको कृषि क्षेत्रमा आशातित विकास नभएको उनले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी मल्टी प्रपोज एग्रीकल्चर डेभलपमेन्ट प्रालिका अध्यक्ष कृष्णप्रसाद पोखरेलले अर्गानिक मल, राईबोजिम, आर्गानिक विषादी लगायत अन्य विभिन्न अर्गानिक उत्पादन ईन्टेन्सिभ मल्टीप्रपोज एग्रीकल्चर डेभलमेन्ट प्रालि काठमाडौंको सहकार्यमा प्रदेशका सबै जिल्लामा बिक्रीवितरण गर्ने योजना बनाएको जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य तुलबहादुर घर्ती ‘वसन्त’, कुलप्रसाद पोखरेल, लुम्बिनी मल्टी प्रपोज एग्रीकल्चर डेभलपमेन्ट प्रालिका सञ्चालक रघुपति चुदादी, बुटवल वडा नम्बर ९ का वडाध्यक्ष विष्णुबहादुर थापा लगायतले बालेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x