रेड पान्डाको छालासहित ५ जना पक्राउ

असोज २५, २०७५

कोहलपुर– बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित ५ जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बाँकेको कोहलपुर नगरपालिका–२ स्थित सन्ध्या लक्ष्मी खाजा घरबाट रेड पान्डाको छालासहित ५ जनालाई पक्राउ गरेको हो । 


ADVERTISEMENT

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका– १ का ४६ वर्षीय बुद्धी शर्मा, कोहलपुर–२ बस्ने २८ वर्षीय मुकेश दमाइ, बाँकेको बैजनाथ गाउँपालिका–४ का ४१ वर्षीय थमन दमाइ, बैजनाथ–४ कै २८ वर्षी दिपक सुनार र २१ वर्षी बलराज ऐडी छन् । 

रेडपान्डाको छालासहित पक्राउ परेका पाँचैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

असोज २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस