×

NMB BANK
NIC ASIA

चिनीको मूल्य किन बढी ?

असोज २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

–रमेश लम्साल 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौँ- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चाड पर्वको समयमा चिनीको खुद्रा मूल्य रु ६३ कायम गरी सोहीअनुसारको बिक्री वितरणको व्यवस्था मिलाउने गरी सरकारलाई पुनःनिर्देशन दिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिको केही दिनअघिको बैठकले समिति सदस्य लेखराज भट्टको संयोजकत्वमा ‘चाडबाडको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजारभाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमिति’ले आज प्रस्तुत गरेको प्रतिवेदनमा चिनीको भन्सार मूल्य प्रतिकिलो रु ५३ रहेको भए पनि बजारमा रु ६३ भन्दाबढी नपर्ने ठहर गरेको छ । 


Advertisment
Nabil box
Kumari

बजारमा अस्वाभिकरुपमा चिनीको मूल्य वृद्धि भएकोप्रति प्रश्न गर्दै उपसमितिले किन त्यस्तो भएको भन्ने प्रश्न गर्दै पुनः सरकारलाई निर्देशन दिन सुझाएको छ । उपसमितिले केही व्यापारीको स्वार्थमा उपभोक्ताबाट चर्को मूल्य असुल गर्ने उद्देश्यका साथ गतिविधि भएकामा आपत्ति जनाएको छ । गत भदौ २५ गते प्रधानमन्त्री, मन्त्री, सांसद, सरकारी अधिकारी, उखु किसान र चिनी उद्योग सङ्घका प्रतिनिधिबीच भएको सम्झौता कार्यान्वयन नभएकामा समेत ध्यानाकर्षण गराएको छ । 

Vianet communication
Laxmi Bank

उपसमितिले मूल्य विश्लेषण, मूल्य निर्धारण, नियन्त्रण र नियमनका लागि तत्काल निर्देशिका तयार पारी लागू गर्नुपर्ने, सङ्घीय प्रदेश र स्थानीय सरकारले सामाजिक सङ्घसंस्थाको सहभागितामा निरन्तर बजार अनुगमन गनुपर्नेसमेत सुझाव दिएको छ । 

समितिले गत वैशाख २६ गते चिनी उद्योगले उद्योगमा नै मूल्य अभिवृद्धिकरबाहेक रु ५३ प्रतिकेजीमा बिक्री गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन प्रतिवेदनलेसमेत देखाएको भन्दै बजारमा प्रतिकेजी रु ७० मा चिनी बिक्री गरिनु उपभोक्तामाथिको अन्याय भएको बताएको छ । 

बजारमा चिनीको चरम मूल्यवृद्धि भएको र त्यसमा आर्थिक चलखेलसमेत हुन सक्ने ठहर गर्दै समितिले विस्तृत छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिनुपर्ने सुझाव दिएको छ । 

चिनी पैठारीमा लगाइएको पूर्ण बन्देज हटाउनुपर्ने, परिमाणात्मक बन्देजलाई बजारको मूल्य स्थीर राख्नका लागि आवश्यक परिमाणको आयात खुला गर्नुपर्ने, भन्सार दरमा समयानुकूल पुनरावलोकन गर्नुपर्ने सुझावसमेत उपसमितिले दिएको छ । 

गैरकानुनीरुपमा उखु पैठारी गर्ने कार्यमा कडाइ गरी नेपाली किसानको उखु समयमै नै चिनी उद्योगले खरिद गर्ने व्यवस्था गर्ने, अवैध ओसारपसार नियन्त्रण तथा निगरानी गर्नुपर्ने, उखु किसानले पाउने अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने, अति अत्यावश्यक वस्तुका रुपमा रहेको चिनीमा लाग्ने मूल्य अभिवृद्धि कर हटाउन आवश्यक अध्ययन तथा अनुसन्धान गरी आवश्यक निर्णय लिनसमेत उपसमितिले आग्रह गरेको छ । 

यस्तै विगत लामो समयदेखि उपभोक्ता संरक्षण समितिको बैठक बस्न नसकेकाले उक्त समितिको बैठक गराई सङ्घीय संसद्बाट हालै पारित भएको ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ को पूर्ण कार्यान्वयन गर्ने रणनीति तयार गर्नुपर्ने सुझाव दिएको छ । 

सुपथ मूल्य पसल देशका सबै क्षेत्रमा चाडपर्वभरी सञ्चालन गर्न, प्रदेश र स्थानीय तहलाई समेत सो अधिकार दिन, चिनीलगायत अत्यावश्यक उपभोग्य वस्तुको सूची तयार गरी अनिवार्य बिक्री वितरण गर्न, चिनी मिल सञ्चालन रहे नरहेको यकिन गर्नुपर्नेमा जोड दिइएको छ । चिनीको मौज्दात, उखुको परिमाण, गुणस्तर सम्बन्धमा मापदण्ड तर्जुमा र नियमित बजार विश्लेषण गरी आवश्यक परिमाणमा आपूर्ति व्यवस्था मिलाउनसमेत उपसमितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई कडाइका साथ निर्देशन दिन सुझाएको छ । 

त्यस्तै उखु किसानको भुक्तानी समस्या, अस्थिर चिनी बजार र अनियन्त्रित मूल्यको पुनरावृत्ति हुन नदिन आगामी वर्षको उत्पादन तथा माग र वितरणको प्रक्षेपण गरी आवश्यक रणनीति तय गर्नुपर्नेमा जोड दिएको छ । यस्तै उखु किसानलाई प्रदान गर्नुपर्ने अनुदान, चिनी उद्योगले तिर्नुपर्ने बक्यौता रकम दशैँ अगावै भुक्तानी गर्ने वातावरण मिलाउनसमेत जोड दिएको छ । उद्योग र सरकारले किसानलाई करीब रु चार अर्ब बराबरको बक्यौता रहेको छ । 

चिनीको पर्याप्त भण्डारण गरी बजारमा अभाव हुन नदिन र हस्तक्षेप गरी आपूर्ति सहज बनाइराख्न साल्ट टे«डिङ कर्पोरेशनमार्फत आवश्यक प्रबन्ध गर्न भनेको छ । उपसमितिका संयोजक भट्टले समयमै उखु किसानको भुक्तानी नगर्ने चिनी उद्योगलाई जरिवाना गराउने तथा कारवाही गर्ने व्यवस्था गर्न, नेपाल गुणस्तर तथा नापतौल विभागबाट चिनीलगायत अन्य उपभोग्य सामग्रीको गुणस्तर परीक्षण गर्न र सोहीअनुसारको मूल्य निर्धारण गर्न सुझाव दिइएको बताउनुभयो । उपसमितिले आजै प्रतिवेदन समिति सभापति भरतकुमार शाहलाई बुझाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x