राँगो नियन्त्रण गर्न माग गर्दै १ सय ३६ स्थानीयले दिए वडा कार्यालयमा निवेदन

प्रतिकात्मक तस्बिर
असोज २५, २०७५

विराटनगर–  मोरङको धनपालथान गाउँपालिका –६ कदमाहावासीले गाउँमा आतंक मच्याउने बनैया राँगो नियन्त्रण गर्न माग गरेका छन् । स्थानीय माहिर हुसेनसहित एक सय ३६ जनाले गाउँमा आतंक मच्चाउने राँगो नियन्त्रणको माग गर्दै ६ नम्बर वडा कार्यालयमा निवदेन दिएका हुन् ।

बनिया राँगोले ५ वटा घरपालुवा राँगालाई आक्रमण गरि मारेको र स्थानीय मानिसहरुलाइ समेत घाइते बनाएको स्थानीयबासीको निवेदनमा उल्लेख छ । 


ADVERTISEMENT

डेढ वर्षदेखि गाउँमा आतंक मच्चाउँदै आएको राँगो नियन्त्रणका लागि पटक पटक गरेको आग्रहलाई वडा कार्यालयले वेवास्ता गरेको उनीहरुको आरोप छ ।

वडा नं ६ का अध्यक्ष मो हुसेनले स्थानीयवासीको माग अनुसार राँगो नियन्त्रणका लागि धनपालथान गाउँपालिकालाई लिखित जानकारी गराइएको बताए ।

गाउँपालिकालाई लेखेको निवेदनको बोद्दार्थ जिल्ला प्रशासन कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीलाइ पनि दिइएको छ । धनपालथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम शर्मा लुइटेलले पशु प्राविधिकको सहयोगमा सो राँगोलाई नियन्त्रणमा लिने तयारी भइरहेको बताए ।

असोज २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार