मेलम्ची- श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु-याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज मेलम्ची आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको बताए ।
मन्त्री बिष्टले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।
पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले मुलुकको विकास र समृद्धितर्फ सरकार अघि बढेको बताउँदै मेलम्चीस्थित जिरोकिलो जोड्ने बाटो यही वर्षभित्र कालोपत्रे गर्ने काम अघि बढाइने बताए ।
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले प्रदेश सरकारलाई आवश्यक कानून निर्माणको काम सम्पन्न भइसकेको र अब चाडपर्व सकिने बित्तिकै सार्वजनिक गरिने बताए ।
नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटा, झम्क नेपाल, डम्बर अर्याल, बालकृष्ण, मित्रलालचौलागार्इंलगायतले मुलुकको वर्तमान राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पारे ।
थप समाचार
- २५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद सम्झौता
- प्रतिबन्धित विषादी प्रयोग गर्नेलाई एक वर्ष कैद, ऐनमै गडबड
- नेपाल राष्ट्र बैंकले भोलि जारी गर्दैछ दुई अर्बको ट्रेजरी बिल
- आज दुई अर्बको ट्रेजरी बिल आउँदै
- बढ्यो सुनचाँदीको भाउ, कतिले हुँदैछ कारोबार ?
- वर्षैभरि विषैविषै खाने, एक हप्ता विषमुक्त कार्यक्रम मनाउने
ताजा समाचार
- अमेरिकी सेनाले विराटनगरमा बनायो हिंसा प्रभावित महिला पुनर्स्थापना केन्द्रको भवन
- पूर्व रजिष्ट्रार अटेरी बन्दा फिर्ता भएन विश्वविद्यालयको गाडी
- माग पूरा नभए आन्दोलन गर्ने ग्यास उद्योग संघको चेतावनी
- टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
- वाणिज्य इजलासमा चेक बाउन्सका मुद्दा मात्र, वाणिज्यका अन्य उजुरी नै पर्दैनन् !
प्रतिक्रिया दिनुहोस