रूपन्देहीको देवदहकी १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार

असोज २५, २०७५

बुटवल – रूपन्देहीको देवदहकी एक किशोरी सामुहिक बलात्कारमा परेको घटना बाहिर आएको छ ।

रूपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा देवदह–१० कै ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका–७ बस्ने २६ वर्षीय कृष्ण थापालाई ईलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । किशोरीमाथि असोज २३ गते साँझ बलात्कार भएको बताइएको छ । 


ADVERTISEMENT

बुटवलमा चलिरहेको औद्योगिक प्रदर्शनीमा घुमाएपछि बुटवल र देवदहको बिचमा रहेको शिवनगर वनमा मोटरसाइकलमा लगेर सामुहिक बलात्कार गरिएको पीडित किशोरीले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको छ । प्रहरीले घटनास्थलबाट ४ थान कण्डम र खोल, फुटेका चुरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।

घटनामा अन्य मानिसको पनि संलग्नता रहेको हुनसक्ने ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले जानकारी दिए । बलात्कारका आरोपी उदय काष्ठ व्यवसायी काम हुन् भने कृष्ण गाडी स्टाफ हुन् ।

किशोरीलाई मोटरसाइकलमा बसालेर जंगल पुर्याउने अर्का व्यक्ति भने फरार छन् । अदालती प्रक्रिया पुर्याएर उनको घटना दर्ता भएको डीएसपी मल्लको भनाइ छ । ती किशोरी उपचारपछि अहिले घरमै आराम गरिरहेकी छन् । पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएका छन् ।

असोज २५, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस