काठमाडौँ– सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ ।
पर्वत जिल्ला, फेवास नगरपाकिलामा विसं २००४ असार २० गते जन्मिएका शर्माले विसं २०३० चैत १ गतेदेखि न्याय सेवाको शाखा अधिकृतमा पदबाट सेवा प्रारम्भ गरी जिल्ला न्यायाधीश, पुनरावेदनको मुख्य न्यायाधीश हुँदै विसं २०६५ माघ ९ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भई २०६८ चैत १ गते सेवा निवृत्त भएका थिए । शर्मा संवैधानिक, वातावरणीय र वाणिज्य कानूनका क्षेत्रमा विशेष दखल राख्थे ।
यसैबीच अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले आज जारी गरेको प्रेस विज्ञप्तिमा शर्माको निधनले अदालत शर्माको निधनले न्यायलय अत्यन्त मर्माहत भएको र उनको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख छ ।
सर्वोच्च अदातलमा न्याय सम्पादनका क्रममा रहँदा शर्माले न्यायपालिकामा सूचना प्रविधिलाई संस्थागत गर्ने, अदालत तथा न्यायाधीशको सुरक्षा व्यवस्था चुस्त बनाउने र न्यायिक जनशक्ति व्यवस्थापन लगायतमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
सर्वोच्चका अनुसार उनी एक निर्भिक, मिलनसार, सहृदयी, मउदुभाषी, न्यायको मर्मज्ञ, कानूनका ज्ञाता एवं अनुभवी न्यायिक क्षेत्रमा स्थापित व्यक्तित्व थिए ।
थप समाचार
- इमान्दार चालक, जसले टेम्पोमा छाडिएको सुनसहितको ब्याग फिर्ता गरे
- युवतीमाथि यौन दुर्व्यवहार गरेपछि टीयूका सहायक डीनलाई विद्यार्थीले लगाए कालोमोसो
- नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका पौडेल नियुक्त
- पूर्व रजिष्ट्रार अटेरी बन्दा फिर्ता भएन विश्वविद्यालयको गाडी
- हुम्लीको पीडा : जहाज उड्छ सामान बोकेर, यात्रु कुरेको कुर्यै
- कर्णालीको राजधानीबाट लागूऔषधसहित ६ पक्राउ
प्रतिक्रिया दिनुहोस