सिन्धुलीमा बस दुर्घटना, १ जनाको मृत्यु

फाइल तस्बिर
असोज २६, २०७५

काठमाडौं– बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिकाको मुलकोट भन्ने स्थानमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

सिन्धुलीकाे मरिङ भन्ने ठाउँबाट काठमाडौंका लागि हिँडेको ना ६ ख ९१२ नम्बरको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । 


ADVERTISEMENT

इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका प्रहरी निरीक्षक अशोक झाका अनुसार बस सुनकोशी नदीमा खसेको छ । 

यात्रुहरुको उद्दार भइरहेकाले घाइते हुनेहरुको संख्या यकीन भइनसकेको प्रहरी निरीक्षक झाले लोकान्तरलाई जानकारी दिए । 
 

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार