×

NMB BANK
NIC ASIA

लोकसेवामा जागिरको आवेदन ३३ प्रतिशतले कमी, १०१ विज्ञापनमा कुनै दरखास्त परेन !

असोज २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । 

Muktinath Bank

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था छ । विसं २०१६ मा आयोगको पहिलो प्रतिवेदन प्रस्तुत भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा आयोगका अध्यक्ष मैनालीले गत आर्थिक वर्ष कूल पाँच हजार ९७० पदका लागि एक हजार २०४ र समावेशी प्रतियोगितातर्फ एक हजार ८०७ वटा विज्ञापन खुलाइएको जानकारी दिनुभयो । त्यसमा कूल पाँच लाख ६७ हजार ८५३ दरखास्त परेको थियो । पछिल्लो १० वर्षमा यो छ गुणाले वृद्धि हो । 


Advertisment
Nabil box
Kumari

अघिल्लो आवभन्दा गएको वर्ष दरखास्तमा ३३ प्रतिशतले कमी आएको आयोगले जनाएको छ । सबैभन्दा बढी दरखास्त खरीदार पदमा एक लाख ४६ हजार ४७६ परेको थियो जसमा प्रदेश नम्बर २ बाट कूल दरखास्तको २५ प्रतिशत छ । सबैभन्दा बढी २१–२५ वर्ष उमेर समूहका ३८ प्रतिशतले दरखास्त दिएको प्रतिवेदनमा जनाइएको छ । विज्ञापन मध्ये १०१ वटामा कुनै पनि दरखास्त परेन । 

Vianet communication
Laxmi Bank

दरखास्त परेकामध्येबाट कूल सात हजार ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिश गरिएको छ । जसमा दुई हजार ४६५ (३२ प्रतिशत) महिला छन् । प्रदेश नम्बर २ बाट सबैभन्दा बढी २० प्रतिशत स्थायीका लागि सिफारिश भएका छन् ।    समावेशीतर्फ तीन हजार २४४ जना सिफारिश भएका थिए । गएको आठ वर्षको अवधिमा ४१ हजार ६८ स्थायी नियुक्तिमा सिफारिश गरिएको अध्यक्ष मैनालीले जानकारी दिनुभयो । 

सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ तीन लाख ६९ हजार ८५७ मध्ये लिखित परीक्षामा एक लाख ५९ हजार ४२६ सहभागी भएका थिए । गएको एक वर्षमा आयोगको कार्यसम्पादनमा रु ७५ करोड ८२ लाख खर्च भएकोमा १४ करोड राजश्व सङ्कलन भएको थियो । आयोगका प्रवक्ता किरणराज शर्माले अहिले आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

आयोगको क्षेत्राधिकारभित्र पर्ने विषयमा परामर्श नै नभएकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ । महत्वपूर्ण नीतिगत विषयमा प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिइएको छ । 

आयोगले यथास्थितिबाट माथि उठेर समयानुकूल आफूलाई रुपान्तरण गर्दै अघि बढेको उल्लेख गर्दै विभिन्न सुधारात्मक कार्यक्रमअन्तर्गत उत्तरपुस्तिका परीक्षणमा विज्ञबाट दोहोरो परीक्षण विधि अपनाएको जनाएको छ । यस्तै विद्युतीय भुक्तानी विधि अपनाइएको, अनलाइन प्रणालीमार्फत पदपूर्तिका चरणलाई स्वचालित बनाउनेतर्फ अग्रसर रहेको, एकीकृत परीक्षा प्रणाली लागू गरिएको र क्षमतामा आधारित छनोट प्रणाली लागू गरिएको आयोगले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x