×

NMB BANK
NIC ASIA

मापसे गरेर सवारी चलाउनेलार्इ नयाँ कारबाही, परीक्षा पास नगरेसम्म सवारी चलाउन नपाइने

असोज २६, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

विराटनगर-के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । 

जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारी साधन सञ्चालन गर्दा चेकजाँचमा पक्राउ पर्दा प्रहरीले सवारी चालक अनुमतिपत्र लिन्छ र चिट (पूर्जी) दिन्छ । त्यही चिटकोे नम्बरको आधारमा ट्राफिकसम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ । 

Muktinath Bank

विभिन्न मूल र शाखा सडकलगायत अन्य स्थानमा गत मङ्गलबारसम्ममा आकस्मिक चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ चालकलाई २४ घण्टे पूर्जी थमाउँदै लिखित परीक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मापसेमा पक्राउ परेका मध्ये ३० जना परीक्षामा सहभागी भई १५ जनाले ८० प्रतिशत बढी अङ्क ल्याएर उत्तीर्ण गरेको प्रहरीले जनाएको छ । अनुत्तीर्ण चालकलाई पुनः परीक्षा लिई उत्तीर्ण भएमा मात्र सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा जानुपर्ने व्यवस्था गरिएको छ । 

मोरङ प्रहरीले हालै प्रयोगमा ल्याएको एप्समा घर वा जिल्ला प्रहरी कार्यालयमा गई चिटमा लेखिएको नम्बर एप्समा राखी परीक्षा दिनुपर्नेछ, जसमा उत्कृष्ट (८० प्रतिशत) अंङक ल्याएमा मात्र उत्तीर्ण गराइन्छ । 

परीक्षा दिई उत्तीर्ण नहुञ्जेलसम्म सवारी चालक अनुमति प्राप्त गर्न नसकिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं उपरीक्षक मनोजकुमार केसीले बताउनुभयो । सवारी चालकको आफ्नो घर, कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा मोबाइल, ल्यापटप वा डेक्सटपबाट एप्स डाउनलोड, चिटको नम्बर दाखिला गरी ट्राफिक परीक्षा दिनुपर्छ । 


Advertisment
Nabil box
Kumari

ट्राफिक परीक्षासम्बन्धी जाँचपरीक्षा सम्बन्धित व्यक्तिले दिएको हो वा अन्यले भन्ने परीक्षा दिएको बेला जिप्रकामा रहेको कम्प्युटर सफ्टवेयरले भिडियो रेकर्डिङबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । 

मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि थालेपछि चालकलाई सचेतनामूलक कारवाहीस्वरुप परीक्षा प्रणाली शुरु गरिएको प्रहरी उपरीक्षक केसीको भनाइ छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x