कहाँ हराएका थिए कपिल ? फेरि आउने भयो कपिलको कमेडि शो

असोज २५, २०७५

कमेडी शो मार्फत आफ्नो पहिचान बनाएका कमेडियन कपिल शर्मा एक पटक फेरि कमेडी शो लिएर आउने भएका छन् । 

एक समय यस्तो थियो जब टेलिभिजनमा कपिल शर्माको शो आउँदै त्यतिबेला सबैभन्दा धेरै देखिने कार्यक्रम थियो र त्यस कार्यक्रमको टीआरपीले आकाश छोएको थियो । 


ADVERTISEMENT

तर चर्चाका साथसाथै कपिलको कार्यक्रमले समस्याको सामना पनि गर्न प¥यो । 

पहिलो शो को शुरुवात कलर्स टीभीमा भएको थियो तर जब च्यानलसँग केही समस्या प¥यो त्यसपछि उक्त शो सोनी टीभी आएको थियो । 

गुत्थी तथा डा.गुलाटीको भुमिका निभाउने सुनील ग्रोवर तथा कपिल शर्माको सम्बन्धका कारण समस्या बन्यो । ग्रोवर यस शोका लागि एक यस्तो व्यक्ति थिए जो कपिल शर्मा भन्दा पनि मन पराइएका थिए । 

त्यसपछि कपिलको शो लामो समय चल्न सकेन र उनी टीभीको कमेडी शो बाट बाहिरिए । 

लामो समयपछि अब फेरि कपिल टिभीमा फिर्ता हुने भएका छन् । 

बीबीसीका अनुसार उनी नयाँ शो लिएर आउन लागेका हुन् । आगामी महिनाबाट कपिल शर्माको ‘द कपिल शर्मा शो २’ मार्फत पुन कमेडिमा आउन लागेका हुन् । 

फ्यानहरुले कहिले देखि शो आउँछ भन्दै प्रश्न गर्न गरेको कपिलले बताए । 

किन हराए ?

कपिलले आफू टेलिभिजनबाट टाँढिनुको कारण रक्सी भएको बताएका छन् । 

समस्या परेपछि आफूले धेरै रक्सी पिएका कारण समस्या परेको बताए । पछि आफूले जिम्मेवारी र परिवारका बारेमा सोचेपछि सबै नराम्रो वानी व्यवहोरा छोडेको बताए । उनी लामो समय विरामी भएका थिए । गुथ्थीसँग झगडा परेपछि कपिल मानसिक रुपमा समस्यामा परेको र उनको उपचार भएको समाचारहरु सार्वजनिक भएका थिए । लामो समय सामाजिक सञ्जालबाट समेत ढाँढा रहेका कपिल निकै मोटो पनि भएका छन् ।
 

असोज २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार